मुख्य समाचार
अस्ट्रेलियाले वेस्ट इन्डिजलाई चौथो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा तीन विकेटले पराजित
अस्ट्रेलियाले वेस्ट इन्डिजलाई चौथो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा तीन विकेटले पराजित

— क्यामरुन ग्रिनले बनाएको अविजित ५५ र जोस इंग्लिसको ५१ रनको मदतले अस्ट्रेलियाले शनिबार वेस्ट इन्डिजलाई चौथो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा तीन विकेटले पराजित गरेको छ ।


पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले नौ विकेटमा २ सय ५ रन बनाएको थियो । अस्ट्रेलियाले जवाफमा सात विकेट गुमाएर १९.२ ओभरमा विजयी लक्ष्य आत्मसात् गर्‍यो । यस जितसँगै अस्ट्रेलियाले पाँच खेलको सिरिजमा ४–० को अग्रता लिएको छ । अब सोमबार वार्नर पार्कमा हुने अन्तिम खेल जितेर अस्ट्रेलियाले शृंखला पनि ‘ह्वाइट वास’ गर्न सक्नेछ ।

ग्रिनले ३५ बलमा आफ्नो अर्धशतक पूरा गरे । उनले तीन छक्का र तीनै चौका प्रहार गरे । इंग्लिसले भने एक छक्का र दस चौका प्रहार गरे । यसका लागि उनले ३० बलको मात्र सामना गरे ।

ओपनर ग्लेन म्याक्सवेलले १८ बलमा ४७ रन जोडे र त्यसमा छ छक्का र एक चौका सामेल थियो । यसपल्ट अस्ट्रेलियाको जित आफैंमा सजिलो भने रहेन् र कप्तान एवं अर्का ओपनर मिचेल मार्स दोस्रो बलमै एलबीब्लू भए । वेस्ट इन्डिजको इनिङ्समा भने सबैभन्दा ठूलो व्यक्तिगत स्कोर ३१ रन मात्रै थियो र यो सबैको कारण रह्यो, अस्ट्रेलियाको उत्कृष्ट फिल्डिङ । घरेलु टिमका लागि उच्च स्कोर बनाउने ब्याटर भने सेरफान रडरफोर्ड रहे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल भलिबल लिग (एनभीएल) का लागि कर्णाली शिवराजले दोस्रो विदेशी खेलाडीका रूपमा बेलारुसका आर्टसियोम कुड्रासोउलाई अनुबन्ध गरेको छ । आउटसाइड हिटर पोजिसनमा खेल्ने कुड्रासोउको आगमनसँगै कर्णाली शिवराजको आक्रमण थप बलियो हुने अपेक्षा गरिएको टोलीले जनाएको छ । यसअघि कर्णाली शिवराजले पोल्याण्डका सेटर एमिलियन स्मेटेकलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।
: अर्जेन्टिनाका कप्तान एवं विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीले राष्ट्रिय टिमबाट संन्यास लिने घोषणा गरेका छन्। लामो समयदेखि राष्ट्रिय टिममा बिताएको यात्रापछि मेसीले आफूले अब राष्ट्रिय टिमलाई थप दिन बाँकी नरहेको भन्दै संन्यासको निर्णय सार्वजनिक गरेका हुन्। मेसीले सामाजिक सञ्जालमार्फत भावुक वक्तव्य जारी गर्दै यो निर्णय आफ्ना लागि निकै पीडादायी भए पनि अब समय आएको महसुस गरेको ...
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...