मुख्य समाचार
‘सितारे जमीन पर’लाई सीधै युट्युबमा रिलिज गर्ने
‘सितारे जमीन पर’लाई सीधै युट्युबमा रिलिज गर्ने

। बलिउड अभिनेता तथा निर्माता आमिर खानले आफ्नो पछिल्लो सुपरहिट फिल्म ‘सितारे जमीन पर’लाई सीधै युट्युबमा रिलिज गर्ने भएका छन् ।

दर्शकले १०० रुपैयाँ भारु (१६० रुपैयाँ नेरु) तिरेर यो फिल्म युट्युबमा हेर्न सक्नेछन् । ‘मूभिज-अन-डिमान्ड’ मोडलमा यो फिल्मलाई रिलिज गर्न लागिएको आमिरलाई उध्दृत गर्दै भेराइटी म्यागजिनले उल्लेख गरेको छ ।




विश्वब्यापी ३० मिलियन डलरको कमाइ गरेको यो फिल्म दर्शकले युट्युबमा भारतसहित ३८ अन्तर्राष्ट्रिय बजारमा हेर्न सक्नेछन् ।

‘लगभग १५ वर्ष पहिले, मैले महसुस गरें कि हाम्रा सबैभन्दा सफल फिल्महरू जस्तै ’थ्री इडियट्स’ वा ’दंगल’, थिएटरमा हेर्ने मानिसको तथ्याङ्क जनसंख्याको लगभग २-३% हो’ खानले भेराइटीलाई भने, ‘त्यसोभए मेरो मनमा आएको अर्को विचार के हो भने, हामी बाँकी ९७-९८% सम्म कसरी पुग्ने ?’



भारतीय मिडियोको परिदृश्यमा देखिएका थुप्रै्र प्राविधिक र व्यवहारिक परिवर्तनको बाबजुद आमिर खानले यो परीक्षण गर्न लागेका हुन् । गत महिना उनले यो फिल्मलाई ओटीटीमा रिलिज नगर्ने बताएका थिए ।

युट्युबमा रिलिज गर्ने उनको यो निर्णयलाई ओटीटीलाई उनको चुनौतीको रुपमा हेरिएको छ ।

खानले डिजिटल भुक्तानी र इन्टरनेटको बढ्दो पहुँच, स्मार्टफोन र स्मार्ट टिभीको प्रसारजस्ता कुराले यो निर्णयलाई व्यवहारिकरुपमा सफल बनाउने बताए ।

‘भारत इलेक्ट्रोनिक भुक्तानीमा नम्बर १ देश हो । लगभग सबैले भुक्तानी गर्न विभिन्न एपहरू प्रयोग गर्छन्’ खानले टिप्पणी गरे, ‘पहिले इन्टरनेट पहुँच त्यति बलियो थिएन । आज, यो धेरै बलियो छ र बलियो हुँदै गइरहेको छ ।’

युट्युब इन्डियाकी कन्ट्री प्रबन्ध निर्देशक गुञ्जन सोनीले आमिरसँग साझेदारीको प्रमुख कारणको रूपमा प्लेटफर्मको व्यापक पहुँच प्रमुख रहेको बताइन् ।

भारत र अन्तर्राष्ट्रिय स्तरमा व्यापक दर्शकसम्म पुग्नको लागि यो फिल्मले प्रमुख भाषाहरूमा सबटाइटल र डबिङ सुविधा प्रदान गर्ने भएको छ । आमिरको आगामी फिल्मको रुपमा सनी देओल र प्रीति जिन्टा अभिनीत “लाहोर १९४७“ र जुनैद खान र साई पल्लवी अभिनीत “एक दिन“ समावेश छन् ।

यी दुबै उनको आमिर खान प्रोडक्सनको ब्यानर अन्तर्गत बन्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्था समितिले चलचित्र विधेयक पारित गरेको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकले चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गदै पारित गरेको हो । चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन मंगलबार बस्ने राष्ट्रियसभा बैठकमा पेश गर्ने कार्यसूची रहेको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले स्वदेशी चलचित्रको विकास, विस्तार र प्रवर्द्धन हुनेगरी सो सम्बन्धी कानुन परिमार्जन गर्न लागिएको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री सिन्हाले चलचित्र सम्बन्धि प्रचलित कानुनलाई परिमार्जनका लागि सांसदहरूले गरेका विमर्शले सिंगै देशको चाहनालाई प्रतिबिम्बित ...
— साहसिक जलयात्राका लागि विश्वकै उत्कृष्ट नदीनालामध्ये सातौं स्थानमा सूचीकृत भोटेकोशी र सुनकोशी नदी क्षेत्रमा हिउँदयाममै पर्यटकको चहलपहल लागेको छ। सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिं थापाकाअनुसार यहाँ कठ्याग्रिदो चिसोका बाबजुद नदीमा र्‍याफ्टिङ गर्ने आन्तरिक तथा विदेशी पर्यटक तानिएका छन् । बिहानदेखि नदीको छालसँग लुकामारी खेल्दै अघि बढ्ने र्‍याफबोट र साँझ अरनिको राजमार्गसँगै देखिने टेन्ट ...
। ‘धुरन्धर’ का फ्यानका लागि खुसीको खबर छ ! यो फिल्मको दोस्रो भागको टिजर छिट्टै सार्वजनिक गरिने भएको छ । यससँगै फिल्मको शीर्षक पनि तय भएको बलिउड संचारमाध्यमले जनाएका छन् । सोमबार ‘धुरन्धर २’ को टिजर सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसनमा पठाइएको थियो । यो टिजर १ मिनेटभन्दा लामो छ । बलिउड हंगामाको रिपोर्ट अनुसार, फिल्मको ...
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम