मुख्य समाचार
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले उपत्यकाबाहिर स्वास्थ्य जनशक्ति पठाउन समस्या भएको गुनासो
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले उपत्यकाबाहिर स्वास्थ्य जनशक्ति पठाउन समस्या भएको गुनासो

: स्वास्थ्यमन्त्री प्रदीप पौडेलले उपत्यकाबाहिर स्वास्थ्य जनशक्ति पठाउन समस्या भएको गुनासो गरेका छन्। मंगलबार ललितपुरमा मन्त्रालयले आयोजना गरेको स्वास्थ्य आपत्तकालीन कार्यसञ्चालन केन्द्रको क्षमता अभिवृद्धि कार्यक्रममा पौडेलले स्वास्थ्यकर्मीहरूलाई उपत्यका बाहिर सरुवा गर्दा रमाना नै नबुझ्ने गरेको गुनासो गरेका हुन् । उपत्यका बाहिर रहेका संघीय,प्रदेशीकलगायतका स्वास्थ्य संस्थाहरूमा आवश्यक पर्ने उपलब्ध गराउन नसकिएको उनले बताए।


मन्त्री पौडेलले अहिले उपत्यकामा आवश्यकताको करिब ७५ प्रतिशत र उपत्यका बाहिर करिब ३३ प्रतिशत मात्रै स्वास्थ्य जनशक्ति रहेको जानकारी दिए। अहिले स्वास्थ्य मन्त्रालयमा जम्मा स्वास्थ्यकर्मीहरूको संख्या २६ सय रहेको र उपत्यका बाहिर आवश्यकताको एक तिहाई जनशक्ति समेत नरहेको उनले बताए।


पौडेलले सबै स्थानमा आवश्यकता अनुसार जनशक्ति राख्न सकिए सोहि स्थानमा हुने बिपद्मा तत्काल स्वास्थ्य सहयोग गर्न सहज हुने धारणा राखे। उनले स्वास्थ्य क्षेत्रमा लगानी निकै कम रहेको समेत बताए । स्वास्थ्य संस्थालाई पूर्ण क्षमतामा सञ्चालन गर्न सकिए संकट व्यवस्थापनमा ठूलो सहयोग पुराउन सकिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न सुरु
केपी शर्मा ओलीले बैठकमा पार्टीको ११ औँ महाधिवेशन आगामी मङ्सिर २७, २८ र २९ गते गर्ने प्रस्ताव
एमाले बैठकमा ५० जनाले राखे धारणा, दिए यस्ता सुझाव
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज, दिउँसो केन्द्रीय समितिको बैठक बस्दै
— कास्कीको मादी गाउँपालिका–११ बरालडाँडाका ७० वर्षीय चित्रबहादुर गुरुङ सुगर–प्रेसरका दीर्घरोगी हुन् । एक्कासि स्वास्थ्य बिग्रेपछि उनी ३ दिनदेखि पोखरा नयाँबजारस्थित गण्डकी मेडिकल कलेज (जीएमसी) को सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत थिए । उनलाई उपचारका लागि मंगलबार पोखराकै अर्को अस्पताल स्थानान्तरण गरिएको छ । जीएमसीका नर्स आन्दोलित भएपछि उनलाई अर्को अस्पताल लगिएको हो । अस्पतालबाट ...