मुख्य समाचार
उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान
उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान

: निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ ।



आयोगले शुक्रबार एक सूचना जारी गर्दै यही साउन २१ देखि २७ गतेसम्म आयोगको केन्द्रीय कार्यालय काठमाडौंमा दल दर्ताका लागि निवेदन दिन सकिने सहसचिव तथा प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन्।


आयोगले यसअघि उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ । आगामी असोज २१ गते बिहान १० देखि ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने र सोही दिन साँझ उम्मेदवारको सूची प्रकाशन हुनेछ । असोज २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । कात्तिक १७ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।



प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार हुन नपाउने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुक्रबारबाट सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा सुरु बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले समसामयिक राजनीतिक परिस्थितिबारे ब्रिफिङ गरे। बैठकमा पोखरामा पुगेर रोकिएको माओवादीको अभियानलाई निरन्तरता दिने, पार्टीको आन्तरिक एकता बलियो बनाउने, समाजवादी मोर्चाका विषय लगायतमा छलफल गर्ने एजेण्डा तय गरिएको छ। त्यस्तै बैठकले संगठन निर्माण, नेताहरूको कार्यविभाजन र अहिलेको वर्तमान ...
: प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज बागमती प्रदेश पूर्ण खोप घोषणा भएको छ। प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन्। संघ सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय पूर्ण खोप समन्वय समितिबाट प्राप्त प्रमाणपत्रका आधारमा गत साउन २७ गते १६ देखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पूर्ण खोप पाएको ...
— सुदूरपश्चिम विश्वविद्यालयको महेन्द्रनगरस्थित केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन अनिश्चित बनेको छ । साउन १४ गते तोकिएको निर्वाचन हुन नसकेपछि अर्को मिति समेत घोषणा हुन नसक्दा निर्वाचन अनिश्चित बनेको हो । विश्वविद्यालयका आङ्गिक क्याम्पसहरूमा गत वर्ष नै स्ववियु निर्वाचन भइसकेको छ । तर केन्द्रीय क्याम्पसमा भने गत वर्ष चैत र यस पटक गरेर दुई पटक स्थगित भइसकेको ...
: गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागुऔषध मुक्त बनाउने गरी प्रभावकारी ढंगले काम गर्न जरुरी रहेको बताएका छन् । शुक्रबार काठमाडौंको कोटेश्वरस्थित लागुऔषध नियन्त्रण व्युरोको कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री लेखकले लागुऔषधको उत्पादन,भण्डार र प्रयोग ठूलो चुनौतिका रुपमा देखिएको बताए। 'लागुऔषधको प्रयोगले सडक दुर्घटना,आत्महत्या र साइबर क्राइमका अपराधलाई पनि उत्पति गर्छ । त्यसैले हामीले एक वर्षमा लागुऔषधविरुद्धको महाअभियान ...
— राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला र स्थानीय तहको अधिवशेनका लागि केन्द्रीय पर्यवेक्षक तोकेको छ । पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार ७७ वटै जिल्लामा अधिवेशनका लागि केन्द्रीय पर्यवेक्षक तोकिएका हुन् । प्रवक्ता श्रेष्ठले भने, 'राप्रपाले पार्टीको जिल्ला र स्थानीय तहहरूको अधिवेशनलाई व्यवस्थित, मर्यादित र विवादरहित ढंगबाट निर्धारित समयभित्रै गर्नका लागि पार्टीको विधान ...