— माओवादी केन्द्रको पदाधिकारी बैठकले आन्तरिक एकतालाई सुदृढ गर्न स्थायी कमिटी बैठकमा छलफल गर्ने प्रस्ताव तयार गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको बैठकले पार्टीको आन्तरिक एकतामा फरकफरक धारणा सार्वजनिक भएको उल्लेख गर्दै पार्टीमा सुदृढ एकताका लागि स्थायी कमिटीमा छलफल गर्ने भएको हो । माओवादी सचिव लिलामणि पोखरेलका अनुसार साउन १६ गतेदेखि बस्ने स्थायी कमिटी बैठकमा पार्टीको आन्तरिक एकता बलियो पार्ने, आगामी महाधिवेशनको मिति तय गर्ने, विषयमा छलफल गर्ने र विचार मिल्ने दलहरूसँग पार्टी एकताका सन्दर्भमा विशेष प्रस्ताव पास गर्ने निर्णय गरेको छ ।
पार्टीको आगामी महाधिवेशनका विषयमा स्थायी कमिटी बैठकमा छलफल गरिनेछ । यसका साथै पार्टीको आन्तरिक एकता सुदृढीकरणका लागि विधि पद्धतिका विषयमा छलफल हुनेछ ।