मुख्य समाचार
एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरूबिच भेटवार्ता
एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरूबिच भेटवार्ता

: प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरूबिच भेटवार्ता भएको छ।



प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको छलफलमा सरकारको काम, विभिन्न विधेयक लगायतका विषयमा छलफल भएको नेताहरूले जनाएका छन्।


त्यस्तै बागमती प्रदेश सरकारबारेमा पनि छलफल भएको बुझिएको छ।


छलफलमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री एवं कांग्रेसका नेता रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार एवं एमालेका उपमहासचिव विष्णुप्रसाद रिमाललगायत सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— ई–रिक्सा चार्ज गरिरहँदा करेन्ट लागेर मृत्यु भएका सप्तरीको रूपनी गाउँपालिका–२ पौवाँका खंग दम्पतीका परिवारलाई नागरिक बीमाको सुविधा उपलब्ध गराउन पहल सुरु भएको छ । बिहीबार मधेश प्रदेश सरकारका उच्चस्तरीय टोलीले पीडितको घरमा पुगेर घटनाबारे जानकारी लिएको हो । प्रदेश सरकारले गत साउन १ गतेदेखि लागू गरेको नागरिक बीमाको सुविधा उपलब्ध गराउने उद्देश्यले घटनाबारे जानकारी ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले नै बजेटमा संशोधन भइसकेको भनेको ‘टेक एन्ड पे’ प्रावधानमा छलछाम भएको भेटिएको छ । सत्तारूढ कांग्रेससँगको सहमतिपछि प्रधानमन्त्री ओलीले संसद्मा चालु आर्थिक वर्षको बजेटबाट ‘टेक एन्ड पे’ अनुसार बिजुली खरिद–बिक्री सम्झौता (पीपीए) गर्ने प्रावधान हटाएको बताए पनि हालसम्म संशोधन नभएको भेटिएको हो । गत १५ जेठमा बजेट प्रस्तुत गर्दा उपप्रधान तथा अर्थमन्त्री ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले कोदो उत्पादन बढाउनुपर्नेमा जोड दिएका छन्। कोदो दिवसको अवसरमा शुभकामना दिँदै उनले सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको जानकारी दिए। कोदो परम्परागत खाद्यान्न बाली मात्र होइन, यसको पोषणीय महत्त्व रहेको उनको भनाई छ। ‘कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र होइन, यसको पोषणीय महत्त्व छ। ...
: कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा साढे तीन सय वटा सीसी क्यामेरा जडान गर्न लागिएको छ । प्रदेश राजधानीलाई सुरक्षित बनाउन नगरपालिकाले सीसी क्यामेरा जडान गर्न लागेको हो । सीसी क्यामेरा जडान भएमा वीरेन्द्रनगरमा अपराध न्यूनिकरण हुने र सुरक्षित सहर बन्ने अपेक्षा गरिएको छ । पछिल्लो समय वीरेन्द्रनगरमा जनघनत्व बढ्दो छ । जनघनत्व बढेसँगै अपराध र सवारी ...
: निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ । आयोगले शुक्रबार एक सूचना जारी गर्दै यही साउन २१ देखि २७ गतेसम्म आयोगको केन्द्रीय कार्यालय काठमाडौंमा दल दर्ताका लागि निवेदन दिन सकिने सहसचिव तथा प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी ...