मुख्य समाचार
तेहरानमा शताब्दीकै ठूलो पानी संकट
तेहरानमा शताब्दीकै ठूलो पानी संकट

— इरानका राष्ट्रपति मसुद पेजेस्कियानले पानीको खपत नरोकिए केही महिनाभित्रै राजधानी तेहरानमा रहेका बाँधहरू सुक्न सक्ने चेतावनी दिएका छन् । तेहरान प्रान्तीय जल आपूर्ति कम्पनीले पनि हालको पानी संकट एक शताब्दीयताकै ठूलो भएको उल्लेख गरेको छ । उसका अनुसार सहरलाई पानी आपूर्ति गर्ने जलाशयको स्तर ‘एक शताब्दीको सबैभन्दा कम’ अवस्थामा झरेको छ ।


‘यदि तेहरानमा हामीले स्थितिलाई व्यवस्थापन गर्न सकेनौं, तेहरानवासीले हामीलाई सहयोग गरेनन् र हामी उपभोग नियन्त्रण गर्न असफल भयौं भने हाम्रो बाँधमा कुनै पानी बाँकी रहने छैन,’ राष्ट्रपति पेजेस्कियानले देशको उत्तर–पश्चिमी सहर जान्जानको अवलोकन भ्रमणपछि भने । उनले फारसी क्यालेन्डअनुसार शरद ऋतुको पहिलो महिना अक्टोबरसम्ममा विद्यालयहरू खुल्ने र वर्षायाम सुरु हुनुअगावै पानीको माग बढ्ने भएकाले बाँधमा रहेको पानीको भण्डारण घट्न सक्ने बताएका हुन् ।

गत महिना इरानको एक क्षेत्रमा तापक्रम ६५ डिग्री सेल्सियस (१४९ डिग्री फरेनहाइट) को ‘हिट इन्डेक्स’ मापन गरिएको थियो, जसले यो क्षेत्रलाई पृथ्वीकै सबैभन्दा तातो स्थान बनाएको थियो । जलवायु परिवर्तन र पाँच वर्षदेखिको लगातार खडेरीले यहाँ पानीको संकटलाई थप जटिल बनाएको हो ।

इरानको सरकारी समाचार संस्था इर्नाले सार्वजनिक गरेको इन्फोग्राफिकका अनुसार तेहरानलाई खानेपानी सेवा दिने जलाशयको क्षमताको २० प्रतिशत मात्र भण्डारण बाँकी छ । राष्ट्रियस्तरमा औसत जलाशयको सतह ४४ प्रतिशत मात्र छ ।

सरकारले सोमबार तेहरानको पिउने पानी आपूर्ति गर्ने धेरै जलाशयहरू सुक्दै गएको घोषणा गरेको थियो । अधिकारीहरूले केही साताभित्रै तेहरानको पानी आपूर्ति सकिने चेतावनी दिँदै नागरिकलाई पानीको खपत कम गर्न आग्रह गरेका छन् । राष्ट्रपति मसुद पेजेस्कियानले मन्त्रिपरिषद् बैठकमा भनेका छन्, ‘जलसंकट आज चर्चा गरिएभन्दा धेरै गम्भीर छ । यदि हामीले तत्काल निर्णय नगरे भविष्यमा हामीले समाधान गर्न नसक्ने पानी संकटको अवस्था आउनेछ ।’ इरानले दशकौंदेखि पानी व्यवस्थापनमा गलत नीति अपनाउँदा यो संकट निम्तिएको छ, जसलाई राष्ट्रपति पेजेस्कियानले पनि स्वीकार गरेका छन् ।

तेहरान प्रान्तका गभर्नर मोहम्मद सादेग मोटामेदियानका अनुसार राजधानीमा पिउने पानी आपूर्ति गर्ने चारवटा बाँधमा पानीको सञ्चय क्षमताको करिब १४ प्रतिशत मात्र बाँकी छ । तेहरान प्रान्तको पानी र ढल व्यवस्थापन कम्पनीद्वारा पानीको चाप यति कम गरिएको छ कि १ करोड जनसंख्या भएको तेहरानका अग्ला भवनहरूमा दोस्रो तलाभन्दा माथि पानी पुग्न छाडेको छ ।



अधिकारीहरूले आपूर्तिमा हुने अवरोधको सामना गर्न स्थानीय बासिन्दालाई पानीको ट्यांकी र पम्पहरू जडान गर्न र पानी जोगाउन आग्रह गरेका छन् ।

इरानी सञ्चारमाध्यमले भने घरायसी पानीको प्रयोगमा सरकारको ध्यान केन्द्रित भएकामा प्रश्न उठाएका छन् । सुधारवादी दैनिक सार्गले आइतबार लेखेको छ, ‘देशको लगभग ८६.५ प्रतिशत जलस्रोत कृषिमा खपत हुन्छ । अधिकारीहरूले पानीको अभावको कारण देखाउँदै गलत तरिकाले घरेलु उपभोक्तामाथि औंला उठाएका छन् ।’ पानीका स्रोतको अभावको औपचारिक घोषणा नगरिए पनि देशभर दैनिक कम्तीमा दुई घण्टा विद्युत् कटौती भइरहेको छ ।

गत साता तेहरानलाई आपूर्ति गर्ने प्रमुख पानीका स्रोतमध्ये एक करज बाँधका निर्देशक मोहम्मद अली मोलेमले मेहर न्युज एजेन्सीसँग भनेका थिए, ‘हाइड्रोइलेक्ट्रिक प्लान्ट हाल सञ्चालनमा छ, अर्को दुई साताभित्र पानीको स्तर यस्तो बिन्दुमा झर्नेछ कि यसबाट बिजुली उत्पादन सम्भव हुने छैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार जना महिला र दुई जना पुरुषको मृत्यु भएको हो । मृतक सबै उक्त कल्याण केन्द्रका कर्मचारी रहेका बीबीसीले जनाएको छ । घटना हुँदा ...
: इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका ...
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...