मुख्य समाचार
विश्वभरका लागि कर नीति ल्याइरहँदा संयुक्त राज्य अमेरिका र चीनका उच्च आर्थिक अधिकारीहरूबीच वार्ता
विश्वभरका लागि कर नीति ल्याइरहँदा संयुक्त राज्य अमेरिका र चीनका उच्च आर्थिक अधिकारीहरूबीच वार्ता

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अगस्ट १ देखि लागू गर्ने गरी विश्वभरका लागि कर नीति ल्याइरहँदा संयुक्त राज्य अमेरिका र चीनका उच्च आर्थिक अधिकारीहरूबीच यसबारेमा सोमबार वार्ता भएको छ ।


विश्वका शीर्ष दुई अर्थतन्त्र भएका मुलुकबीच स्विडेनको राजधानी स्टकहोममा हुने वार्ता दुई दिनसम्म चल्ने बताइएको छ । सोमबार मात्रै ईयूसँग नयाँ सम्झौता गरेको अमेरिकासँग अन्य देशहरू पनि कर सम्झौतालाई अन्तिम रूप दिन हतारिएका छन् । अमेरिकाले यसअघि नै अगस्ट १ अघि सम्झौताका लागि वार्तामा नआएको खण्डमा नयाँ र चर्को भन्सार दर लागू गर्ने बताएकाले पनि दर्जनौं व्यापारिक साझेदारहरूका लागि आगामी दिनहरूमा सफल सम्झौताले निकै अर्थ राख्ने देखिएको हो ।

ब्राजिल र भारतजस्ता साझेदारलाई समेत अमेरिकामा आयात हुने कर दरमा १० प्रतिशतको ‘आधारभूत’ दरबाट ५० प्रतिशतसम्म कर बढ्ने सम्भावना छ । येल विश्वविद्यालयको बजेट ल्याब रिसर्च सेन्टरको तथ्यांकअनुसार ट्रम्प प्रशासनले लगाएको करले अमेरिकी आयातमा सन् १९३० को दशकयता कहिल्यै नदेखिएको स्तरमा कर वृद्धि गरिसकेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टसहितको प्रतिनिधिमण्डलले स्विडेनमा उपप्रधानमन्त्री हे लिफेङको नेतृत्वमा रहेको चिनियाँ टोलीसँग भेट्दा सबैका आँखा वासिङ्टन र बेइजिङबीचको वार्तामा केन्द्रित हुने देखिएको छ ।

अप्रिलमा दुवै देशले एकअर्काका उत्पादनमा एकपछि अर्को गर्दै तीन अंकसम्मको कर वृद्धि गरेपछि भन्सार युद्ध चर्कने अनुमान गरिएको थियो । तर पछि अमेरिकाले अस्थायी रूपमा ३० प्रतिशतसम्ममा कर झारेपछि चीनले पनि प्रतीकारात्मक रूपमा १० प्रतिशतमा झारेको थियो । तर गत मे महिनामा जेनेभामा भएको वार्तापछि सुरु भएको ९० दिने युद्धविरामको समयावधि अगस्ट १२ मा सकिँदै छ । जेनेभा बैठकपछि दुवै पक्षले असहमति सुल्झाउन लन्डनमा बैठक गरेका थिए ।

‘मिनर्भा टेक्नोलोजी फ्युचर्स’का रणनीति प्रमुख एमिली बेन्सनले भने, ‘विशेषगरी लन्डनवार्तापछि चीनबारे अमेरिकी प्रशासनको सोचमा निकै महत्त्वपूर्ण परिवर्तन आएको देखिन्छ ।’ उनले सम्भव भएसम्म सम्बन्धलाई न्यानो बनाउने र तनाव बढाउन सक्ने कुनै पनि कारकलाई नियन्त्रण गर्ने कुरामा बढी केन्द्रित रहेको बताए । चीनसँगको वार्ताबाट कुनै ठोस सहमति नभए पनि केही दुर्लभ खनिज र सेमीकन्डक्टर प्रवाह पुनः सुरु गर्न दुवै देश सहमत भएको अर्थमन्त्री बेन्सन्टले बताएका छन् ।

बेन्सनले ९० दिनको करवृद्धि स्थगनमा विस्तार गर्नेतर्फ ठोस परिणाम आउने संकेत पनि गरेका छन् । साउथ चाइना मर्निङ पोस्टले दुवै पक्षका स्रोतलाई उद्धृत गर्दै वासिङ्टन र बेइजिङले थप ९० दिनका लागि कर वृद्धि रोक्ने सहमति गर्ने अपेक्षा गरिएको जनाएको छ । ट्रम्पले ईयू, बेलायत, भियतनाम, जापान, इन्डोनेसिया र फिलिपिन्ससँग भने सम्झौता भइसकेको घोषणा गरेका छन् । ‘सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज’का सदस्य थिबल्ट डेनामिएलले भने, ‘अमेरिका र चीनबीच कर सम्झौताका बारेमा पुनः वार्ता हुनुले दुवै पक्ष समस्या समाधानका लागि गम्भीर रहेको देखाउँछ ।’

अमेरिका–चीन व्यापार परिषद्का अध्यक्ष सिन स्टेनले भने स्टक बजारले स्टकहोम वार्ताबाट ठूलो प्रतिफलको अपेक्षा नगरेको बताएका छन् । भने, ‘व्यापारिक समुदाय अहिलेको आर्थिक अधिकारीबीचको वार्ताबाट भन्दा पनि यस वर्षको अन्त्यमा बेइजिङमा दुई राष्ट्रपतिबीच हुने भेटवार्ता निकास निस्कनेमा बढी आशावादी छ ।’ उनले अन्तिम निर्णय राष्ट्रपतिस्तरीय वार्ताले मात्रै दिन सक्नेमा दुई मत नरहेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...
। करोना संक्रमण फैलिएको बेला बन्द गरिएको नाका अहिलेसम्म नखोलिएको भन्दै रौतहटका एक व्यक्ति आमरण अनशन बसेका छन् । रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय खुलाउन सिमाना संघर्ष समितिका अध्यक्ष तजमुल हक (पूर्व शिक्षक) आइतबार दिउँसो ३ बजेदेखि आमरण अनशन बसेका हुन् । कोरोना संक्रमण अघिसम्म खुल्ला रहेको रामपुर खाप सीमाबाट चारपांग्रे सवारी साधन ...
काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने
। चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीहरूको लागि अभूतपूर्व सहयोग पुर्‍याइरहेको छ । यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् । कुल सात हजार ८२४ खेलाडीहरू ३४ टिमबाट सहभागी भएका छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो ...
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...