मुख्य समाचार
थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टर (टीडीसी)ले साउन १७ गतेदेखि नेपाल स्कुल फुटबल लिग सञ्चालन गर्ने
थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टर (टीडीसी)ले साउन १७ गतेदेखि नेपाल स्कुल फुटबल लिग सञ्चालन गर्ने

: थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टर (टीडीसी)ले साउन १७ गतेदेखि नेपाल स्कुल फुटबल लिग सञ्चालन गर्ने भएको छ । प्रतियोगितामा विभिन्न विद्यालयका टोलीको सहभागिता रहनेछ । नियमित अन्तरविद्यालय फुटबल प्रतियोगिता नहुँदा प्रतिभावान खेलाडीले अवसर पाउन नसकेको कुरालाई मध्यनजर गर्दै लिग सञ्चालन गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।



प्रतियोगिताको पहिलो संस्करणमा काठमाडौं उपत्यकाका आठ विद्यालयको यू–१८ टोलीको सहभागिता रहनेछ । प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा सञ्चालन गरिनेछ । जसबाट शीर्ष चार टोलीले प्लेअफ चरण खेल्ने छन् ।


जेम्स स्कुल (जेम्स थन्डर बोल्डट्स), डीएभी स्कुल (सुपर डाफेज), कान्जिरोवा वल्र्ड स्कुल (केडब्लूएस लुखुग एफसी), कान्जिरोवा स्कुल (एफसी माउन्ट कान्जिरोवा), लिटिल एन्जल्स स्कुल (एलए), रातो बंगला स्कुल (रेड पान्डाज), चेल्सी वल्र्ड स्कुल (चेल्सी फाल्कन्स) र युलेन्स स्कुल (युलेन्स प्यान्थर) ले पहिलो संस्करणको को नेपाल स्कुल फुटबल लिगमा प्रतिस्पर्धा गर्ने छन् ।


लिगको विजेता टोलीले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालगायतका विधाका उत्कृष्टलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।

नगद पुरस्कारसँगै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई छात्रवृत्ति र अन्य अवसरहरू पनि प्रदान गरिने जनाइएको छ । प्रतियोगिताको मुख्य उद्देश्य विद्यालयस्तरमा अनुशासित, प्रतिस्पर्धात्मक र प्रतिभापूर्ण खेल वातावरण निर्माण गर्नु रहेको आयोजकले बताएको छ ।

थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टर युवा खेलाडीको चौतर्फी विकास गर्ने उद्देश्यले स्थापना गरिएको र टीडीसीमा फुटबल, पौडी, टेनिस, फुटसल र ई–स्पोर्ट्सका तालिमहरू सञ्चालन हुँदै आएको कार्यकारी निर्देशक वरुण खड्काले जानकरी दिए । उनले क्रिकेट र अन्य विधाका खेलहरू पनि चाँडै सञ्चालनमा आउने बताए ।

नेपाल स्कुल फुटबल लिगको अफिसियल हस्पिटालिटी पार्टनरमा हार्ड रक क्याफे, म्याचबल पार्टनरमा रुट फेसन्सको एडीडास, एजुकेसन पार्टनरमा थ्री सिक्स्टी डिग्री एजुकेसन कन्सल्टेन्सी, फुड पार्टनरमा डल्ले, इन्सुरेन्स पार्टनरमा आईजीआई प्रुडेन्सियल इन्सुरेन्स लिमिटेड तथा मेडिकल पार्टनरमा ह्याम्स हस्पिटल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) स्थगित भएको छ । इन्फिनिटी ड्रिम्स प्रालिले मंगलबार सामाजिक सञ्जालमार्फत हालको परिस्थितिमा परिस्थितिमा पीडित परिवार तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै लिग स्थगित गर्ने निर्णय भएको जनाएको छ । यसअघि तेस्रो संस्करणको इडब्लुभीएल आउँदो १५–२४ असोजमा दशरथ रंगशाला कभर्डहलमा आयोजना गर्ने निर्णय गरेको थियो । बुधबार रसुवामा आएको बाढीका कारण उत्पन्न ...
। नेपाल भलिबल लिग (एनभीएल) का लागि कर्णाली शिवराजले दोस्रो विदेशी खेलाडीका रूपमा बेलारुसका आर्टसियोम कुड्रासोउलाई अनुबन्ध गरेको छ । आउटसाइड हिटर पोजिसनमा खेल्ने कुड्रासोउको आगमनसँगै कर्णाली शिवराजको आक्रमण थप बलियो हुने अपेक्षा गरिएको टोलीले जनाएको छ । यसअघि कर्णाली शिवराजले पोल्याण्डका सेटर एमिलियन स्मेटेकलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।
: अर्जेन्टिनाका कप्तान एवं विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीले राष्ट्रिय टिमबाट संन्यास लिने घोषणा गरेका छन्। लामो समयदेखि राष्ट्रिय टिममा बिताएको यात्रापछि मेसीले आफूले अब राष्ट्रिय टिमलाई थप दिन बाँकी नरहेको भन्दै संन्यासको निर्णय सार्वजनिक गरेका हुन्। मेसीले सामाजिक सञ्जालमार्फत भावुक वक्तव्य जारी गर्दै यो निर्णय आफ्ना लागि निकै पीडादायी भए पनि अब समय आएको महसुस गरेको ...
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...