मुख्य समाचार
विश्वभरका लागि कर नीति ल्याइरहँदा संयुक्त राज्य अमेरिका र चीनका उच्च आर्थिक अधिकारीहरूबीच वार्ता
विश्वभरका लागि कर नीति ल्याइरहँदा संयुक्त राज्य अमेरिका र चीनका उच्च आर्थिक अधिकारीहरूबीच वार्ता

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अगस्ट १ देखि लागू गर्ने गरी विश्वभरका लागि कर नीति ल्याइरहँदा संयुक्त राज्य अमेरिका र चीनका उच्च आर्थिक अधिकारीहरूबीच यसबारेमा सोमबार वार्ता भएको छ ।


विश्वका शीर्ष दुई अर्थतन्त्र भएका मुलुकबीच स्विडेनको राजधानी स्टकहोममा हुने वार्ता दुई दिनसम्म चल्ने बताइएको छ । सोमबार मात्रै ईयूसँग नयाँ सम्झौता गरेको अमेरिकासँग अन्य देशहरू पनि कर सम्झौतालाई अन्तिम रूप दिन हतारिएका छन् । अमेरिकाले यसअघि नै अगस्ट १ अघि सम्झौताका लागि वार्तामा नआएको खण्डमा नयाँ र चर्को भन्सार दर लागू गर्ने बताएकाले पनि दर्जनौं व्यापारिक साझेदारहरूका लागि आगामी दिनहरूमा सफल सम्झौताले निकै अर्थ राख्ने देखिएको हो ।

ब्राजिल र भारतजस्ता साझेदारलाई समेत अमेरिकामा आयात हुने कर दरमा १० प्रतिशतको ‘आधारभूत’ दरबाट ५० प्रतिशतसम्म कर बढ्ने सम्भावना छ । येल विश्वविद्यालयको बजेट ल्याब रिसर्च सेन्टरको तथ्यांकअनुसार ट्रम्प प्रशासनले लगाएको करले अमेरिकी आयातमा सन् १९३० को दशकयता कहिल्यै नदेखिएको स्तरमा कर वृद्धि गरिसकेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टसहितको प्रतिनिधिमण्डलले स्विडेनमा उपप्रधानमन्त्री हे लिफेङको नेतृत्वमा रहेको चिनियाँ टोलीसँग भेट्दा सबैका आँखा वासिङ्टन र बेइजिङबीचको वार्तामा केन्द्रित हुने देखिएको छ ।

अप्रिलमा दुवै देशले एकअर्काका उत्पादनमा एकपछि अर्को गर्दै तीन अंकसम्मको कर वृद्धि गरेपछि भन्सार युद्ध चर्कने अनुमान गरिएको थियो । तर पछि अमेरिकाले अस्थायी रूपमा ३० प्रतिशतसम्ममा कर झारेपछि चीनले पनि प्रतीकारात्मक रूपमा १० प्रतिशतमा झारेको थियो । तर गत मे महिनामा जेनेभामा भएको वार्तापछि सुरु भएको ९० दिने युद्धविरामको समयावधि अगस्ट १२ मा सकिँदै छ । जेनेभा बैठकपछि दुवै पक्षले असहमति सुल्झाउन लन्डनमा बैठक गरेका थिए ।

‘मिनर्भा टेक्नोलोजी फ्युचर्स’का रणनीति प्रमुख एमिली बेन्सनले भने, ‘विशेषगरी लन्डनवार्तापछि चीनबारे अमेरिकी प्रशासनको सोचमा निकै महत्त्वपूर्ण परिवर्तन आएको देखिन्छ ।’ उनले सम्भव भएसम्म सम्बन्धलाई न्यानो बनाउने र तनाव बढाउन सक्ने कुनै पनि कारकलाई नियन्त्रण गर्ने कुरामा बढी केन्द्रित रहेको बताए । चीनसँगको वार्ताबाट कुनै ठोस सहमति नभए पनि केही दुर्लभ खनिज र सेमीकन्डक्टर प्रवाह पुनः सुरु गर्न दुवै देश सहमत भएको अर्थमन्त्री बेन्सन्टले बताएका छन् ।

बेन्सनले ९० दिनको करवृद्धि स्थगनमा विस्तार गर्नेतर्फ ठोस परिणाम आउने संकेत पनि गरेका छन् । साउथ चाइना मर्निङ पोस्टले दुवै पक्षका स्रोतलाई उद्धृत गर्दै वासिङ्टन र बेइजिङले थप ९० दिनका लागि कर वृद्धि रोक्ने सहमति गर्ने अपेक्षा गरिएको जनाएको छ । ट्रम्पले ईयू, बेलायत, भियतनाम, जापान, इन्डोनेसिया र फिलिपिन्ससँग भने सम्झौता भइसकेको घोषणा गरेका छन् । ‘सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज’का सदस्य थिबल्ट डेनामिएलले भने, ‘अमेरिका र चीनबीच कर सम्झौताका बारेमा पुनः वार्ता हुनुले दुवै पक्ष समस्या समाधानका लागि गम्भीर रहेको देखाउँछ ।’

अमेरिका–चीन व्यापार परिषद्का अध्यक्ष सिन स्टेनले भने स्टक बजारले स्टकहोम वार्ताबाट ठूलो प्रतिफलको अपेक्षा नगरेको बताएका छन् । भने, ‘व्यापारिक समुदाय अहिलेको आर्थिक अधिकारीबीचको वार्ताबाट भन्दा पनि यस वर्षको अन्त्यमा बेइजिङमा दुई राष्ट्रपतिबीच हुने भेटवार्ता निकास निस्कनेमा बढी आशावादी छ ।’ उनले अन्तिम निर्णय राष्ट्रपतिस्तरीय वार्ताले मात्रै दिन सक्नेमा दुई मत नरहेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार जना महिला र दुई जना पुरुषको मृत्यु भएको हो । मृतक सबै उक्त कल्याण केन्द्रका कर्मचारी रहेका बीबीसीले जनाएको छ । घटना हुँदा ...
: इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका ...
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...