मुख्य समाचार
चीन सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी विश्वव्यापी सहकार्य संगठन स्थापना गर्ने प्रस्ताव
चीन सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी विश्वव्यापी सहकार्य संगठन स्थापना गर्ने प्रस्ताव

— चीन सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी विश्वव्यापी सहकार्य संगठन स्थापना गर्ने प्रस्ताव अघि सारेको छ । यस संगठनको मुख्यालय साङ्घाइमा राख्ने योजना रहेको चीनको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।


यसमार्फत विशेषगरी ग्लोबल साउथ भनिने विकासोन्मुख देशहरूलाई एआईमा चीनले गरेका प्रगतिसँगै एआईसम्बन्धी उत्पादन साझा गर्ने उद्देश्य राखिएको छ ।

द्रुत गतिमा विस्तार भइरहेको एआई प्रविधिको नियमनमा सघाउनुका साथै चीनले हासिल गरेका प्रगतिहरूमा सहकार्य गर्न यस्तो विश्वव्यापी संगठन खोल्ने योजना रहेको चिनियाँ प्रधानमन्त्री ली जिआङले बताएका छन् । उनले साङ्घाइमा जारी ‘वर्ल्ड आर्टिफिसियल इन्टेलिजेन्स कन्फरेन्स २०२५’ मा यस्तो प्रस्ताव अघि सारेका हुन् ।

संगठनको उद्देश्य डिजिटल डिभाइड घटाउँदै समावेशी विकासका लागि ‘एआई फर गुड’ अवधारणालाई अघि बढाउनु हो । यसले विकासोन्मुख देशहरूले गरेको आह्वानलाई सम्बोधन गर्ने चीनले ठानेको छ ।

प्रधानमन्त्री जिआङले विश्व एआई सम्मेलन र विश्वव्यापी एआई सुशासन उच्चस्तरीय बैठकको उद्घाटन समारोहमा बोल्दै एआईको साझा शासनमा अन्तर्राष्ट्रिय समुदायले विशेष ध्यान दिनुपर्ने बताएका थिए ।

उनले एआई विकास र प्रयोगका लागि व्यापक सहमतिमा आधारित साझा नियम र संरचना बनाउन आवश्यक रहेको औँल्याए । चीनले एआईसम्बन्धी बहुपक्षीय र द्विपक्षीय सहकार्यलाई निरन्तर प्रवर्द्धन गरिरहेको उनको दाबी थियो ।

समाचार संस्था सिन्ह्वाका अनुसार, संगठनले अन्तर्राष्ट्रिय सहकार्यलाई मजबुत बनाउनेछ । एआई र उन्नत प्रविधि क्षेत्रका माग र आपूर्ति श्रृंखलालाई जोड्ने प्लेटफर्मका रूपमा यस संगठनले काम गर्ने भनिएको छ । चीनले नीति निर्माण, प्रविधि विस्तार तथा सुशासनका मापदण्ड निर्माणमा विभिन्न देशसँग समन्वय बढाउने दाबी गरिएको छ ।




गत साता अमेरिकाले पनि एआई ब्लुप्रिन्ट सार्वजनिक गर्दै अमेरिकी एआई निर्यात बढाएर यस महत्वपूर्ण प्रविधिमा अमेरिकाको प्रभुत्व कायम राख्ने उद्देश्य उजागर गरेको थियो । रोयटर्सका अनुसार चिनियाँ प्रधानमन्त्री जिआङले अमेरिका भनेर स्पष्ट उल्लेख नगरे पनि चीनको एआई विस्तारमा वासिङ्टनले बाधा पुर्‍याउने प्रयास गरेको आशय प्रकट गरेका थिए । ‘एआई केही देश र कम्पनीहरूको एकाधिकार बन्ने खतरा छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...
। करोना संक्रमण फैलिएको बेला बन्द गरिएको नाका अहिलेसम्म नखोलिएको भन्दै रौतहटका एक व्यक्ति आमरण अनशन बसेका छन् । रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय खुलाउन सिमाना संघर्ष समितिका अध्यक्ष तजमुल हक (पूर्व शिक्षक) आइतबार दिउँसो ३ बजेदेखि आमरण अनशन बसेका हुन् । कोरोना संक्रमण अघिसम्म खुल्ला रहेको रामपुर खाप सीमाबाट चारपांग्रे सवारी साधन ...
काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने
। चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीहरूको लागि अभूतपूर्व सहयोग पुर्‍याइरहेको छ । यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् । कुल सात हजार ८२४ खेलाडीहरू ३४ टिमबाट सहभागी भएका छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो ...
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...