मुख्य समाचार
अमेरिकाको दुई फरक फरक क्षेत्रमा भएका गोलीबारीमा कम्तिमा पाँच जनाको मृत्यु
अमेरिकाको दुई फरक फरक क्षेत्रमा भएका गोलीबारीमा कम्तिमा पाँच जनाको मृत्यु

— सोमबार अमेरिकाको दुई फरक फरक क्षेत्रमा भएका गोलीबारीमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ ।


न्युयोर्क शहरको म्यानहट्टनमा गोलाबारीमा दुई जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एपीका अनुसार म्यानहट्टनको कार्यालय भवनमा गोलाबारी गर्ने बन्धुकधारी पनि मारिएका छन् ।

न्युयोर्क सिटीका मेयर एरिक एडम्सले सामाजिक सञ्जालमा पोस्ट गर्दै मिडटायनमा एक सक्रिय सुटरविरुद्ध जाँच चलिरहेको बताएका छन् । उक्त क्षेत्रमा रहेका मानिसहरुलाई घरभित्रै बसेर सुरक्षा सावधानी अपनाउन अनुरोध गरिएको छ ।

यस्तै सोमबार नै नवाडामा एक क्यासिनो बाहिर भएको गोलाबारीमा कम्तिमा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । न्युयोर्क पोस्टको रिपोर्ट अनुसार यो घटना बिहान करिब ७ बजेर २५ मिनेटमा रेनो शहरको ग्रान्ड सिएरा रिसोर्टको वालेट पार्किङ क्षेत्रमा भएको हो ।

प्रहरीले सन्दिग्धलाई हिरासतमा लिएको छ । घटनामा दुई जना प्रहरी पनि गोली लागेर घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...
। करोना संक्रमण फैलिएको बेला बन्द गरिएको नाका अहिलेसम्म नखोलिएको भन्दै रौतहटका एक व्यक्ति आमरण अनशन बसेका छन् । रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय खुलाउन सिमाना संघर्ष समितिका अध्यक्ष तजमुल हक (पूर्व शिक्षक) आइतबार दिउँसो ३ बजेदेखि आमरण अनशन बसेका हुन् । कोरोना संक्रमण अघिसम्म खुल्ला रहेको रामपुर खाप सीमाबाट चारपांग्रे सवारी साधन ...
काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने
। चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीहरूको लागि अभूतपूर्व सहयोग पुर्‍याइरहेको छ । यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् । कुल सात हजार ८२४ खेलाडीहरू ३४ टिमबाट सहभागी भएका छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो ...
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...