मुख्य समाचार
झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता हुने भएको छ
झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता हुने भएको छ

: झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता हुने भएको छ। शिवसताक्षी नगरपालिका–११ स्थित नवनिर्मित दूधे रंगशालामा आगामी कात्तिक १५ देखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा मोफसलमै सर्वाधिक पुरस्कार राशि राखिने आयोजक समितिले जनाएको छ।



गोल्डकप आयोजक समितिले बिहीबार दुधे रंगशालामा आयोजना गरेको पत्रकार सम्मेलनमा सो प्रतियोगिताको बारेमा जानकारी गराउँदै समितिका अध्यक्ष सन्तोष थोप्राले महिला फुटबलको विकास, प्रवर्द्धन र ग्रामीण क्षेत्रका महिला खेलाडी उत्पादनमा टेवा पुर्‍याउने उद्देश्यले जिल्लामै पहिलो पटक महिला गोल्डकप गर्न लागिएको बताए।


काठमाडौंबाहिर सबैभन्दा बढी फुटबलको गतिविधि हुने जिल्लाको रुपमा परिचित झापा जिल्लालाई महिला फुटबलको हबको रुपमा पनि विकसित गराउन लक्ष्य रहेको अध्यक्ष थोप्राले बताए। शिवसताक्षी नगरपालिकाको संरक्षण हुन लागेको प्रतियोगितामा विजेता र उपविजेताले सर्वाधिक राशिको पुरस्कार पाउने छन्।


त्यस्तै, मस्ट भ्यालुएवल प्लेयर, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले पुरस्कार पाउने छन्। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद र ट्रफी प्रदान गरिनेछ। प्रतियोगितामा आयोजकको तर्फबाट एक टिम रहनेछ। त्यस्तै, नेपालका तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल एपिएफ र नेपाल पुलिस क्लबका महिला टिमको सहभागिता हुने टुङ्गो लागिसकेको छ। एक टिम भारत, एक टिम भुटान तथा बाँकी दुई टिम नेपालका ए डिभिजन क्लबका हुने छन्। प्रतियोगिता सञ्चालन गर्न करिब एक करोड रुपैयाँ खर्च हुने जनाइएको छ।

तीन महिना बाँकी रहेकोले अहिले नै पुरस्कार राशि नतोकिएको र पुरस्कार राशि चाहिँ मोफसलकै सर्वाधिक हुने अध्यक्ष थोप्राले बताए। अहिले धमाधम रंगशालाको निर्माण तथा स्तरोन्नति धमाधम भइरहेको छ। पक्की प्यारापिट निर्माण, अस्थायी प्यारापिट निर्माण, खेलमैदानको स्तरोन्नति असोजसम्म सक्ने गरी तीव्र स्तरमा काम भइरहेको उनको भनाई छ।

गोल्डकपकै दिन रंगशालाको उद्घाटन

करिब साढे चार बिगाहा क्षेत्रमा फैलिएको निर्माणाधीन दुधे रंगाशालाको गोल्डकपको शुभारम्भकै दिन उद्घाटन गरिने शिवसताक्षी नगरपालिका प्रमुख मेगाहाङ्ग थोप्राले बताए। वन क्षेत्रको खाली सरकारी जमिनलाई फुटबल प्रेमीहरूले संरक्षण गर्दै खेल मैदानमा परिणत गरेको इतिहास छ। सोही जमिनलाई २०७४ सालमा शिलान्यास गरी दुधे रंगशाला नामकरण गरी पहिलो चरणमा घेराबाराको काम गरिएको थियो।

हाल पक्की प्यारापिट निर्माणको काम अन्तिम चरणमा पुगेको छ। संघीय, प्रदेश र स्थानीय सरकारको लगानीमा अहिलेसम्म २ करोड १८ लाख रुपैयाँ खर्च भइसकेको छ। जसबाट घेराबारा, खेल मैदान, नाला र प्यारापिट निर्माण गरिएको नगर प्रमुख थोप्राले बताए। त्यस्तै चालु आर्थिक वर्षका लागि संघीय सरकारबाट ३ करोड र नगरपालिकाको तर्फबाट ५० लाख गरी साढे तीन करोडमा अन्य संरचना निर्माण गर्ने तयारी भइरहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम