मुख्य समाचार
एएफसी यू–२० वुमेन्स एसिया कप छनोटका खेल अर्को सातादेखि सुरु हुँदै
एएफसी यू–२० वुमेन्स एसिया कप छनोटका खेल अर्को सातादेखि सुरु हुँदै

— एएफसी यू–२० वुमेन्स एसिया कप छनोटका खेल अर्को सातादेखि सुरु हुँदै छ । नेपालसामु त्यसमा छनोटको अवसर हुनेछ । तर, छनोट आफैंमा सजिलो भने हुने छैन ।


किनभने यसक्रममा नेपालले बलियो न बलियो टोली उत्तर कोरियाको सामना गर्नुपर्नेछ । छनोटको एउटा नियममा नेपाल केन्द्रित रहनेछ । त्यसको फाइदा लिने प्रयासमा हुनेछ ।

छनोटमा कुल ३२ टिम सहभागी छन् । त्यसमध्ये नेपाल नै सम्मिलित समूह ‘ए’ बाट मंगोलियाले नाम फिर्ता लिएको छ । बाँकी टिमले ८ समूहमा प्रतिस्पर्धा गर्नेछन् । त्यसमध्ये प्रत्येक समूहको विजेता स्वतः छनोट हुनेछन् । दोस्रो स्थानमा रहने उत्कृष्ट तीन टिम पनि छनोट हुनेछ । त्यसैले नेपालको नजर यसैमा हुनेछ ।

नेपालको समूहमा अन्य टिममा छन् भुटान र साउदी अरेबिया । छनोट अगस्ट ६ देखि १० सम्म भुटानमै हुनेछ । नेपालले उत्तर कोरियाविरुद्धको एउटा खेललाई छाडेर अन्य दुईमा राम्रो नतिजा निकाल्न सक्ने हो भने छनोटको सम्भावना जीवित रहनेछ । तर नेपाली टिम भने उत्तर कोरियाविरुद्ध सक्दो राम्रो खेल्ने र ठूलो टिम भन्दैमा बढी महत्त्व नदिने पक्षमा छन् ।

नेपाली टोलीका प्रशिक्षक छन्, यामबहादुर गुरुङ । उनकै नेतृत्वमा नेपालले हालै मात्र बंगलादेशमा भएको साफ यू–२० च्याम्पियनसिप खेलेको थियो । त्यसयता नेपाल फर्केको टिमले एक साता जतिको अभ्यास गरेको छ । प्रशिक्षक गुरुङले यसै पृष्ठभुमि बुधबार आयोजित प्रेस मिटमा भनेका छन्, ‘पछिल्लो प्रतियोगितामा भएको भुल सच्याएर खेल्ने प्रयास गर्ने छौं ।’




उनले थपे, ‘हाम्रो टिमको मध्यपंक्तिमा केही समस्या थिए । त्यसलाई सच्चाउने गृहकार्य गरेका छौं । गोलरक्षणमा पनि केही समस्या देखिएको थियो । त्यसबारे पनि काम गरेका छौं ।’ बंगलादेशमा आफ्ना खेलाडी थकानबाट गुज्रेको र त्यसको प्रभाव खेलमा पनि देखिएको उनले सुनाए । ‘बंगलादेशमा सुरुआती ११ का खेलाडीले लगातार खेल्नुपरेको बाध्यता पनि थियो,’ उनले भने, ‘उत्तर कोरियासँग आत्तिएर खेल्नुपर्ने भन्ने छैन । हामी पनि ११ खेलाडी हुनेछौं, उनीहरू नि ११ खेलाडी हुनेछन् । हामी डार्कहर्स हौं । उत्तर कोरिया विश्व च्याम्पियन वा एसियाली च्याम्पियन भनेर ध्यान दिएकै छैनौं ।’

नेपाली टोलीकी कप्तान बिर्सना चौधरीले टिमको तयारी राम्रो भएको दाबी गरिन् । उनले भनिन्, ‘टिमको समन्वय राम्रो भएको छ । हामी राम्रो उत्साह लिएर जाँदैछौं । राम्रो नतिजा निकाल्ने विश्वास छ । हामी छनोटकै उद्देश्यमा हुनेछौं । हाम्रो रक्षापंक्तिमा अलिकति समस्या हो, अग्रपंक्ति त धेरै राम्रो छ ।’

नेपाली टोली : गोलकिपरमा लीला जोशी, करुण बुढाथोकी र सुजाता तामाङ, डिफेन्डरमा सरिताकुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बू, सिमरन राई, सजिना स्याङ्तान, गंगा रोकाया, अनिशा राई, सीता रोकाया, मिडफिल्डरमा बिर्सना चौधरी (कप्तान), कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ र सेनु परियार तथा फरवार्डमा कुसुम खतिवडा, सुक्रिया मिया, मनीषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...