मुख्य समाचार
बेलायती प्रधानमन्त्रीले आगामी सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको महासभामा प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने घोषणा
बेलायती प्रधानमन्त्रीले आगामी सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको महासभामा प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने घोषणा

— बेलायतले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने बताएको छ । बेलायती प्रधानमन्त्री किअर स्टार्मरले आगामी सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको महासभामा प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने घोषणा गरेका हुन् ।


तर यसमा केही सर्तहरू भने छन् । बेलायतले अघि सारेका सर्तहरू इजरायलले नमानेमा प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने प्रधानमन्त्री स्टार्मरको भनाइ छ । गाजाको भयावह अवस्था अन्त्य गर्न इजरायलले ठोस कदम नचाले बेलायतले प्यालेस्टाइनलाई राष्ट्रका रूपमा मान्यता दिनेछ भन्ने सर कियर स्टार्मरले बताएका छन् ।

मन्त्रिपरिषद्को आकस्मिक बैठकपछिको पत्रकार सम्मेलनमा प्रधानमन्त्री स्टार्मरले भने, 'यदि गाजाको भयावह अवस्था अन्त्य गर्नका लागि इजरायल सरकारले ठोस कदम चाल्दैन, युद्धविरामको घोषणा गर्दैन, गाजाको पश्चिमी तटमाथि कब्जा गर्दैन र दीर्घकालीन शान्ति प्रक्रियाका लागि प्रतिबद्ध हुँदैन भने बेलायतले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिनेछ ।'

उनले इजरायल र हमास विद्रोही समूहबीच कुनै समानता नरहेको उल्लेख गर्दै हमासले पनि सबै बन्धक छाड्नुपर्ने बताएका छन् । हमासले पनि युद्धविराममा हस्ताक्षर गरेर गाजा सरकारमा कुनै भूमिकामा रहन नहुने प्रधानमन्त्री स्टार्मरको भनाइ छ ।

गत हप्ता मात्र फ्रान्सले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने घोषणा गरेको थियो । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले यसै वर्षको सेप्टेम्बरमा औपचारिक रूपमा प्यालेस्टाइनलाई स्वतन्त्र मुलुकको मान्यता दिने बताएका थिए ।

वर्ल्ड पपुलेसन रिभ्युको तथ्यांकअनुसार विश्वका करिब १४० मुलुकले प्यालेस्टाइनलाई स्वतन्त्र मुलुकको मान्यता दिएका छन् । अरब समूहका सबै देश, इस्लामिक कोअपरेसन अगर्नाइजेसन र असंलग्न आन्दोलन पक्षधर मुलुकहरूले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यका रूपमा स्वीकारेका छन् । गत वर्ष मात्र आयरल्यान्ड, नर्वे र स्पेनले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने घोषणा गरेका थिए ।




अधिकांश पश्चिमा र युरोपेली मुलुकहरूले भने प्यालेस्टाइनलाई स्वतन्त्र मुलुकको दर्जा दिएका छैनन् । अमेरिका, बेलायत, फ्रान्स, जर्मनी र अस्ट्रेलियाजस्ता शक्तिराष्ट्रहरूले शान्ति वार्तामार्फत नै मध्यपूर्वको समाधान हुने बताए पनि तत्परता भने देखाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...
। करोना संक्रमण फैलिएको बेला बन्द गरिएको नाका अहिलेसम्म नखोलिएको भन्दै रौतहटका एक व्यक्ति आमरण अनशन बसेका छन् । रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय खुलाउन सिमाना संघर्ष समितिका अध्यक्ष तजमुल हक (पूर्व शिक्षक) आइतबार दिउँसो ३ बजेदेखि आमरण अनशन बसेका हुन् । कोरोना संक्रमण अघिसम्म खुल्ला रहेको रामपुर खाप सीमाबाट चारपांग्रे सवारी साधन ...
काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने
। चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीहरूको लागि अभूतपूर्व सहयोग पुर्‍याइरहेको छ । यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् । कुल सात हजार ८२४ खेलाडीहरू ३४ टिमबाट सहभागी भएका छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो ...
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...