मुख्य समाचार
झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता हुने भएको छ
झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता हुने भएको छ

: झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता हुने भएको छ। शिवसताक्षी नगरपालिका–११ स्थित नवनिर्मित दूधे रंगशालामा आगामी कात्तिक १५ देखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा मोफसलमै सर्वाधिक पुरस्कार राशि राखिने आयोजक समितिले जनाएको छ।



गोल्डकप आयोजक समितिले बिहीबार दुधे रंगशालामा आयोजना गरेको पत्रकार सम्मेलनमा सो प्रतियोगिताको बारेमा जानकारी गराउँदै समितिका अध्यक्ष सन्तोष थोप्राले महिला फुटबलको विकास, प्रवर्द्धन र ग्रामीण क्षेत्रका महिला खेलाडी उत्पादनमा टेवा पुर्‍याउने उद्देश्यले जिल्लामै पहिलो पटक महिला गोल्डकप गर्न लागिएको बताए।


काठमाडौंबाहिर सबैभन्दा बढी फुटबलको गतिविधि हुने जिल्लाको रुपमा परिचित झापा जिल्लालाई महिला फुटबलको हबको रुपमा पनि विकसित गराउन लक्ष्य रहेको अध्यक्ष थोप्राले बताए। शिवसताक्षी नगरपालिकाको संरक्षण हुन लागेको प्रतियोगितामा विजेता र उपविजेताले सर्वाधिक राशिको पुरस्कार पाउने छन्।


त्यस्तै, मस्ट भ्यालुएवल प्लेयर, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले पुरस्कार पाउने छन्। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद र ट्रफी प्रदान गरिनेछ। प्रतियोगितामा आयोजकको तर्फबाट एक टिम रहनेछ। त्यस्तै, नेपालका तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल एपिएफ र नेपाल पुलिस क्लबका महिला टिमको सहभागिता हुने टुङ्गो लागिसकेको छ। एक टिम भारत, एक टिम भुटान तथा बाँकी दुई टिम नेपालका ए डिभिजन क्लबका हुने छन्। प्रतियोगिता सञ्चालन गर्न करिब एक करोड रुपैयाँ खर्च हुने जनाइएको छ।

तीन महिना बाँकी रहेकोले अहिले नै पुरस्कार राशि नतोकिएको र पुरस्कार राशि चाहिँ मोफसलकै सर्वाधिक हुने अध्यक्ष थोप्राले बताए। अहिले धमाधम रंगशालाको निर्माण तथा स्तरोन्नति धमाधम भइरहेको छ। पक्की प्यारापिट निर्माण, अस्थायी प्यारापिट निर्माण, खेलमैदानको स्तरोन्नति असोजसम्म सक्ने गरी तीव्र स्तरमा काम भइरहेको उनको भनाई छ।

गोल्डकपकै दिन रंगशालाको उद्घाटन

करिब साढे चार बिगाहा क्षेत्रमा फैलिएको निर्माणाधीन दुधे रंगाशालाको गोल्डकपको शुभारम्भकै दिन उद्घाटन गरिने शिवसताक्षी नगरपालिका प्रमुख मेगाहाङ्ग थोप्राले बताए। वन क्षेत्रको खाली सरकारी जमिनलाई फुटबल प्रेमीहरूले संरक्षण गर्दै खेल मैदानमा परिणत गरेको इतिहास छ। सोही जमिनलाई २०७४ सालमा शिलान्यास गरी दुधे रंगशाला नामकरण गरी पहिलो चरणमा घेराबाराको काम गरिएको थियो।

हाल पक्की प्यारापिट निर्माणको काम अन्तिम चरणमा पुगेको छ। संघीय, प्रदेश र स्थानीय सरकारको लगानीमा अहिलेसम्म २ करोड १८ लाख रुपैयाँ खर्च भइसकेको छ। जसबाट घेराबारा, खेल मैदान, नाला र प्यारापिट निर्माण गरिएको नगर प्रमुख थोप्राले बताए। त्यस्तै चालु आर्थिक वर्षका लागि संघीय सरकारबाट ३ करोड र नगरपालिकाको तर्फबाट ५० लाख गरी साढे तीन करोडमा अन्य संरचना निर्माण गर्ने तयारी भइरहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल ए क्रिकेट टोली तास्मानियासँगको एकदिवसीय खेलमा पराजित भएको छ । बुधबार भएको रोमाञ्चक खेलमा नेपाल तास्मानियासँग २ विकेटले पराजित भएको हो । नेपालले दिएको १९३ रनको लक्ष्य तास्मानियाले अन्तिम ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो । तास्मानियाका लागि टम डायरले सर्वाधिक ६० रन बनाए । राफ म्याकमिलनले ३२, जस्टिन गालोटीले २४, विल प्रेस्टविज र म्याथ्यु ...
। तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) स्थगित भएको छ । इन्फिनिटी ड्रिम्स प्रालिले मंगलबार सामाजिक सञ्जालमार्फत हालको परिस्थितिमा परिस्थितिमा पीडित परिवार तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै लिग स्थगित गर्ने निर्णय भएको जनाएको छ । यसअघि तेस्रो संस्करणको इडब्लुभीएल आउँदो १५–२४ असोजमा दशरथ रंगशाला कभर्डहलमा आयोजना गर्ने निर्णय गरेको थियो । बुधबार रसुवामा आएको बाढीका कारण उत्पन्न ...
। नेपाल भलिबल लिग (एनभीएल) का लागि कर्णाली शिवराजले दोस्रो विदेशी खेलाडीका रूपमा बेलारुसका आर्टसियोम कुड्रासोउलाई अनुबन्ध गरेको छ । आउटसाइड हिटर पोजिसनमा खेल्ने कुड्रासोउको आगमनसँगै कर्णाली शिवराजको आक्रमण थप बलियो हुने अपेक्षा गरिएको टोलीले जनाएको छ । यसअघि कर्णाली शिवराजले पोल्याण्डका सेटर एमिलियन स्मेटेकलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।
: अर्जेन्टिनाका कप्तान एवं विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीले राष्ट्रिय टिमबाट संन्यास लिने घोषणा गरेका छन्। लामो समयदेखि राष्ट्रिय टिममा बिताएको यात्रापछि मेसीले आफूले अब राष्ट्रिय टिमलाई थप दिन बाँकी नरहेको भन्दै संन्यासको निर्णय सार्वजनिक गरेका हुन्। मेसीले सामाजिक सञ्जालमार्फत भावुक वक्तव्य जारी गर्दै यो निर्णय आफ्ना लागि निकै पीडादायी भए पनि अब समय आएको महसुस गरेको ...
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...