मुख्य समाचार
१५ प्रतिशत कर लगाइने गरी संयुक्त राज्य अमेरिका र युरोपेली संघ (ईयू) बीच व्यापार सम्झौता
१५ प्रतिशत कर लगाइने गरी संयुक्त राज्य अमेरिका र युरोपेली संघ (ईयू) बीच व्यापार सम्झौता

— ईयूको निर्यातमा १५ प्रतिशत कर लगाइने गरी आइतबार संयुक्त राज्य अमेरिका र युरोपेली संघ (ईयू) बीच व्यापार सम्झौता भएको छ । यो सम्झौता ट्रान्सएट्लान्टिक भन्सार शुल्क विवादलाई समाधान गर्न गरिएको हो । यसअघि उक्त भन्सार विवादका कारण अमेरिका र ईयूबीच व्यापारिक युद्ध हुन सक्ने जोखिम देखिएको थियो ।


स्कटल्यान्डस्थित आफ्नै गल्फ रिसोर्टमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनसँग उच्चस्तरीय बैठकमा उक्त सम्झौता गरेपछि त्यसलाई सबैभन्दा ठूलो उपलब्धि भनी टिप्पणी गरेका थिए । युरोपेली सामानमा ३० प्रतिशत अमेरिकी करबाट बच्नका लागि अगस्ट १ को समयसीमा अगावै नेताहरूले करिब एक घण्टामा सम्झौता गरेका थिए ।

‘हामीले सम्झौता गरेका छौं, यो सबैका लागि राम्रो हो । यो सायद कुनै पनि क्षेत्रमा गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो सम्झौता हो,’ ट्रम्पले भने । ट्रम्पका अनुसार १५ प्रतिशतको आधारभूत कर युरोपको महत्त्वपूर्ण अटोमोबाइल क्षेत्र, फर्मास्युटिकल्स र सेमीकन्डक्टरसहित सबैतिर लागू हुनेछ । ट्रम्पले सम्झौताको एक हिस्साका रूपमा २७ सदस्य राष्ट्र रहेको ईयूले संयुक्त राज्य अमेरिकाबाट ‘७ खर्ब ५० अर्ब डलर मूल्यको ऊर्जा’ खरिद गर्न सहमत भएको र ६ खर्ब डलर थप लगानी गर्न सहमत भएको बताए ।

भोन डेर लेयनले रुसी स्रोतहरूबाट टाढा विविधीकरण गर्ने ब्लकको प्रयासको एक भागका रूपमा अमेरिकी तरलीकृत प्राकृतिक ग्यास, तेल र आणविक इन्धनको ‘महत्त्वपूर्ण’ खरिद तीन वर्षमा हुने बताए । ईयूका २७ देशका तर्फबाट वार्ता गर्दै भोन डेर लेयनले सामान र सेवाहरूमा वार्षिक १९ खर्ब डलरको व्यापारिक सम्बन्ध बचाउन कडा प्रयास गरिरहेको थियो । ‘यो राम्रो सम्झौता हो,’ ईयू प्रमुखले पत्रकारसँग भनिन्, ‘यसले स्थिरता ल्याउनेछ, एट्लान्टिकको दुवै किनाराका हाम्रा व्यवसायका लागि यो धेरै महत्त्वपूर्ण छ ।’ उनले विशेष गरी विमान, केही रसायन, कृषि उत्पादन जस्ता रणनीतिक उत्पादनहरू र महत्त्वपूर्ण कच्चा मालमा द्विपक्षीय भन्सार शुल्क छुटमा सहमति भएको बताइन् ।

ट्रम्प दोस्रो कार्यकालका लागि गत जनवरीमा ह्वाइट हाउस छिरेपछि अमेरिका र ईयूबीच भन्सार शुल्कमा निकै धेरै गलफत्ती चलेको थियो । अझै पनि अमेरिकाले ईयू राष्ट्रबाट आउने कारहरूमा २५ प्रतिशत, स्टिल र एल्युमिनियममा ५० प्रतिशत र सम्पूर्ण वस्तुहरूमा १० प्रतिशत भन्सार शुल्क तोकेको छ । जबकि वासिङ्टनले यसलाई बढाएर ३० प्रतिशतसम्म पुर्‍याउने धम्की दिएपछि ईयू अमेरिकासँग भन्सार शुल्कका बारेमा वार्ता गर्न बाध्य भएको हो । ईयूले विमानदेखि मदिरासम्मका महत्त्वपूर्ण उद्योगहरूका लागि भन्सार शुल्क छुटको माग गरिरहेको थियो भने फ्रान्स र जर्मनीका कार, मोटरमा लगाइएको चर्को भन्सारका कारण पहिले नै पीडित थिए ।

‘१५ प्रतिशत करलाई कम आकलन गर्नु हुँदैन, तर यो हामीले प्राप्त गर्न सक्ने सबैभन्दा राम्रो हो,’ भोन डेर लेयनले भनेकी छन् । अमेरिकासँगको उक्त सम्झौतालाई ईयू सदस्य राष्ट्रहरूद्वारा अनुमोदन गरेपछि नयाँ कर लागू हुनेछ । जर्मन चान्सलर फ्रेडरिक मर्जले यस सम्झौताको तत्काल प्रशंसा गर्दै यसले ‘ट्रान्सएट्लान्टिक व्यापार सम्बन्धमा अनावश्यक वृद्धि’ हुनबाट जोगाएको बताए । तर जर्मन निर्यातकर्ताहरू भने अझै पनि कम उत्साहित देखिएका छन् । औद्योगिक समूहहरूको शक्तिशाली बीडीआई महासंघले उक्त सम्झौताले ‘पर्याप्त मात्रामा नकारात्मक परिणामहरू’ ल्याउने बताएको छ ।

संयुक्त राज्य अमेरिकाका लागि ईयूको शीर्ष निर्यातकर्ताहरूमध्ये एक आयरल्यान्डले सम्झौताको स्वागत गरेको छ, तर यसको विदेश मामिला र व्यापार विभागको एक बयानमा भने आधारभूत करप्रति ‘खेद’ व्यक्त गरेको छ । ईयूले स्टिलमा सम्झौताका लागि दबाब दिएको थियो जसले भन्सार शुल्क लागू हुनुअघि संयुक्त राज्य अमेरिकामा निश्चित कोटा प्रवेश गर्न दिन सक्छ । स्टिल ‘जस्तो छ त्यस्तै रहनेछ’ भन्दै ट्रम्पले यसलाई अस्वीकार गरेका थिए, तर ईयू प्रमुखले स्टिलका लागि पछि ‘भन्सार शुल्क कटौती गरिनेछ र कोटा प्रणाली स्थापना गरिनेछ’ भनी जोड दिएकी थिइन् ।




यदि स्कटल्यान्ड वार्ता असफल भएको भए ईयूका सदस्य राष्ट्रहरूले अगस्ट ७ देखि विमान र कारहरूसहित १ खर्ब ९ अर्ब डलर (९३ अर्ब युरो) का अमेरिकी वस्तुहरूमा प्रति–भन्सार शुल्क लगाउन अनुमति दिएको थियो । उता, ट्रम्पले पनि अगस्ट १ सम्ममा वासिङ्टनसँग सम्झौता नगरे ईयू राष्ट्रसहित अन्य दर्जनौं देशलाई दण्डात्मक भन्सार शुल्क लगाउने धम्की दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम