मुख्य समाचार
'प्रचण्ड'ले माओवादी केन्द्रले नेतृत्व गरेका स्थानीय तह कार्यसम्पादनमा अरूभन्दा निकै राम्रो रहेको बताएका छन्
'प्रचण्ड'ले माओवादी केन्द्रले नेतृत्व गरेका स्थानीय तह कार्यसम्पादनमा अरूभन्दा निकै राम्रो रहेको बताएका छन्

: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी केन्द्रले नेतृत्व गरेका स्थानीय तह कार्यसम्पादनमा अरूभन्दा निकै राम्रो रहेको बताएका छन्।


माओवादी केन्द्र समाज कल्याण विभागद्वारा मंगलबार ललितपुरमा आयोजित सामाजिक न्याय, समावेशिता र सामाजिक संघ–संस्थाको भूमिकाबारे अन्तरक्रिया कार्यक्रममा प्रचण्डले पार्टी कुनै हस्तक्षेप नगर्दा पनि आफ्नो पार्टीले नेतृत्व गरेका स्थानीय तह अरूभन्दा निकै राम्रो रहेको बताएका हुन्।


अझै योजनाबद्ध रुपमा अघि बढ्न सके अझै राम्रो गर्न सकिने उनले बताए । प्रचण्डले अहिलेको अपरादर्शी संरचनाका कारण आर्थिक चलखेल हुने गरेको भन्दै त्यसमाथि हस्तक्षेप गरेर इमान्दारीका साथ संस्थाहरूलाई अघि बढाउनुपर्नेमा जोड दिए।


देशको राजनीति र विभिन्न संस्थामा माओवादीको नीतिका साथ हस्तक्षेप गर्न चाहेको प्रचण्डको भनाइ छ । अध्यक्ष प्रचण्डले माओवादी नेता तथा कार्यकर्ताहरू विभिन्न संघसंस्थामा संलग्न भए पनि खुल्न नचाहने प्रवृत्ति परिवर्तन गर्न जरुरी रहेको बताए।

प्रचण्डले सरकारमा हुँदा विभिन्न सामाजिक संघ संस्थाको बजेट सरकारको बजेटसँग समानान्तर जस्तो देखिने समस्या समाधान गर्न पहल लिएको जिकिर गरे। विदेशी दातृ निकायले विभिन्न संस्था मार्फत खर्च गर्ने बजेट नियमन गरी राज्यको लेखाभित्र ल्याउने गरी पहल समेत माओवादीको नेतृत्वको सरकारले गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— माओवादी केन्द्रको पदाधिकारी बैठकले आन्तरिक एकतालाई सुदृढ गर्न स्थायी कमिटी बैठकमा छलफल गर्ने प्रस्ताव तयार गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको बैठकले पार्टीको आन्तरिक एकतामा फरकफरक धारणा सार्वजनिक भएको उल्लेख गर्दै पार्टीमा सुदृढ एकताका लागि स्थायी कमिटीमा छलफल गर्ने भएको हो । माओवादी सचिव लिलामणि पोखरेलका अनुसार साउन १६ गतेदेखि बस्ने ...
— बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ठाकुरबाबा नगरपालिकाबाट एक जना युवकलाई पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ठाकुरबाबा नगरपालिकाबाट २७ वर्षीय युवकलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । पक्राउ परेका युवकले गत वैशाख ३० गते र असार ३२ गते बालिकालाई बलात्कार गरेको आरोप छ । पीडित बालिकाका आफन्तले मंगलबार प्रहरीमा जाहेरी दिएका थिए ...
— जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेसम्मकै सरकारको गलत नीति र योजनाले चूरे विनाश हुँदा मधेश मरुभूमितिर गइरहेको बताएका छन् । बुधबार सप्तरीको राजविराज नगरपालिका–२ मा आयोजना गरिएको जसपा, नेपाल एकताको प्रथम जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । ‘अहिले पुरै मधेश सुक्खा र संकटग्रस्त बनिसकेको छ, अन्नदाता किसान ...
— किर्ते गरी नक्कली कागजात बनाउने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा सहिद लखन गाउँपालिका-१ का ४१ वर्षीय किरण अर्याल र काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका-१२ बस्ने ३८ वर्षीय जितेन्द्र तामाङ छन् । अर्यालले काठमाडौँ महानगरपालिका-३१, शंखमुलमा गज्जबको फोटो कपी एन्ड स्टेसनरी सेन्टरमार्फत किर्ते गरी नक्कली कागजात बनाउने गरेको र ती ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी सुधार, वैदेशिक सम्बन्ध सुदृढीकरण, लगानी प्रवर्द्धन र पूर्वाधार विकास सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा नेपाल आत्मनिर्भरतर्फ अघि बढ्ने विश्वास व्यक्त गरे। उनले प्रभावकारी कूटनीतिमार्फत अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ पार्ने प्रयास भइरहेको उल्लेख गर्दै द्विपक्षीय तथा बहुपक्षीय सहकार्यबाट ...