मुख्य समाचार
मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका सात राजमार्ग पूर्णरूपमा अवरोध
मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका सात राजमार्ग पूर्णरूपमा अवरोध

: मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका सात राजमार्ग पूर्णरूपमा अवरोध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण देशभरका सात मुख्य राजमार्ग अवरोध भएका हुन् ।



अवरोध हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग,रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल–चीन नाका जोड्ने पुल,रसुवाकै पासाङ ल्हामु राजमार्ग,सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् ।


बाग्लुङको बाग्लुङ नगरपालिकास्थित कालिगण्डकी करिडोर,रोल्पाको परिवर्तन गाउँपालिकास्थित घोराही रुकुम सहिद राजमार्ग र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित जाजरकोट डोल्पा भेरी करिडोर सडक पूर्णरूपमा अवरोध भएका प्रहरीले जनाएको छ।


यसैगरी,काठमाडौंको टोखाबाट नुवाकोट जाने सडकखण्ड,नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकास्थित कालिगण्डकी करिडोर,मुस्ताङको थासाङ गाउँपालिकास्थित बेनी–जोमसोम सडक, तनहुँको बन्दीपुर गाउँपालिकास्थित पृथ्वी राजमार्ग,रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रधानमन्त्री केपी शर्मा ओलीले कोदो उत्पादन बढाउनुपर्नेमा जोड दिएका छन्। कोदो दिवसको अवसरमा शुभकामना दिँदै उनले सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको जानकारी दिए। कोदो परम्परागत खाद्यान्न बाली मात्र होइन, यसको पोषणीय महत्त्व रहेको उनको भनाई छ। ‘कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र होइन, यसको पोषणीय महत्त्व छ। ...
: कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा साढे तीन सय वटा सीसी क्यामेरा जडान गर्न लागिएको छ । प्रदेश राजधानीलाई सुरक्षित बनाउन नगरपालिकाले सीसी क्यामेरा जडान गर्न लागेको हो । सीसी क्यामेरा जडान भएमा वीरेन्द्रनगरमा अपराध न्यूनिकरण हुने र सुरक्षित सहर बन्ने अपेक्षा गरिएको छ । पछिल्लो समय वीरेन्द्रनगरमा जनघनत्व बढ्दो छ । जनघनत्व बढेसँगै अपराध र सवारी ...
: निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ । आयोगले शुक्रबार एक सूचना जारी गर्दै यही साउन २१ देखि २७ गतेसम्म आयोगको केन्द्रीय कार्यालय काठमाडौंमा दल दर्ताका लागि निवेदन दिन सकिने सहसचिव तथा प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी ...
— सङ्खुवासभाको सिसुवाखोलामा ४५ मिटर लामो पक्की पुल बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । एक महिनाअघि निर्माण सम्पन्न भए पनि औपचारिक उद्घाटन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बिहीबार गरेका हुन् । ४ करोड ६५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको पुलले सिसुवा, वाला र ताम्कु क्षेत्रलाई आपसमा मात्र होइन, खाँदबारी बजारसँग पनि जोड्नेछ । ...
— एक वर्षअघि बाढीले भत्काएको बीपी राजमार्ग बनाउन जापानसँग सरकारले २.८ अर्ब येन(२ अर्ब ६१ करोड नेपाली रुपैयाँ) अनुदान सहायता लिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीले भत्काएको बीपी राजमार्गको सिन्धुली खण्ड बनाउनका लागि जापानसँग अनुदान सहायता लिने निर्णय गरेको हो । २०८१ असोजमा आएको बाढीले क्षति गरेको बीपी राजमार्गको २५ किलोमिटर खण्डमा ...