मुख्य समाचार
ट्रम्पले दक्षिण कोरियाबाट निर्यात हुने सामानमा १५ प्रतिशत कर लगाउने
ट्रम्पले दक्षिण कोरियाबाट निर्यात हुने सामानमा १५ प्रतिशत कर लगाउने

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट निर्यात हुने सामानमा १५ प्रतिशत कर लगाउने बताएका छन्। उनको यो घोषणा दक्षिण कोरियासँगको व्यापार सम्झौता पछि आएको हो।



‘मलाई यो घोषणा गर्न पाउँदा खुसी लागेको छ। संयुक्त राज्य अमेरिका दक्षिण कोरियासँग व्यापार सम्झौतामा पूर्ण रूपमा सहमत भएको छ,’ राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखे।


दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले यो सम्झौताले आफ्नो देशलाई अन्य देशभन्दा समान वा राम्रो स्थितिमा पुर्‍याउने बताएका छन्।


राष्ट्रपति ट्रम्पको यो घोषणा व्यापार सम्झौताका लागि तोकेको अगस्ट १ को समयसीमा समाप्त हुनुभन्दा एक दिन अघि आएको हो।

देशहरूले यो समयसीमा भित्र अमेरिकासँग सम्झौता गर्नुपर्नेछ। अन्यथा उनीहरूले उच्च शुल्कको सामना गर्नुपर्नेछ।

दक्षिण कोरियाले पनि अमेरिकासँग यो सम्झौतामा हस्ताक्षर नगरेको भए २५ प्रतिशत कर लगाइने थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— दशकौंदेखिको सीमा विवादका कारण गत साता लगातार पाँच दिनसम्म चलेको कम्बोडिया–थाइल्यान्ड लडाइँ यतिबेला रोकिएको छ । गत मंगलबार दुवै देशले युद्धविराम घोषणा गरे पनि तनावको स्थिति भने अझै मत्थर भइसकेको छैन । पाँच दिनको झडपमा दुवैतर्फ कम्तीमा ४३ जनाको ज्यान गएको थियो । कम्बोडियाले थाइल्यान्डलाई आफ्ना २० सैनिक कब्जामा लिएको दाबीसहित फिर्ता गर्न बिहीबार आग्रह गरेको छ । ती ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। यस अन्तर्गत क्यानडामाथिको भन्सार कर अब २५ प्रतिशतबाट बढाएर ३५ प्रतिशत पुर्‍याइएको छ। यस्तै राष्ट्रपति ट्रम्पले व्यापार सम्झौताका लागि तोकेको समयसीमाभन्दा केही घण्टा अघि ह्वाइट हाउसले दर्जनौं देशमाथि नयाँ भन्सार दर जारी गरेको छ। यी दर सात दिनमा लागू हुनेछन्। यसअघि बिहीबार राष्ट्रपति ट्रम्पले मेक्सिकोमा कर लगाउने ...
— इरानका राष्ट्रपति मसुद पेजेस्कियानले पानीको खपत नरोकिए केही महिनाभित्रै राजधानी तेहरानमा रहेका बाँधहरू सुक्न सक्ने चेतावनी दिएका छन् । तेहरान प्रान्तीय जल आपूर्ति कम्पनीले पनि हालको पानी संकट एक शताब्दीयताकै ठूलो भएको उल्लेख गरेको छ । उसका अनुसार सहरलाई पानी आपूर्ति गर्ने जलाशयको स्तर ‘एक शताब्दीको सबैभन्दा कम’ अवस्थामा झरेको छ । ‘यदि तेहरानमा हामीले स्थितिलाई व्यवस्थापन ...
: पाकिस्तानले चीनको सिचाङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट आफ्नो रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण गरेको छ। पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै चीनको सहयोगमा भूउपग्रह प्रक्षेपण गरिएको जानकारी दिएको हो। विज्ञप्तिमा भनिएको छ,‘उपग्रहले उच्च गुणस्तरका तस्बिरहरू पठाउनेछ। यसले पाकिस्तानलाई सहरहरूको योजना बनाउन, सडक र भवनहरू विकास गर्न, प्राकृतिक प्रकोपहरूको सामना गर्न, कृषिको अनुगमन गर्न, जलवायु परिवर्तन बुझ्न, ...
: अमेरिकामा लडाकु विमान दुर्घटनाग्रस्त भएको छ। अमेरिकाको क्यालिफोर्नियामा रहेको नेभल एयर स्टेशन लेमूर नजिकै एफ–३५ लडाकु विमान दुर्घटनाग्रस्त भएको हो। अमेरिकी नौसेनाका अधिकारीहरूले पाइलट विमानबाट बाहिर निस्कन सफल भएको जानकारी दिए। घटनाबारे एनएएस लेमूरले विज्ञप्ति जारी गर्दै पाइलट सफलतापूर्वक विमानबाट बाहिर निस्केका र अन्य कुनै पनि कर्मचारी प्रभावित नभएको जनाएको छ। ...