मुख्य समाचार
दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउण्डर वरियतामा फेरि दोस्रो स्थानमा
दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउण्डर वरियतामा फेरि दोस्रो स्थानमा

। नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउण्डर वरियतामा फेरि दोस्रो स्थानमा उक्लिएका छन् ।

आईसीसीले बुधबार सार्वजनिक गरेको वरियता अनुसार दीपेन्द्र दोस्रोमा छन् । यसअघि दोस्रो स्थानमा रहेका वेस्ट इन्डिजका अलराउण्डर रस्टन चेजको वरियता खस्किँदा दीपेन्द्र तेस्रोबाट दोस्रोमा उक्लिएका हुन् ।




नेपाली टोलीले डेढ महिनायता कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन । यसबीचमा हुने अन्य टोलीका खेलाडीहरूको प्रदर्शनले पनि अन्यको स्थानमा फेरबदल ल्याउने गर्छ ।

वेस्ट इन्डिजले भर्खरै मात्र अस्ट्रेलियासँग ५ खेलको टी-२० शृंखला खेलेको थियो जहाँ ५ वटै खेलमा पराजित हुँदा चेजको प्रदर्शन पनि राम्रो भएको थिएन । पहिलो खेलमा गरेको प्रदर्शनले दोस्रोमा उक्लिएका उनी त्यसपछि भने खराब प्रदर्शन गरे ।



अलराउण्डर वरियताको शीर्ष स्थानमा हार्दिक पान्ड्या यथावत् छन् । तेस्रोमा अफगानिस्तानका मोहम्मद नाबी छन् भने चौथोमा इंग्ल्याण्डका लियाम लिभिङस्टोन अनि पाँचौंमा वेस्ट इन्डिजका रोमारियो शेपहर्ड छन् । रस्टन चेज नवौं स्थानमा झरेका छन् ।

नेपालले आगामी सेप्टेम्बरमा वेस्ट इन्डिजसँग टी-२०आई शृंखला खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) स्थगित भएको छ । इन्फिनिटी ड्रिम्स प्रालिले मंगलबार सामाजिक सञ्जालमार्फत हालको परिस्थितिमा परिस्थितिमा पीडित परिवार तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै लिग स्थगित गर्ने निर्णय भएको जनाएको छ । यसअघि तेस्रो संस्करणको इडब्लुभीएल आउँदो १५–२४ असोजमा दशरथ रंगशाला कभर्डहलमा आयोजना गर्ने निर्णय गरेको थियो । बुधबार रसुवामा आएको बाढीका कारण उत्पन्न ...
। नेपाल भलिबल लिग (एनभीएल) का लागि कर्णाली शिवराजले दोस्रो विदेशी खेलाडीका रूपमा बेलारुसका आर्टसियोम कुड्रासोउलाई अनुबन्ध गरेको छ । आउटसाइड हिटर पोजिसनमा खेल्ने कुड्रासोउको आगमनसँगै कर्णाली शिवराजको आक्रमण थप बलियो हुने अपेक्षा गरिएको टोलीले जनाएको छ । यसअघि कर्णाली शिवराजले पोल्याण्डका सेटर एमिलियन स्मेटेकलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।
: अर्जेन्टिनाका कप्तान एवं विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीले राष्ट्रिय टिमबाट संन्यास लिने घोषणा गरेका छन्। लामो समयदेखि राष्ट्रिय टिममा बिताएको यात्रापछि मेसीले आफूले अब राष्ट्रिय टिमलाई थप दिन बाँकी नरहेको भन्दै संन्यासको निर्णय सार्वजनिक गरेका हुन्। मेसीले सामाजिक सञ्जालमार्फत भावुक वक्तव्य जारी गर्दै यो निर्णय आफ्ना लागि निकै पीडादायी भए पनि अब समय आएको महसुस गरेको ...
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...