मुख्य समाचार
पर्साको पटेर्वा सुगौली गाउँपालिका-५ मा विवाह गर्नु परे वडा कार्यालयबाट अनुमति लिनुपर्ने
पर्साको पटेर्वा सुगौली गाउँपालिका-५ मा विवाह गर्नु परे वडा कार्यालयबाट अनुमति लिनुपर्ने

: पर्साको पटेर्वा सुगौली गाउँपालिका-५ मा अब कसैले पनि विवाह गर्नु परे वडा कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ।


मंगलबार वडाध्यक्ष विपिन मुखियाको अध्यक्षतामा बसेको वडा कार्यपालिकाको बैठकले वडा कार्यालयबाट अनुमति बेगर कसैले पनि विवाह गरेमा कारबाही गर्ने निर्णय पनि गरेको छ। वडालाई बालविवाह मुक्त बनाउनका लागि यस्तो निर्णय गरिएको वडाध्यक्ष मुखियाले बताए।


उनका अनुसार मंगलबार बसेको बैठकले वडा नम्बर ५ मा कसैले पनि विवाह गर्नुपूर्व वडा कार्यालयबाट अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने निर्णय गरेको हो। यस्तै विवाह गर्नका लागि केटा र केटी दुवैको उमेर २० वर्ष पूरा भएको हुनुपर्ने, वडा कार्यालयको स्वीकृति बेगर तथा २० वर्ष उमेर नपुगी विवाह गरेमा वडा कार्यालयबाट नियमानुसार कारबाही गर्ने निर्णय पनि गरिएको वडाध्यक्ष मुखियाले बताए।


यस्तै बैठकले बालविवाह प्रथा निर्मूल गर्नका लागि वडाको घरघरमा पुगेर जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरिएको वडाध्यक्ष मुखियाले जानकारी दिए। बैठकले गरेको निर्णयमा वडाध्यक्ष मुखियासँगै वडा सदस्यहरू मदन मिश्र, पारस साह कानु, रजमतिया देवी दुसाद र नूरबानो मियाइनले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— माओवादी केन्द्रको पदाधिकारी बैठकले आन्तरिक एकतालाई सुदृढ गर्न स्थायी कमिटी बैठकमा छलफल गर्ने प्रस्ताव तयार गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको बैठकले पार्टीको आन्तरिक एकतामा फरकफरक धारणा सार्वजनिक भएको उल्लेख गर्दै पार्टीमा सुदृढ एकताका लागि स्थायी कमिटीमा छलफल गर्ने भएको हो । माओवादी सचिव लिलामणि पोखरेलका अनुसार साउन १६ गतेदेखि बस्ने ...
— बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ठाकुरबाबा नगरपालिकाबाट एक जना युवकलाई पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ठाकुरबाबा नगरपालिकाबाट २७ वर्षीय युवकलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । पक्राउ परेका युवकले गत वैशाख ३० गते र असार ३२ गते बालिकालाई बलात्कार गरेको आरोप छ । पीडित बालिकाका आफन्तले मंगलबार प्रहरीमा जाहेरी दिएका थिए ...
— जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेसम्मकै सरकारको गलत नीति र योजनाले चूरे विनाश हुँदा मधेश मरुभूमितिर गइरहेको बताएका छन् । बुधबार सप्तरीको राजविराज नगरपालिका–२ मा आयोजना गरिएको जसपा, नेपाल एकताको प्रथम जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । ‘अहिले पुरै मधेश सुक्खा र संकटग्रस्त बनिसकेको छ, अन्नदाता किसान ...
— किर्ते गरी नक्कली कागजात बनाउने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा सहिद लखन गाउँपालिका-१ का ४१ वर्षीय किरण अर्याल र काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका-१२ बस्ने ३८ वर्षीय जितेन्द्र तामाङ छन् । अर्यालले काठमाडौँ महानगरपालिका-३१, शंखमुलमा गज्जबको फोटो कपी एन्ड स्टेसनरी सेन्टरमार्फत किर्ते गरी नक्कली कागजात बनाउने गरेको र ती ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी सुधार, वैदेशिक सम्बन्ध सुदृढीकरण, लगानी प्रवर्द्धन र पूर्वाधार विकास सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा नेपाल आत्मनिर्भरतर्फ अघि बढ्ने विश्वास व्यक्त गरे। उनले प्रभावकारी कूटनीतिमार्फत अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ पार्ने प्रयास भइरहेको उल्लेख गर्दै द्विपक्षीय तथा बहुपक्षीय सहकार्यबाट ...