मुख्य समाचार
जुकरबर्गले भित्र्याए च्याट जिपिटी निर्माता, राजनीतिक विज्ञापन बन्द गर्ने
जुकरबर्गले भित्र्याए च्याट जिपिटी निर्माता, राजनीतिक विज्ञापन बन्द गर्ने

सोसल मिडिया प्लाटफर्म फेसबुक तथा इन्स्टाग्रामको मातृ कम्पनी मेटाले शेङ्गजिया झाओले आफ्नो नयाँ सुपर इन्टेलिजेन्स ल्याबमा नयाँ मुख्य वैज्ञानिक नियुक्त गरेका छन् ।

महत्वपूर्ण त के भने झाओ च्याट जिपिटी तथा त्यसको नयाँ संस्करण जिपिटी ४ का निर्माता मध्येका एक हुन् । उनले अब मेटाको उन्नत आर्टिफिसियल इन्टेलिजेन्स मिसनलाई नेतृत्व प्रदान गर्नेछन् ।




मेटाका सीईओ मार्क जुकरबर्गले शुक्रबार थ्रेड्स पोस्टमा झाओको नियुक्तिको घोषणा गरेका हुन् । उनले लेखेका छन् – यस भूमिकामा शेङ्गजियाले हाम्रो नयाँ प्रयोगशालाका लागि अनुसन्धान एजेण्डा तथा वैज्ञानिक दिशा तय गर्नेछन् र मेरो तथा एलेक्स (मेटाका प्रमुख एआई अधिकृत अलेक्जेन्डर वांग) सँग प्रत्यक्ष रुपमा काम गर्नेछन् ।

को हुन् शेङ्गजिया झाओ ?


झाओ यसअघि ओपन एआई कम्पनीमा अनुसन्धान वैज्ञानिक रहिसकेका छन् । उनले च्याट जिपिटी, जिपिटी ४ तथा ओपन एआईका कैयन् अन्य मोडेलहरु, जस्तै जिपिटी ४.१ तथा ०३ को विकासमा महतवपूर्ण भूमिका निर्वाह गरे ।

स्मरण रहोस् यसअघि अन्य ओपन एआई शोधकर्ताहरु समेत मेटामा प्रवेश गरिसकेका छन् । यसले एआई क्षेत्रका प्रतिभाशाली जनशक्तिका लागि कम्पनीहरुबीच होडबाजी तिव्र भएको देखाउँछ ।

मेटाको सुपर इन्टेलिजेन्स ल्याब के हो ?

हालै मेटाले आफ्नो सुपर इन्टेलिजेन्स ल्याबको स्थापना गरेको हो । यसको उद्देश्य मेटाको एआई मोडेल Llama तथा भविष्यका आर्टिफिसियल जनरल इन्टेलिजेन्स प्रविधिमा केन्द्रित अनुसन्धान गर्नु हो । यो प्रयोगशालाले एआई अनुसन्धान इकाई FAIR (फेसबुक एआई रिसर्च) भन्दा भिन्न रहेर काम गर्दछ । झाओ उक्त सुपर इन्टेलिजेन्सका सह सस्थापक पनि हुन् ।

मेटाको रणनीति र आगामी दिशा

हाल Llama 4 को सुस्त प्रदर्शनसँग जुधिरहेको मेटाले हाल अन्य प्रतिस्पर्धी कम्पनीहरुबाट शीर्ष वैज्ञानिकहरु आकर्षित गर्नमा लागिरहेको छ ।

मेटाले सिलिकन भ्यालीमा सबैभन्दा धेरै तलब प्याकेज तथा स्टार्टअप सम्झौताका माध्यमबाट प्रतिभाहरुलाई आकर्षित गर्ने रणनीति अख्तियार गरेको छ ।

जुकरबर्गले यसअघि पनि भनिसकेका छन् कि मेटाको लक्ष्य पूर्ण आम बुद्धिमत्ता (फूल जनरल इन्टेलिजेन्स) तयार गर्नु र त्यसलाई ओपन सोर्सको रुपमा जारी गर्नु हो ।

युरोपमा राजनीतिक विज्ञापन बन्द गर्दै मेटा

यसैबीच मेटाले आगामी अक्टोबरदेखि युरोपेली युनियन सम्बद्ध सबै देशहरुमा राजनीतिक विज्ञापनहरु बन्द गर्ने घोषणा गरेको छ ।

युरोपेली युनियनको चुनावी अभियानमा पारदर्शिता कायम गर्ने उद्देश्यसाथ लागू भएको नयाँ नियमका कारण यस्तो निर्णय गरिएको मेटाको भनाइ छ ।

मेटाले आफ्नो ब्लग पोस्टमा उल्लेख गरे अनुसार ऊ राजनीतिक, चुनावी तथा सामाजिक मुद्दाहरुसँग सम्बन्धित विज्ञापनलाई फेसबुक, इन्स्टाग्राम तथा थ्रेड्स जस्ता प्लाटफर्ममा अक्टोबरको सुरुवातदेखि नै बन्द गर्नेछ ।

युरोपेली युनियनको Transparency and Targeting of Political Advertising सम्बन्धी नियमहरुले व्यापक कानूनी अस्पष्टता तथा कार्यसञ्चालनगत चुनौतीहरु उत्पन्न गरेको र त्यसलाई पालना गर्न असम्भव रहेको मेटाले जनाएको छ । उसले भनेको छ : यी नियमहरुले हाम्रा प्रक्रियाहरु त्था प्रणालीहरुमा यतिधेरै अतिरिक्त दायित्व थोपर्दछन् कि विज्ञापनदाताहरु त्था प्लाटफर्महरुका लागि ईयूमा काम गर्नु कानूनी रुपबाट निकै जटिल तथा अनिश्चित भएको छ ।

यद्यपि यस्तो निर्णय गर्ने मेटा पहिलो प्रविधि कम्पनी होइन । गुगलले गत वर्ष नै युरोपेली युनियनका देशहरूमा राजनीतिक विज्ञापन बन्द गर्ने घोषणा गरेको थियो ।

युरोपेली युनियनको उक्त नयाँ नियम आगामी अक्टोबर १० देखि लागू हुनेछ । उक्त नियम अनुसार राजनीतिक विज्ञापनहरुमा त्यस्तो पहिचान दिने संकेत अर्थात् लेबल लगाउनु अनिवार्य हुन्छ । जसअनुसार विज्ञापन कसले दिएको हो र कुन अभियान वा प्रक्रियासँग सम्बन्धित छ भन्ने कुरा उल्लेख गर्नुपर्नेछ ।

साथै सबै विज्ञापनहरुलाई एउटा डेटाबेसमा सुरक्षित राख्नुपर्नेछ । त्यसैगरी विज्ञापनहरुलाई टार्गेट गर्नका लागि कडा नियम लागु हुनेछन् । नियम उल्लंघन गर्ने कम्पनीहरुलाई विश्वव्यापी वार्षिक आयको ६ प्रतिशत सम्म जरिवाना लाग्नसक्ने प्रावधान उक्त नियममा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गुगलले आफ्ना एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि स्टोरेज पोलिसीमा ठूलो परिवर्तन गर्दैछ। अहिलेसम्म गुगल अकाउन्टसँग नि:शुल्क मिल्ने १५ जीबी स्टोरेज उपलब्ध थियो। यस स्टोरेजमा जिमेल, गुगल ड्राइभ र गुगल फोटोजको डेटा मात्र गनिन्थ्यो। तर ७ जुलाइदेखि नयाँ नियमहरू लागू भएका छन्। यी नयाँ नियमहरू अन्तर्गत अब तपाईंको एन्ड्रोइड फोनको सबै ब्याकअप डेटा पनि यसैमा गनिनेछ। यस ब्याकअप ...
एआई कम्पनी ओपनएआईले वास्तविक समयमा एकैसाथ सुन्न र बोल्न सक्ने क्षमता भएको आवाजमा आधारित नयाँ मोडल ‘जीपीटी-लाइभ’ सार्वजनिक गरेको छ। आईपीओको तयारीमा रहेको यस एआई स्टार्टअपले बुधबार विश्वभरका प्रयोगकर्ताहरूका लागि जीपीटी-लाइभका दुई संस्करणहरू जीपीटी-लाइभ-१ र जीपीटी-लाइभ-१ मिनी उपलब्ध गराउने घोषणा गरेको हो। यसअघि गत मे महिनामा पनि ओपनएआईले आफ्नो डेभलपर प्लेटफर्मका लागि तीनवटा अडियो मोडलहरू ल्याएको थियो ...
। मेटा कम्पनीले आफ्नो भिडियो एडिटिङ एप ‘एडिट्स’ मा थप नयाँ फिचरहरू थप्दै यसलाई अझ परिमार्जित बनाएको छ। यस नयाँ अपडेट अन्तर्गत एआईद्वारा अटोमेटेड रूपमा तयार हुने बाइलिङ्गुअल क्याप्सन, परिष्कृत क्रिएटिभ टेम्पलेट र नयाँ सिजनल साउन्ड इफेक्टहरू समावेश गरिएका छन्। यस हप्ताको सबैभन्दा मुख्य अपडेट एआईबाट चल्ने ‘अटो-जेनेरेटेड बाइलिङ्गुअल क्याप्सन’ हो । जसले क्रिएटरहरूलाई नयाँ अन्तर्राष्ट्रिय ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले नेपालभित्र सञ्चालनमा रहेका २६ वटा दर्ता भएका बेटिङ एपहरू बन्द गरेको छ । सरकारको ‘शासकीय सुधारका सय कार्यसूचीसम्बन्धी कार्यहरूको सारांश’ मा अवैध अनलाइन सट्टेबाजी र जुवाका डोमेन लिंकहरू बन्द गरिएको पनि उल्लेख छ । ‘नेपालभित्र सञ्चालनमा रहेका २६ वटा रजिस्टर्ड बेटिङ एप तथा अवैध अनलाइन सट्टेबाजी र जुवाका कुल दुई ...
। युट्युबले यस सप्तान्तमा अमेरिकाको २५०औँ स्वतन्त्रता दिवसको उत्सव मनाउन प्रयोगकर्ताहरूका लागि विभिन्न नयाँ फिचरहरू घोषणा गरेको छ। यसअन्तर्गत अमेरिका २५० का सामग्रीहरूका लागि एउटा केन्द्रीय हब, नयाँ गेम्स र विशेष इफेक्टहरू समावेश गरिएका छन्। पहिलो फिचरअन्तर्गत युट्युबले ‘अमेरिका २५० हब’ तयार पारेको छ। युट्युबमा यस उत्सवसँग सम्बन्धित सामग्रीहरू खोज्ने प्रयोगकर्ताहरूलाई यो हब देखाइनेछ। यसले यस ऐतिहासिक अवसरका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम