मुख्य समाचार
दशौं राष्ट्रिय खेलकुद आयोजनाका लागि सरोकारवालासँग प्रधानमन्त्रीको छलफल
दशौं राष्ट्रिय खेलकुद आयोजनाका लागि सरोकारवालासँग प्रधानमन्त्रीको छलफल

। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्ने तयारीका लागि प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय छलफल भएको छ।

आइतबार भएको छलफलमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, मन्त्रालयका पदाधिकारी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का प्रतिनिधि र २२ वटा खेल संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।




प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जापानमा हुने एसियन खेलकुद प्रतियोगिताअघि नै दशौं राष्ट्रिय खेलकुद सम्पन्न गरिनुपर्नेमा जोड दिँदै, तयारीका सबै पक्षलाई गम्भीर रूपमा अघि बढाउन निर्देशन दिएका छन्।

छलफलमा प्रधानमन्त्रीले मिति घोषणा गर्नुअघि सम्भावित स्थान र सम्पूर्ण तयारीको विस्तृत अध्ययन गर्न निर्देशन दिँदै, खेलकुद मन्त्रालय र खेलकुद परिषदबीच समन्वयात्मक काम हुनु आवश्यक रहेको बताएका थिए।


कार्यक्रममा सहभागीहरूले प्रतियोगिता भव्य र सफल बनाउन सबै सरोकारवालाबीच समन्वय, तयारी र बजेट व्यवस्थापनमा तत्काल ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका थिए।

१०औं राष्ट्रिय खेलकुद अघिल्लो मंसिरमा आयोजना हुने भनिएपनि चैतका लागि सरेको थियो भने त्यसपछि फेरि जेठका लागि सरेपनि हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...