मुख्य समाचार
शंकर पोखरेलले सबै मिलेर मुलुकको आर्थिक परिवर्तनका लागि काम गर्नुपर्ने बताएका छन्
शंकर पोखरेलले सबै मिलेर मुलुकको आर्थिक परिवर्तनका लागि काम गर्नुपर्ने बताएका छन्

: नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै मिलेर मुलुकको आर्थिक परिवर्तनका लागि काम गर्नुपर्ने बताएका छन्।



राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित एक महिने वृहत् रक्तदान अभियानको शुभारम्भ तथा खीर खाने कार्यक्रमलाई बिहीबार भृकुटीमण्डपमा सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तनका लागि काम सम्पन्न भइसकेको बताएका हुन्।


कृषिलाई रूपान्तरण गर्न नसकिए देशको विकास हुन नसक्ने भन्दै महासचिव पोखरेलले नयाँ पुस्तालाई कृषिमा जोड्नु पर्ने बताए। उनले पछिल्लो नयाँ पुस्ता कृषिमा नजोडिँदा देश समस्यामा परेको बताए।


महासचिव पोखरेलले समयमा नै वर्षा नहुँदा तराई क्षेत्रका किसानहरू मर्कामा परेकाले सरकारले किसानलाई सहयोग गर्ने नीति अवलम्बन गरेको जिकिर गरे। उनले अब नयाँ पुस्तालाई कृषिमा जोड्ने कुरा युवा आन्दोलनको साझा विषय बन्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रधानमन्त्री केपी शर्मा ओलीले नै बजेटमा संशोधन भइसकेको भनेको ‘टेक एन्ड पे’ प्रावधानमा छलछाम भएको भेटिएको छ । सत्तारूढ कांग्रेससँगको सहमतिपछि प्रधानमन्त्री ओलीले संसद्मा चालु आर्थिक वर्षको बजेटबाट ‘टेक एन्ड पे’ अनुसार बिजुली खरिद–बिक्री सम्झौता (पीपीए) गर्ने प्रावधान हटाएको बताए पनि हालसम्म संशोधन नभएको भेटिएको हो । गत १५ जेठमा बजेट प्रस्तुत गर्दा उपप्रधान तथा अर्थमन्त्री ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले कोदो उत्पादन बढाउनुपर्नेमा जोड दिएका छन्। कोदो दिवसको अवसरमा शुभकामना दिँदै उनले सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको जानकारी दिए। कोदो परम्परागत खाद्यान्न बाली मात्र होइन, यसको पोषणीय महत्त्व रहेको उनको भनाई छ। ‘कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र होइन, यसको पोषणीय महत्त्व छ। ...
: कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा साढे तीन सय वटा सीसी क्यामेरा जडान गर्न लागिएको छ । प्रदेश राजधानीलाई सुरक्षित बनाउन नगरपालिकाले सीसी क्यामेरा जडान गर्न लागेको हो । सीसी क्यामेरा जडान भएमा वीरेन्द्रनगरमा अपराध न्यूनिकरण हुने र सुरक्षित सहर बन्ने अपेक्षा गरिएको छ । पछिल्लो समय वीरेन्द्रनगरमा जनघनत्व बढ्दो छ । जनघनत्व बढेसँगै अपराध र सवारी ...
: निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ । आयोगले शुक्रबार एक सूचना जारी गर्दै यही साउन २१ देखि २७ गतेसम्म आयोगको केन्द्रीय कार्यालय काठमाडौंमा दल दर्ताका लागि निवेदन दिन सकिने सहसचिव तथा प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी ...
— सङ्खुवासभाको सिसुवाखोलामा ४५ मिटर लामो पक्की पुल बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । एक महिनाअघि निर्माण सम्पन्न भए पनि औपचारिक उद्घाटन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बिहीबार गरेका हुन् । ४ करोड ६५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको पुलले सिसुवा, वाला र ताम्कु क्षेत्रलाई आपसमा मात्र होइन, खाँदबारी बजारसँग पनि जोड्नेछ । ...