मुख्य समाचार
तेहरानमा शताब्दीकै ठूलो पानी संकट
तेहरानमा शताब्दीकै ठूलो पानी संकट

— इरानका राष्ट्रपति मसुद पेजेस्कियानले पानीको खपत नरोकिए केही महिनाभित्रै राजधानी तेहरानमा रहेका बाँधहरू सुक्न सक्ने चेतावनी दिएका छन् । तेहरान प्रान्तीय जल आपूर्ति कम्पनीले पनि हालको पानी संकट एक शताब्दीयताकै ठूलो भएको उल्लेख गरेको छ । उसका अनुसार सहरलाई पानी आपूर्ति गर्ने जलाशयको स्तर ‘एक शताब्दीको सबैभन्दा कम’ अवस्थामा झरेको छ ।


‘यदि तेहरानमा हामीले स्थितिलाई व्यवस्थापन गर्न सकेनौं, तेहरानवासीले हामीलाई सहयोग गरेनन् र हामी उपभोग नियन्त्रण गर्न असफल भयौं भने हाम्रो बाँधमा कुनै पानी बाँकी रहने छैन,’ राष्ट्रपति पेजेस्कियानले देशको उत्तर–पश्चिमी सहर जान्जानको अवलोकन भ्रमणपछि भने । उनले फारसी क्यालेन्डअनुसार शरद ऋतुको पहिलो महिना अक्टोबरसम्ममा विद्यालयहरू खुल्ने र वर्षायाम सुरु हुनुअगावै पानीको माग बढ्ने भएकाले बाँधमा रहेको पानीको भण्डारण घट्न सक्ने बताएका हुन् ।

गत महिना इरानको एक क्षेत्रमा तापक्रम ६५ डिग्री सेल्सियस (१४९ डिग्री फरेनहाइट) को ‘हिट इन्डेक्स’ मापन गरिएको थियो, जसले यो क्षेत्रलाई पृथ्वीकै सबैभन्दा तातो स्थान बनाएको थियो । जलवायु परिवर्तन र पाँच वर्षदेखिको लगातार खडेरीले यहाँ पानीको संकटलाई थप जटिल बनाएको हो ।

इरानको सरकारी समाचार संस्था इर्नाले सार्वजनिक गरेको इन्फोग्राफिकका अनुसार तेहरानलाई खानेपानी सेवा दिने जलाशयको क्षमताको २० प्रतिशत मात्र भण्डारण बाँकी छ । राष्ट्रियस्तरमा औसत जलाशयको सतह ४४ प्रतिशत मात्र छ ।

सरकारले सोमबार तेहरानको पिउने पानी आपूर्ति गर्ने धेरै जलाशयहरू सुक्दै गएको घोषणा गरेको थियो । अधिकारीहरूले केही साताभित्रै तेहरानको पानी आपूर्ति सकिने चेतावनी दिँदै नागरिकलाई पानीको खपत कम गर्न आग्रह गरेका छन् । राष्ट्रपति मसुद पेजेस्कियानले मन्त्रिपरिषद् बैठकमा भनेका छन्, ‘जलसंकट आज चर्चा गरिएभन्दा धेरै गम्भीर छ । यदि हामीले तत्काल निर्णय नगरे भविष्यमा हामीले समाधान गर्न नसक्ने पानी संकटको अवस्था आउनेछ ।’ इरानले दशकौंदेखि पानी व्यवस्थापनमा गलत नीति अपनाउँदा यो संकट निम्तिएको छ, जसलाई राष्ट्रपति पेजेस्कियानले पनि स्वीकार गरेका छन् ।

तेहरान प्रान्तका गभर्नर मोहम्मद सादेग मोटामेदियानका अनुसार राजधानीमा पिउने पानी आपूर्ति गर्ने चारवटा बाँधमा पानीको सञ्चय क्षमताको करिब १४ प्रतिशत मात्र बाँकी छ । तेहरान प्रान्तको पानी र ढल व्यवस्थापन कम्पनीद्वारा पानीको चाप यति कम गरिएको छ कि १ करोड जनसंख्या भएको तेहरानका अग्ला भवनहरूमा दोस्रो तलाभन्दा माथि पानी पुग्न छाडेको छ ।



अधिकारीहरूले आपूर्तिमा हुने अवरोधको सामना गर्न स्थानीय बासिन्दालाई पानीको ट्यांकी र पम्पहरू जडान गर्न र पानी जोगाउन आग्रह गरेका छन् ।

इरानी सञ्चारमाध्यमले भने घरायसी पानीको प्रयोगमा सरकारको ध्यान केन्द्रित भएकामा प्रश्न उठाएका छन् । सुधारवादी दैनिक सार्गले आइतबार लेखेको छ, ‘देशको लगभग ८६.५ प्रतिशत जलस्रोत कृषिमा खपत हुन्छ । अधिकारीहरूले पानीको अभावको कारण देखाउँदै गलत तरिकाले घरेलु उपभोक्तामाथि औंला उठाएका छन् ।’ पानीका स्रोतको अभावको औपचारिक घोषणा नगरिए पनि देशभर दैनिक कम्तीमा दुई घण्टा विद्युत् कटौती भइरहेको छ ।

गत साता तेहरानलाई आपूर्ति गर्ने प्रमुख पानीका स्रोतमध्ये एक करज बाँधका निर्देशक मोहम्मद अली मोलेमले मेहर न्युज एजेन्सीसँग भनेका थिए, ‘हाइड्रोइलेक्ट्रिक प्लान्ट हाल सञ्चालनमा छ, अर्को दुई साताभित्र पानीको स्तर यस्तो बिन्दुमा झर्नेछ कि यसबाट बिजुली उत्पादन सम्भव हुने छैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...
। करोना संक्रमण फैलिएको बेला बन्द गरिएको नाका अहिलेसम्म नखोलिएको भन्दै रौतहटका एक व्यक्ति आमरण अनशन बसेका छन् । रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय खुलाउन सिमाना संघर्ष समितिका अध्यक्ष तजमुल हक (पूर्व शिक्षक) आइतबार दिउँसो ३ बजेदेखि आमरण अनशन बसेका हुन् । कोरोना संक्रमण अघिसम्म खुल्ला रहेको रामपुर खाप सीमाबाट चारपांग्रे सवारी साधन ...
काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने
। चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीहरूको लागि अभूतपूर्व सहयोग पुर्‍याइरहेको छ । यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् । कुल सात हजार ८२४ खेलाडीहरू ३४ टिमबाट सहभागी भएका छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो ...
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...