मुख्य समाचार
इंग्लिस कप्तान बेन स्टोक्सले काँधको चोटका कारण भारतविरुद्धको निर्णायक पाँचौं तथा अन्तिम टेस्ट नखेल्ने
इंग्लिस कप्तान बेन स्टोक्सले काँधको चोटका कारण भारतविरुद्धको निर्णायक पाँचौं तथा अन्तिम टेस्ट नखेल्ने

— इंग्लिस कप्तान बेन स्टोक्सले काँधको चोटका कारण भारतविरुद्धको निर्णायक पाँचौं तथा अन्तिम टेस्ट नखेल्ने भएका छन् ।


इंग्लिस एन्ड वेल्स क्रिकेट बोर्डका अनुसार उप–कप्तान रहेका ओली पोपले ओभलमा बिहीबार सुरु हुने टेस्टमा टिमको नेतृत्व गर्नेछन् । पाँच टेस्टको शृंखलामा इंग्ल्यान्ड २–१ ले अगाडि छ ।

शृंखलाको अघिल्ला टेस्टमा पनि स्टोक्स चोटसँग गुज्रिएका थिए । तर उनले सिरिजमा अहिलेसम्म १ सय ४० ओभर बलिङ गरेका छन् । उनले आफ्नो खेलजीवनमा एकै शृंखलामा यति धेरै बलिङ गरेको यो नै पहिलो पटक हो । उनले १७ विकेट लिएका छन् । यो दुवै टिमका बलरले लिएको सबैभन्दा बढी विकेट हो ।

स्टोक्सले बुधबार आयोजित प्रिम्याच कन्फ्रेन्समा भने, ‘अन्तिम खेल खेल्न नपाएकोमा म स्वाभाविक रूपमा दुःखी छु ।’ आफ्नो पूरा खेलजीवन चोटले सताइएका ३४ वर्षीय स्टोक्सले थपे, ‘मेरो काँधमा समस्या छ । यस्तो स्थितिमा जो कोही पनि भावुक हुने गर्छ ।’ म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा भएको चौथो टेस्ट बराबरीमा टुंगिएको थियो ।

त्यस खेलमा सहभागी इंग्लिस टिममा चार खेलाडी परिवर्तन गरेर अन्तिम खेलका लागि नाम घोषणा गरिएको छ । टिममा फर्केकामा ज्याकोब बेथहेल, जोस टङ्ग र गस एटकिन्सन र जेमी ओभरटन छन् । तीव्र गतिका बलरद्वय जोफ्रा आर्चर र ब्रेडन कार्सेलाई आराम दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...