मुख्य समाचार
आइसीसी महिला टी-२० विश्वकप छनोटको ग्लोबल छनोटको खेल नेपालमा आयोजना हुने
आइसीसी महिला टी-२० विश्वकप छनोटको ग्लोबल छनोटको खेल नेपालमा आयोजना हुने

: आइसीसी महिला टी-२० विश्वकप छनोटको ग्लोबल छनोटको खेल नेपालमा आयोजना हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आइसीसी)ले विश्वकप छनोटको खेल नेपालमा हुने तय गरेको हो।



प्रतियोगिता जुन १२ जनवरी २०२६ देखि २ फेब्रुअरी २०२६ सम्म माथिल्लो र तल्लो मुलपानी क्रिकेट स्टेडियममा हुनेछ। पूर्ण खेल तालिका भने घोषणा हुन बाँकी रहेको छ। यस प्रतियोगितामा १० टोलीहरू प्रतिस्पर्धा गर्नेछन्।


ग्लोबल छनोटका शिर्ष ४ टिमले २०२६ मा इङ्ल्यान्ड र वेल्समा हुने विश्वकप खेल्नेछन्। यो नेपालले आयोजना गर्ने हालसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो।


यस प्रतियोगिताका लागि ५ टोलीले स्थान पक्का गरिसकेका छन्। बंगलादेश र आइरल्याण्ड २०२४ विश्वकपमा सहभागी हुने टिमका आधारमा छनोट भएका हुन्। घरेलु टिम नेपाल र थाइल्यान्डले एसिया क्षेत्र छनोट पार गरेर ग्लोबल क्वालिफार्यसमा स्थान बनाएका हुन्। संयुक्त राज्य अमेरिका क्षेत्रबाट छनोट भएको हो। अब ५ टिमको टुंगो लाग्न बाँकी रहेको छ।

दुई–दुई टोलीहरू अफ्रिका र युरोप क्षेत्रको क्वालिफायरबाट, एक टोली पूर्वी एशिया–प्यासिफिक क्षेत्रबाट चयन गरिनेछ। यस प्रतियोगितामा १० टोलीलाई २ समुहमा विभाजन गरेर खेलाइनेछ । शीर्ष छ टोलीहरू सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्। अन्त्यमा फाइनल खेल हुँदै विजेता निर्धारण हुनेछ ।

२०२६ मा आयोजना हुने महिला टी-२० विश्वकप मा १२ टोलीहरू सहभागी हुनेछन्। नेपालले पहिलो पटक ग्लोबल क्वालिफार्यसमा स्थान बनाएको हो। नेपालका घरेलु भूमिमा ग्लोबल क्वालिफार्यस खेल्दै विश्वकप छनोट हुने यो सुनौलो अवसर हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...