मुख्य समाचार
रसुवाको ल्हेन्दे खोलामा आएको बाढीले नेपाल विद्युत प्राधिकरणको २२० केभीको त्रिशुली-३ बी हब सबस्टेसनमा पुनः क्षति
रसुवाको ल्हेन्दे खोलामा आएको बाढीले नेपाल विद्युत प्राधिकरणको २२० केभीको त्रिशुली-३ बी हब सबस्टेसनमा पुनः क्षति

। रसुवाको ल्हेन्दे खोलामा आएको बाढीले नेपाल विद्युत प्राधिकरणको २२० केभीको त्रिशुली-३ बी हब सबस्टेसनमा पुनः क्षति पुर्‍याएको छ ।

अघिल्लोपटकको बाढीले पनि यो सबस्टेसनमा ठूलो क्षति पुगेको थियो । सबस्टेसनमा लगाइएको पर्खाल बाढीका कारण लच्किएको र त्यो बगाएको अवस्थामा सबस्टेसनमा बाढी पस्नसक्ने अवस्था देखिएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए ।

अन्य प्लान्टहरुमा भने क्षति नभएको उनले बताए । तर बाढीले बाटो बगाएको हुँदा पुनर्निर्माणको काम प्रभावित हुने प्रवक्ता ढकालले जनाएका छन् ।

भोटेकोशीमा फेरि पनि ठूलो बाढी आउँदा रसुवा र नुवाकोट जिल्लाका नदी किनारको क्षेत्र डुबानमा परेको छ । बाढीले नुवाकोट र रसुवाको सिमानामा पर्ने उत्तरगया धाम डुबानमा परेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

नयाँ बाढीका कारण गत असार २५ गते आएको बाढीले बगाएको नेपाल–चीन मितेरी पुल रहेको क्षेत्रमा चीनले थालेको निर्माणको काम बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै मिलेर मुलुकको आर्थिक परिवर्तनका लागि काम गर्नुपर्ने बताएका छन्। राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित एक महिने वृहत् रक्तदान अभियानको शुभारम्भ तथा खीर खाने कार्यक्रमलाई बिहीबार भृकुटीमण्डपमा सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तनका लागि काम सम्पन्न भइसकेको बताएका हुन्। कृषिलाई रूपान्तरण गर्न नसकिए देशको विकास हुन नसक्ने भन्दै महासचिव पोखरेलले नयाँ पुस्तालाई ...
: उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले कांग्रेस र एमालेबीच भएको सहमतिका कारण मुलुकमा राजनीतिक स्थायीत्वको वातावरण बन्दै गएको बताएका छन्। बिहीबार नेपाली कांग्रेस रामेछापले आयोजना गरेको कार्यक्रममा सिंहले दुई दलबीच भएको सात बुँदे सहमतिका कारण ६–६ महिनामा सरकार परिवर्तन हुने अवस्थाको अन्त्य भएको र मुलुकमा राजनीतिक स्थायीत्वको वातावरण बन्दै गएको बताएका हुन्। उनले आफूहरू सत्तामा ...
: दोहोरी साँझमा पसेर कुटपिट गर्ने तीनजना ठमेलबाट पक्राउ परेका छन् । नुवाकोट ककनीका युवराज गुरुङ,रविन्द्र गुरुङ र दिलकुमार तुम्बाफो ठमेलको नगरकोट दोहोरी साँझबाट पक्राउ परेका । जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी कुलदिप चन्दका अनुसार उनीहरू अत्यधिक मदिरा सेवन गरेको अवस्थामा भेटिएका थिए। पटकपटक गुण्डागर्दीमा संलग्न रहदै आएका सानुभाइ भनिने युवराज गुरुङ विवादित पृष्ठभूमि भएका ...
: मोटरसाइकलले ठक्कर दिँदा सडक छेउमा हिँडिरहेका एक जनाको मृत्यु भएको छ। नवलपुरबाट गोरखातर्फ आइरहेका लु६१प ४६८५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गोरखा नगरपालिका १० वीरेन्चोकका ७० वर्षीय क्षेत्रबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको हो। दुर्घटनामा गम्भीर घाइते भएका थापाको प्रदेश अस्पताल गोरखामा सामान्य उपचार गरी भरतपुरस्थित अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले ...
: मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका सात राजमार्ग पूर्णरूपमा अवरोध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण देशभरका सात मुख्य राजमार्ग अवरोध भएका हुन् । अवरोध हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग,रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल–चीन नाका जोड्ने पुल,रसुवाकै पासाङ ल्हामु राजमार्ग,सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग पूर्णरूपमा ...