मुख्य समाचार
उपेन्द्र यादवले अहिलेसम्मकै सरकारको गलत नीति र योजनाले चूरे विनाश हुँदा मधेश मरुभूमितिर गइरहेको बताएका छन्
उपेन्द्र यादवले अहिलेसम्मकै सरकारको गलत नीति र योजनाले चूरे विनाश हुँदा मधेश मरुभूमितिर गइरहेको बताएका छन्

— जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेसम्मकै सरकारको गलत नीति र योजनाले चूरे विनाश हुँदा मधेश मरुभूमितिर गइरहेको बताएका छन् ।


बुधबार सप्तरीको राजविराज नगरपालिका–२ मा आयोजना गरिएको जसपा, नेपाल एकताको प्रथम जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । ‘अहिले पुरै मधेश सुक्खा र संकटग्रस्त बनिसकेको छ, अन्नदाता किसान त्राहिमाम–त्राहिमाम गरिरहेका छन्, खेतमा धुलो उडिरहेको छ,’ अध्यक्ष यादवले भने, ‘विगतमा यस्तो समस्या नआएको होइन तर १०/१५ फिटमा पाइने पानी यसपालिदेखि तीन सय फिटमा पनि पाउनै छाड्यो ।’

सरकारले चूरै हुँदै राजमार्ग बनाएर बसोबासको नाममा चूरे क्षेत्र अतिक्रमण गरेर वन जंगल विनाश गर्दा यो समस्या बढ्दो रहेको उनले बताए । ‘यो सुरुआत मात्रै हो, आगामी दिनमा अझ विकराल रुप लिनसक्छ,’ उनले भने, ‘चूरे संरक्षण गर्न अहिलेसम्मकै सरकारको गलत नीति, योजना रहँदा पानीको सतह तल गएर मधेश मरुभूमितिर गइरहेको छ ।’

देश र मधेशलाई बचाउनका लागि चूरेको संरक्षण गर्न आवश्यक रहेको अध्यक्ष यादवको भनाइ छ । ‘चूरेको संरक्षण गर्न बर्सेनि अर्बौं रुपैयाँको वैदेशिक सहायता पनि आउँछ तर सरकार अझ चूरेमा सडक बनाउनेदेखि होटल खोल्न अनुमति दिने जस्ता कार्य गर्दै आएको छ,’ उनले थपे, ‘पर्यावरण संरक्षणको विषय पनि छलफलमै सीमित राख्दा यो समस्या बढिरहेको छ तर अब यसमा चुक गर्ने समय रहेन ।’

अन्नदाता किसानका लागि सहुलियत ऋण, सिंचाइ र मलखाद लगायतका सहुलियत प्याकेजसमेत ल्याउन अध्यक्ष यादवले सरकारसँग आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै मिलेर मुलुकको आर्थिक परिवर्तनका लागि काम गर्नुपर्ने बताएका छन्। राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित एक महिने वृहत् रक्तदान अभियानको शुभारम्भ तथा खीर खाने कार्यक्रमलाई बिहीबार भृकुटीमण्डपमा सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तनका लागि काम सम्पन्न भइसकेको बताएका हुन्। कृषिलाई रूपान्तरण गर्न नसकिए देशको विकास हुन नसक्ने भन्दै महासचिव पोखरेलले नयाँ पुस्तालाई ...
: उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले कांग्रेस र एमालेबीच भएको सहमतिका कारण मुलुकमा राजनीतिक स्थायीत्वको वातावरण बन्दै गएको बताएका छन्। बिहीबार नेपाली कांग्रेस रामेछापले आयोजना गरेको कार्यक्रममा सिंहले दुई दलबीच भएको सात बुँदे सहमतिका कारण ६–६ महिनामा सरकार परिवर्तन हुने अवस्थाको अन्त्य भएको र मुलुकमा राजनीतिक स्थायीत्वको वातावरण बन्दै गएको बताएका हुन्। उनले आफूहरू सत्तामा ...
: दोहोरी साँझमा पसेर कुटपिट गर्ने तीनजना ठमेलबाट पक्राउ परेका छन् । नुवाकोट ककनीका युवराज गुरुङ,रविन्द्र गुरुङ र दिलकुमार तुम्बाफो ठमेलको नगरकोट दोहोरी साँझबाट पक्राउ परेका । जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी कुलदिप चन्दका अनुसार उनीहरू अत्यधिक मदिरा सेवन गरेको अवस्थामा भेटिएका थिए। पटकपटक गुण्डागर्दीमा संलग्न रहदै आएका सानुभाइ भनिने युवराज गुरुङ विवादित पृष्ठभूमि भएका ...
: मोटरसाइकलले ठक्कर दिँदा सडक छेउमा हिँडिरहेका एक जनाको मृत्यु भएको छ। नवलपुरबाट गोरखातर्फ आइरहेका लु६१प ४६८५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गोरखा नगरपालिका १० वीरेन्चोकका ७० वर्षीय क्षेत्रबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको हो। दुर्घटनामा गम्भीर घाइते भएका थापाको प्रदेश अस्पताल गोरखामा सामान्य उपचार गरी भरतपुरस्थित अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले ...
: मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका सात राजमार्ग पूर्णरूपमा अवरोध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण देशभरका सात मुख्य राजमार्ग अवरोध भएका हुन् । अवरोध हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग,रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल–चीन नाका जोड्ने पुल,रसुवाकै पासाङ ल्हामु राजमार्ग,सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग पूर्णरूपमा ...