मुख्य समाचार
आर्सनलका नयाँ स्ट्राइकर भिक्टोर ग्योकेरेसलाई सिंगापुरमा प्रस्तुत
आर्सनलका नयाँ स्ट्राइकर भिक्टोर ग्योकेरेसलाई सिंगापुरमा प्रस्तुत

— आर्सनलका नयाँ स्ट्राइकर भिक्टोर ग्योकेरेसलाई आइतबार सिंगापुरमा प्रस्तुत गरिएको छ । आर्सनलले प्रि सिजन फ्रेन्ड्लीमा प्रिमियर लिगको प्रतिद्वन्द्वी न्युक्यासल युनाइटेडलाई ३–२ ले पराजित गर्दा ग्योकेरेसलाई समर्थकमाझ प्रस्तुत गरिएको थियो ।


ग्योकेरेस शनिबार पोर्चुगिज टोली स्पोर्टिङबाट ६ करोड ४० लाख पाउन्डमा आर्सनल आएका थिए । सिंगापुरमा न्युक्यासलसँगको खेल सुरु हुनुअघि मैदानमा पुगेर उनले समर्थकलाई हात हल्लाएका थिए । समर्थकहरूले पनि उनले गर्ने ‘ट्रेडमार्क’ गोल शैलीमा औंलाले नाक छोपेर स्वागत गरेका थिए ।

२७ वर्षे ग्योकेरेसले आर्सनलसँगै रहेर प्रशिक्षण गर्न पाएका छैनन् । उनी एयरपोर्टबाट सिधै मैदान पुगेका थिए । ‘भिक्टोर हाम्रो टोलीमा आएकोमा निकै खुसी छौं, उनलाई यहाँ ल्याउन लामो कसरत गर्नुपर्‍यो,’ आर्सनलका व्यवस्थापक मिकेल अर्टेटाले भने, ‘उनी अविश्वसनीय छन्, पहिलादेखि नै कहाँ खेल्ने हो भनेर उनी स्पष्ट थिए । पहिलो पटक हामी बीच संवाद हुँदा नै यो महसुस गर्न सकिन्थ्यो ।’

आर्सनलले बिहीबार लन्डनको प्रतिद्वन्द्वी टोटनहमविरुद्ध हङकङमा खेल्नेछ र सम्भवतः ग्योकेरेस सो खेलमा खेल्नेछन् । मेको अन्तयता यी स्विडिस स्ट्राइकरले टिमसँग रहेर प्रशिक्षण गरेका छैनन् । स्पोर्टिङबाट उनले १ सय २ खेलमा ९७ गोल गर्नुका साथै २६ गोलका लागि पास उपलब्ध गराएका थिए ।

अर्टेटा यस सिजनमा नयाँ खेलाडी भित्र्याउने क्रममा व्यस्त छन् । आर्सनलले मार्टिन जुबिमेन्डी, क्रिस्टिएन नोर्गार्ड, गोलरक्षक केपा एजिबालागा र विङगर नोनी माडुइकेलाई लन्डन भित्र्याइसकेको छ भने स्पेनिस क्लब भ्यालेन्सियाका सेन्टर ब्याक क्रिस्टियन मोस्कुइरामा पनि टोलीले आँखा लगाइरहेको छ । त्यस्तो भएमा आर्सनलको नयाँ खेलाडी खरिदमा २१ करोड पाउन्ड खर्च गर्नेछ, जुन अर्टेटा आएयता गनर्सले खर्चेको सबैभन्दा बढी हो ।

सन् २०२० मा एफए कप जितेयता आर्सनलले कुनै उपाधि जित्न सकेको छैन । पछिल्लो दुई सिजन प्रिमियर लिगमा उपविजेता नै हुनु परेपछि आर्सनल एउटा मुख्य स्ट्राइकरको खोजीमा रहेको थियो र ग्योकेरेसको आगमनले गनर्सका समर्थकलाई सबैभन्दा बढी उत्साहित बनाएको छ । ग्योकेरेससँग यसअघि इंग्ल्यान्डमा ब्राइटन र कोभेन्ट्रीबाट खेलेको अनुभव छ ।

२०२३–२४ को तुलनामा आर्सनलले गत सिजन २२ गोल कम गरेको थियो । यसले पनि अर्टेटाले काइ हाभेर्टज र जेससमाथिको विश्वास गुमाइरहेका थिए । हाभेर्टजले गत सिजन प्रिमियर लिगमा ९ गोलमात्र गर्न सकेका थिए र प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा २६ औं स्थानमा थिए । २०२२ मा पिइरे इमेरिक अउबामेयाङ गएयता आर्सनल मुख्य स्ट्राइकरविहीन थियो ।




डियाज बायर्न जाने

बायर्न म्युनिखले लिभरपुलका फरवार्ड लुइस डियाजका लागि रकम बढाएर प्रस्ताव गरेको छ । बुन्डेसलिगाको टोलीले यसै महिनाको सुरुआतमा कोलम्बियन अन्तर्राष्ट्रिय खेलाडी डियाजका लागि ५ करोड ८६ लाख पाउन्डको प्रस्ताव राखेको थियो, तर त्यसलाई लिभरपुलले अस्वीकार गरेको थियो ।

तर अहिले बार्यनले त्योभन्दा बढी पैसाका साथ डियाजलाई भित्र्याउन प्रस्ताव अगाडि बढाएको हो । उनको सम्झौता रकम ६ करोड ५५ लाख पाउन्डसहित बायर्नले लिभरपुलसामु प्रस्ताव राखेको हो । सरुवाको विषयपछि डियाजलाई शनिबार हङकङमा एसी मिलानविरुद्धको प्रि सिजन फ्रेन्ड्लीमा खेलाइएको थिएन । लिभरपुल उक्त खेलमा ४–२ ले पराजित भएको थियो ।

‘उनलाई लिएर पछिल्लो समय विभिन्न अड्कल काटिएको छ, तर म त्यता जान चाहन्न,’ लिभरपुलका व्यवस्थापक आर्ने स्लोटले एसी मिलानसँगको खेलपछि भनेका थिए, ‘उनले राम्रो प्रशिक्षण गरिरहेका छन् । तर हामीले अहिले उनलाई नखेलाउने निर्णय गरेका छौं ।’ लिभरपुलको टोलीसँगै आइतबार उनी जापान पुगेका छन् । अगामी २४ घण्टाभित्र युरोप फर्किएर उनले आफ्नो स्थानानतरण प्रक्रिया टुंग्याउने जनाइएको छ ।

लिभरपुलले यसअघि नै फ्लोरिएन विर्टज र हुगो इकिटिकेलाई भित्र्याइसकेको र टोली अझै न्युक्यासलबाट एलेजान्डर इसाकलाई ल्याउने आशामा छ । डियाज २०२२ को जनवरीमा पोर्टोबाट ३ करोड ७० लाख पाउन्डमा एनफिल्ड आएका थिए र गत सिजन लिभरपुलले प्रिमियर लिग जित्दा महत्त्वपूर्ण खेलाडी थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम