मुख्य समाचार
इंग्लिस कप्तान बेन स्टोक्सले काँधको चोटका कारण भारतविरुद्धको निर्णायक पाँचौं तथा अन्तिम टेस्ट नखेल्ने
इंग्लिस कप्तान बेन स्टोक्सले काँधको चोटका कारण भारतविरुद्धको निर्णायक पाँचौं तथा अन्तिम टेस्ट नखेल्ने

— इंग्लिस कप्तान बेन स्टोक्सले काँधको चोटका कारण भारतविरुद्धको निर्णायक पाँचौं तथा अन्तिम टेस्ट नखेल्ने भएका छन् ।


इंग्लिस एन्ड वेल्स क्रिकेट बोर्डका अनुसार उप–कप्तान रहेका ओली पोपले ओभलमा बिहीबार सुरु हुने टेस्टमा टिमको नेतृत्व गर्नेछन् । पाँच टेस्टको शृंखलामा इंग्ल्यान्ड २–१ ले अगाडि छ ।

शृंखलाको अघिल्ला टेस्टमा पनि स्टोक्स चोटसँग गुज्रिएका थिए । तर उनले सिरिजमा अहिलेसम्म १ सय ४० ओभर बलिङ गरेका छन् । उनले आफ्नो खेलजीवनमा एकै शृंखलामा यति धेरै बलिङ गरेको यो नै पहिलो पटक हो । उनले १७ विकेट लिएका छन् । यो दुवै टिमका बलरले लिएको सबैभन्दा बढी विकेट हो ।

स्टोक्सले बुधबार आयोजित प्रिम्याच कन्फ्रेन्समा भने, ‘अन्तिम खेल खेल्न नपाएकोमा म स्वाभाविक रूपमा दुःखी छु ।’ आफ्नो पूरा खेलजीवन चोटले सताइएका ३४ वर्षीय स्टोक्सले थपे, ‘मेरो काँधमा समस्या छ । यस्तो स्थितिमा जो कोही पनि भावुक हुने गर्छ ।’ म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा भएको चौथो टेस्ट बराबरीमा टुंगिएको थियो ।

त्यस खेलमा सहभागी इंग्लिस टिममा चार खेलाडी परिवर्तन गरेर अन्तिम खेलका लागि नाम घोषणा गरिएको छ । टिममा फर्केकामा ज्याकोब बेथहेल, जोस टङ्ग र गस एटकिन्सन र जेमी ओभरटन छन् । तीव्र गतिका बलरद्वय जोफ्रा आर्चर र ब्रेडन कार्सेलाई आराम दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...