मुख्य समाचार
कम्बोडिया र थाइल्याण्ड बिना शर्त युद्धविराम गर्न सहमत
कम्बोडिया र थाइल्याण्ड बिना शर्त युद्धविराम गर्न सहमत

: कम्बोडिया र थाइल्याण्ड बिना शर्त युद्धविराम गर्न सहमत भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शत्रुता जारी रहे व्यापार वार्ता पुनः सुरु नगर्ने चेतावनी दिएपछि दुई पक्ष युद्धविराम गर्न सहमत भएका हुन्।


मलेसियाका नेता अनवर इब्राहिमले कम्बोडियाका प्रधानमन्त्री हुन मानेट र थाई कार्यवाहक नेता फुम्थम वेचायचाईले तत्काल युद्धविरामका लागि इच्छा व्यक्त गरेको बताए।



नेता अनवरले थाइल्याण्ड र कम्बोडियामा मध्यरातदेखि लागू हुनेगरी तत्काल र बिना शर्त युद्धविराम हुने बताए। उनले भने,‘यो तनाव कम गर्ने र शान्ति र सुरक्षाको पुनर्स्थापनाका लागि एक महत्त्वपूर्ण पहिलो कदम हो।’


कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले बैठक राम्रो भएको भन्दै तुरुन्तै लडाईं रोक्ने आशा व्यक्त गरे। द्वन्द्वबाट दुवै पक्षका तीन लाख मानिस विस्थापित भएको उनले बताए।

प्रधानमन्त्री मानेटले मध्यस्थतामा संलग्न भएकोमा अनवर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ सरकारलाई धन्यवाद दिए।
उनले वार्तामा रचनात्मक संलग्नताका लागि आफ्ना थाई समकक्षी फुमथम वेचायचाईलाई पनि धन्यवाद दिए।

युद्धविराम लागू भएपछि दुवै देशका सैन्य कमाण्डरहरूले अनौपचारिक बैठक गर्ने अनवरले बताए।

कार्यवाहक थाई प्रधानमन्त्री फुम्थम वेचायचाईले युद्धविरामबारे आफ्नो देशले सद्भावनाका साथ वार्ता गरेको बताए। उनले थाईल्याण्ड शान्तिप्रति प्रतिबद्ध रहेको बताए।

मलेसियाको मध्यस्थता थाइल्याण्ड–कम्बोडियाबीच वार्ता भएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम