मुख्य समाचार
उमेर ४ देखि १४ वर्षका विद्यार्थीलक्षित ग्रासरुट फुटबल कार्यक्रम ‘फिफा फुटबल फर स्कुल्स’ नेपालमा पनि सुरु
उमेर ४ देखि १४ वर्षका विद्यार्थीलक्षित ग्रासरुट फुटबल कार्यक्रम ‘फिफा फुटबल फर स्कुल्स’ नेपालमा पनि सुरु

— उमेर ४ देखि १४ वर्षका विद्यार्थीलक्षित ग्रासरुट फुटबल कार्यक्रम ‘फिफा फुटबल फर स्कुल्स’ नेपालमा पनि बिहीबार सुरु भएको छ । दशरथ रंगशालामा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त अभियानको शुभारम्भ गरेका थिए । प्रधानमन्त्रीले राजधानीमा आयोजित कार्यक्रममा सहभागी विद्यालयमध्ये कौस्तुभ एकेडेमीका शिक्षक र विद्यार्थीलाई बल हस्तान्तरण गर्दै अभियान सुरु गरे ।


अखिल नेपाल फुटबल संघ (एन्फा) ले यो कार्यक्रमलाई ७७ वटै जिल्लाका १ हजार ७२ विद्यालयमा सञ्चालन गर्ने लक्ष्य लिएको राखेको छ । त्यसक्रममा ३२ हजार ६ सय ४० वटा बल वितरण गरिने एन्फाले जनाएको छ ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोको पहलमा ‘फुटबल फर स्कुल्स’ कार्यक्रम ६ वर्षयता युनेस्कोसँगको सहकार्यमा हुँदै आएको छ । सन् २०१९ मा लेबननबाट सुरु भएको कार्यक्रमले विश्वभर करिब ७० करोड बालबालिकाको शिक्षा, विकास र सशक्तीकरणमा योगदान दिने उद्देश्य छ । हालसम्म १ सय ३९ राष्ट्रमा यो कार्यक्रम भइरहेको छ । एन्फाले शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयसँगको सहकार्यमा कार्यक्रम अगाडि बढाएको हो ।

प्रधानमन्त्री ओलीले कार्यक्रममा सहभागी युवा खेलाडीलाई प्रोत्साहित गर्दै ५० हजार दर्शक क्षमताको रंगशालामा खेल्न पाउने उद्घोष गरेका थिए । उनले भने, ‘सरकारले खेलकुद विकासमा प्राथमिकता दिएको छ । अब भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक क्षमताको फुटबलको नयाँ रंगशाला निर्माण हुनेछ । यहाँ उपस्थित कलिला नानीबावुले आउने दिनमा त्यो रंगशालामा खेल्न पाउने छौं ।’ ‘फिफा फुटबल फर स्कुल्स’ कार्यक्रम म्यानेजर एन्टोनियो ब्युनानो सान्चेज र प्राविधिक सल्लाहकार अल्बर्टो जियाकोमिनीको प्रत्यक्ष निगरानीमा शुभारम्भ भएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल ए क्रिकेट टोली तास्मानियासँगको एकदिवसीय खेलमा पराजित भएको छ । बुधबार भएको रोमाञ्चक खेलमा नेपाल तास्मानियासँग २ विकेटले पराजित भएको हो । नेपालले दिएको १९३ रनको लक्ष्य तास्मानियाले अन्तिम ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो । तास्मानियाका लागि टम डायरले सर्वाधिक ६० रन बनाए । राफ म्याकमिलनले ३२, जस्टिन गालोटीले २४, विल प्रेस्टविज र म्याथ्यु ...
। तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) स्थगित भएको छ । इन्फिनिटी ड्रिम्स प्रालिले मंगलबार सामाजिक सञ्जालमार्फत हालको परिस्थितिमा परिस्थितिमा पीडित परिवार तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै लिग स्थगित गर्ने निर्णय भएको जनाएको छ । यसअघि तेस्रो संस्करणको इडब्लुभीएल आउँदो १५–२४ असोजमा दशरथ रंगशाला कभर्डहलमा आयोजना गर्ने निर्णय गरेको थियो । बुधबार रसुवामा आएको बाढीका कारण उत्पन्न ...
। नेपाल भलिबल लिग (एनभीएल) का लागि कर्णाली शिवराजले दोस्रो विदेशी खेलाडीका रूपमा बेलारुसका आर्टसियोम कुड्रासोउलाई अनुबन्ध गरेको छ । आउटसाइड हिटर पोजिसनमा खेल्ने कुड्रासोउको आगमनसँगै कर्णाली शिवराजको आक्रमण थप बलियो हुने अपेक्षा गरिएको टोलीले जनाएको छ । यसअघि कर्णाली शिवराजले पोल्याण्डका सेटर एमिलियन स्मेटेकलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।
: अर्जेन्टिनाका कप्तान एवं विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीले राष्ट्रिय टिमबाट संन्यास लिने घोषणा गरेका छन्। लामो समयदेखि राष्ट्रिय टिममा बिताएको यात्रापछि मेसीले आफूले अब राष्ट्रिय टिमलाई थप दिन बाँकी नरहेको भन्दै संन्यासको निर्णय सार्वजनिक गरेका हुन्। मेसीले सामाजिक सञ्जालमार्फत भावुक वक्तव्य जारी गर्दै यो निर्णय आफ्ना लागि निकै पीडादायी भए पनि अब समय आएको महसुस गरेको ...
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...