मुख्य समाचार
युक्रेनमा रुसी हमलामा कम्तीमा २० जनाको मृत्यु र ४० जनाभन्दा बढी घाइते
युक्रेनमा रुसी हमलामा कम्तीमा २० जनाको मृत्यु र ४० जनाभन्दा बढी घाइते

। युक्रेनमा रुसी हमलामा कम्तीमा २० जनाको मृत्यु र ४० जनाभन्दा बढी घाइते भएको क्षेत्रीय अधिकारीहरूले मङ्गलबार बताएका छन् ।
सैन्य प्रशासनका प्रमुख इभान फेडोरोभका अनुसार रूसले जापोरिझिया क्षेत्रमा जेल लक्षित आक्रमण गरेको थियो ।
‘१६ जनाको मृत्यु भएको छ, ३५ जना घाइते भएका छन्, परिसर ध्वस्त भएको र नजिकैका घरहरू क्षतिग्रस्त भएको उल्लेख गर्दै उनले टेलिग्राममा भने ।
क्षेत्रीय सरकारी अधिकारीहरूका अनुसार ड्निप्रोपेट्रोभस्क क्षेत्रमा भएको आक्रमणमा धेरै मानिस मारिनुका साथै र कयौं घाइते भएका छन् ।
काम्यान्स्के सहरमा भएको क्षेप्यास्त्र आक्रमणमा दुई जनाको मृत्यु भएको, पाँच जना घाइते भएको र अस्पताललाई क्षति पुगेको क्षेत्रीय सैन्य प्रशासनका प्रमुख सेर्गी लिसाकले बताए ।
यस क्षेत्रको सिनेनिकिभ्स्की जिल्लामा भएको आक्रमणमा अर्का एक व्यक्तिको मृत्यु भएको र धेरै घाइते भएको पनि उनले जानकारी दिए ।
सोमबार राति भेलिकोमिखायलिभस्कामा भएको छुट्टै आक्रमणमा ७५ वर्षीया महिलाको मृत्यु हुनुका साथै एक ६८ वर्षीय व्यक्ति घाइते भएको र एउटा निजी घर क्षतिग्रस्त भएको उहाँले बताए ।
दक्षिणी रुसमा युक्रेनी ड्रोन हमलामा एक जनाको मृत्यु भएको यस क्षेत्रका कार्यवाहक गभर्नरले मङ्गलबार बताएका छन् ।
सन् २०२२ मा आक्रमण सुरु भएदेखि नै धेरै हदसम्म छुट्याइएका क्षेत्रहरूमा नयाँ प्रगति गरेको रुसको ग्रीष्म आक्रमणलाई हटाउन किएभले प्रयास गरिरहेको छ ।
सप्ताहन्तमा रूसी सेनाले यस क्षेत्रको पहिलो गाउँ कब्जा गरेको केही हप्तापछि आफ्नो सेनाले ड्निप्रोपेट्रोभस्कको ‘मालियेभ्काको बस्ती मुक्त’ गरेको बताएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार मस्कोलाई युक्रेनमा द्वन्द्व अन्त्य गर्न वा कडा प्रतिबन्धको सामना गर्न ‘करिब १० वा १२ दिनको समयसीमा’ जारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम