मुख्य समाचार
इंग्ल्यान्ड फेरि वुमेन्स युरो च्याम्पियन
इंग्ल्यान्ड फेरि वुमेन्स युरो च्याम्पियन

— इंग्ल्यान्डले नयाँ फुटबल इतिहास रच्ने क्रममा आइतबार स्पेनलाई हराएर वुमेन्स युरो २०२५ को उपाधि जितेको छ । डिफेन्डिङ च्याम्पियनका रूपमा उपाधि रक्षा गर्ने क्रममा इंग्ल्यान्ड टाइब्रेकरमा ३–१ ले विजयी रहेको हो ।


बासेलमा भएको फाइनलमा निर्धारित र अतिरिक्त समयको खेल १–१ को बराबरीमा टुंगेको थियो । पेनाल्टी सुटआउटमा क्लोइ केलीले निर्णायक गोल गरिन् । स्पेन लगातार तीन पेनाल्टीमा गोल गर्न चुकेको थियो ।

त्यसमध्ये दुई प्रहार इंग्लिस गोलरक्षक हनाह ह्याम्पटनले बचाइन् । स्पेनले पहिलो हाफमा म्यारिना काल्डेन्टेरीको गोलले अग्रता लिएको थियो । त्यपछि एलेना रुसोले इंग्ल्यान्डका लागि दोस्रो हाफमा बराबरी गोल फर्काइन् ।

इंग्ल्यान्डले विदेशी भूमिमा कुनै पनि ठूलो उपाधि जितेको यो नै पहिलो पटक हो । इंग्ल्यान्डकी प्रशिक्षक सरिना वेघमनका लागि पनि यो ठूलो उपलब्धी रह्यो । उनले लगातार तेस्रो पल्ट फरक दुई टिमका लागि युरोपको उपाधि चुमिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...