मुख्य समाचार
रियल म्याड्रिडले आगामी २०२५–२६ सिजनको लागि तयारी सुरु
रियल म्याड्रिडले आगामी २०२५–२६ सिजनको लागि तयारी सुरु

: रियल म्याड्रिडले आगामी २०२५–२६ सिजनको लागि तयारी सुरु गरेको छ।



रियल म्याड्रिडमा चार जना खेलाडी थपिएका छन्। फ्रान्को मास्टान्टुओनो बाहेक सबैलाई जर्सी नम्बर दिइएको छ। केही वर्तमान खेलाडीले पनि जर्सी नम्बर परिवर्तन गरेका छन्।


यसैबीच रियल म्याड्रिडले केलियन एमबाप्पेको जर्सी नम्बर पनि परिवर्तन गर्ने निर्णय गरेको थियो।


फ्रान्सेली फरवार्डले पेरिस सेन्ट–जर्मेनबाट आउँदा जर्सी नम्बर नौ लिएका थिए। तर अब उनलाई आइकोनिक नम्बर १० दिने रियल म्याड्रिडले जनाएको छ। यो नम्बर लुका मोड्रिचको प्रस्थान पछि खाली भएको थियो।

एमबाप्पेको नम्बर ९ बाट १० मा सरेपछि नम्बर ९ फेरि खाली हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— चार पटकको उपाधि च्याम्पियन नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई निरास मच्छिन्द्र फुटबल क्लब झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विदेशी खेलाडी चम्किँदा मच्छिन्द्रले आर्मीलाई शनिबार अन्तिम सेमिफाइनलमा ४-० गोल अन्तरले पराजित गर्दै उपाधिनजिक पुगेको हो । मच्छिन्द्रका स्ट्राइकरसमेत रहेका विदेशी खेलाडी जोनाथन जोरिल्लाको ह्याट्रिकले जित निश्चित बनेको थियो ।मच्छिन्द्रले उपाधिका लागि सशस्त्र प्रहरीको एपीएफ फुटबल ...
— साबिक उपविजेता चर्च ब्वाइज युनाइटेडमाथि १–० गोलअन्तरको कठिन जित निकाल्दै प्लानिङ ब्वाइज युनाइटेडले २६ औं संस्करणको अन्तर्राष्टिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधि जितेको छ । शनिबार धरान रंगशालामा सम्पन्न फाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेडलाई जिताउन प्रतापसिंह राईले निर्णायक गोल गरे । चर्च ब्वाइजको कमजोर डिफेन्स लाइनको फाइदा उठाउँदै राईले खेलको ६२ औं मिनेटमा गोल गरेर प्लानिङ ...
— दुईपल्टको च्याम्पियन इंग्ल्यान्डले शनिबार स्कटल्यान्डलाई ५ विकेट पराजित गर्दै ट्वान्टी ट्वान्टी विश्वकप २०२६ को सुपर एटमा प्रवेशको सम्भावनालाई बलियो बनाएको छ । यो जितपछि समूह सी मा वेस्ट इन्डिज र इंग्ल्यान्डको चार/चार अंक भएको छ । उनीहरूको पछाडि स्कटल्यान्ड र इटाली दुई/दुई अंकमा छन् । नेपालले भने अहिलेसम्म कुनै अंक बटुल्न सकेको छैन । ...
— नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक स्टुवार्ट लले ट्वान्टी ट्वान्टी विश्वकप २०२६ मा वेस्ट इन्डिजको सामना गर्दा त्यो निकै कठिन चुनौती हुने बताएका छन् । नेपालले आइतबार वानखेडेमा हुने आफ्नो तेस्रो खेलमा वेस्ट इन्डिजको सामना गर्दैछ । त्यसअघि शनिबार मिडियासामु प्रस्तुत हुने क्रममा लले त्यस नेपालले सक्दो धेरे राम्रो गर्नु पनि स्वीकारे । उनले वेस्ट ...
— आयरल्यान्डले ट्वान्टी-२० विश्वकप २०२६ अन्तर्गत शनिबार समूह 'बी'को खेलमा ओमानलाई सजिलै ९६ रनले पराजित गरेको छ । कोलम्बोमा भएको खेलमा ओमान जितका लागि २ सय ३६ रन पछ्याउने क्रममा १८ ओभरमा १ सय ३९ रन बनाएर अलआउट भएको थियो । उसका लागि ओपनर आमिर कलिम ५० र मोहम्मद मिर्जाले ४६ रन बनाए । उनीहरूलाई छाडेर ...