मुख्य समाचार
कंगोमा ‘एलाइड डेमोर्क्याटिक फोर्स’ (एडीएफ) का विद्रोहीले गरेको हमलामा परी कम्तीमा ४३ जनाको मृत्यु
कंगोमा ‘एलाइड डेमोर्क्याटिक फोर्स’ (एडीएफ) का विद्रोहीले गरेको हमलामा परी कम्तीमा ४३ जनाको मृत्यु

— उत्तरपूर्वी कंगोमा ‘एलाइड डेमोर्क्याटिक फोर्स’ (एडीएफ) का विद्रोहीले आइतबार गरेको हमलामा परी कम्तीमा ४३ जनाको मृत्यु भएको कंगो सेनाले जनाएको छ ।


कंगोमा तैनाथ संयुक्त राष्ट्रसंघीय शान्ति अभियानका अनुसार ९ जना बालबालिकाको ज्यान गएको छ । इस्लामिक स्टेटप्रति समर्पित एडीएफले कोमान्डा सहरको क्याथोलिक चर्चमा प्रार्थनाका लागि भेला भएकामाथि हमला गरेको स्थानीयले जनाएका छन् ।

प्रार्थना स्थललक्षित उक्त हमला मानव अधिकार र अन्तर्राष्ट्रिय मानवीय कानुनको मापदण्डविपरीत भएको शान्ति अभियानका उपप्रमुख भिभियन भ्यान डे पेरेले बताए । कंगोको सेनाले भने हमलालाई ‘नरसंहार’ को संज्ञा दिँदै त्यसको निन्दा गरेको छ । ‘करिब ४३ जना मारिनुका साथै अन्य धेरै जना गम्भीर रूपमा घाइते भएका छन्,’ कंगो सेनाले जनाएको छ । एडीएफले भने ‘आतंक फैलाउने समूहमाथि’ बदला लिएको बताएको छ ।

युगान्डाको सिमानामा रहेको इटुरी क्षेत्रमा महिनौँको शान्तिपूर्ण वातावरणपछि पुनः रक्तपात भएको हो । यसअघि एडीएफले नै मम्बासा क्षेत्रमा गत फेब्रुअरीमा गरेको हमलामा पनि २३ जनाको मृत्यु भएको थियो । इरुमु क्षेत्रको कोमान्डा सहर सोपो, उत्तरी किवु र मनिमालाई जोड्ने तीन अन्य प्रान्तहरूको पनि व्यापारिक केन्द्र हो ।

युगान्डाको विद्रोही समूह एडीएफले उत्तरपूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगोमा हजारौं सर्वसाधारणको हत्या र लुटपाट गर्दै आएको छ । २०२१ को अन्त्यमा, कम्पाला र किन्सासाले एडीएफविरुद्ध ‘सुजा’ भनिने संयुक्त सैन्य कारबाही गरेपछि सुरु भएको विद्रोह अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । कंगोली सेनाले एडीएफसँग बदला लिने प्रतिबद्धता व्यक्त गर्दै जनतालाई सतर्क रहन र कुनै पनि शंकास्पद व्यक्तिहरू फेला परेमा रिपोर्ट गर्न आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...
। करोना संक्रमण फैलिएको बेला बन्द गरिएको नाका अहिलेसम्म नखोलिएको भन्दै रौतहटका एक व्यक्ति आमरण अनशन बसेका छन् । रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय खुलाउन सिमाना संघर्ष समितिका अध्यक्ष तजमुल हक (पूर्व शिक्षक) आइतबार दिउँसो ३ बजेदेखि आमरण अनशन बसेका हुन् । कोरोना संक्रमण अघिसम्म खुल्ला रहेको रामपुर खाप सीमाबाट चारपांग्रे सवारी साधन ...
काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने
। चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीहरूको लागि अभूतपूर्व सहयोग पुर्‍याइरहेको छ । यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् । कुल सात हजार ८२४ खेलाडीहरू ३४ टिमबाट सहभागी भएका छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो ...
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...