मुख्य समाचार
थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टर (टीडीसी)ले साउन १७ गतेदेखि नेपाल स्कुल फुटबल लिग सञ्चालन गर्ने
थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टर (टीडीसी)ले साउन १७ गतेदेखि नेपाल स्कुल फुटबल लिग सञ्चालन गर्ने

: थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टर (टीडीसी)ले साउन १७ गतेदेखि नेपाल स्कुल फुटबल लिग सञ्चालन गर्ने भएको छ । प्रतियोगितामा विभिन्न विद्यालयका टोलीको सहभागिता रहनेछ । नियमित अन्तरविद्यालय फुटबल प्रतियोगिता नहुँदा प्रतिभावान खेलाडीले अवसर पाउन नसकेको कुरालाई मध्यनजर गर्दै लिग सञ्चालन गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।



प्रतियोगिताको पहिलो संस्करणमा काठमाडौं उपत्यकाका आठ विद्यालयको यू–१८ टोलीको सहभागिता रहनेछ । प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा सञ्चालन गरिनेछ । जसबाट शीर्ष चार टोलीले प्लेअफ चरण खेल्ने छन् ।


जेम्स स्कुल (जेम्स थन्डर बोल्डट्स), डीएभी स्कुल (सुपर डाफेज), कान्जिरोवा वल्र्ड स्कुल (केडब्लूएस लुखुग एफसी), कान्जिरोवा स्कुल (एफसी माउन्ट कान्जिरोवा), लिटिल एन्जल्स स्कुल (एलए), रातो बंगला स्कुल (रेड पान्डाज), चेल्सी वल्र्ड स्कुल (चेल्सी फाल्कन्स) र युलेन्स स्कुल (युलेन्स प्यान्थर) ले पहिलो संस्करणको को नेपाल स्कुल फुटबल लिगमा प्रतिस्पर्धा गर्ने छन् ।


लिगको विजेता टोलीले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालगायतका विधाका उत्कृष्टलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।

नगद पुरस्कारसँगै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई छात्रवृत्ति र अन्य अवसरहरू पनि प्रदान गरिने जनाइएको छ । प्रतियोगिताको मुख्य उद्देश्य विद्यालयस्तरमा अनुशासित, प्रतिस्पर्धात्मक र प्रतिभापूर्ण खेल वातावरण निर्माण गर्नु रहेको आयोजकले बताएको छ ।

थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टर युवा खेलाडीको चौतर्फी विकास गर्ने उद्देश्यले स्थापना गरिएको र टीडीसीमा फुटबल, पौडी, टेनिस, फुटसल र ई–स्पोर्ट्सका तालिमहरू सञ्चालन हुँदै आएको कार्यकारी निर्देशक वरुण खड्काले जानकरी दिए । उनले क्रिकेट र अन्य विधाका खेलहरू पनि चाँडै सञ्चालनमा आउने बताए ।

नेपाल स्कुल फुटबल लिगको अफिसियल हस्पिटालिटी पार्टनरमा हार्ड रक क्याफे, म्याचबल पार्टनरमा रुट फेसन्सको एडीडास, एजुकेसन पार्टनरमा थ्री सिक्स्टी डिग्री एजुकेसन कन्सल्टेन्सी, फुड पार्टनरमा डल्ले, इन्सुरेन्स पार्टनरमा आईजीआई प्रुडेन्सियल इन्सुरेन्स लिमिटेड तथा मेडिकल पार्टनरमा ह्याम्स हस्पिटल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम