मुख्य समाचार
गाजामा राहत सामग्रीको पहुँचलाई लिएर इजरायलको निर्णयमा संयुक्त राष्ट्रसंघको स्वागत
गाजामा राहत सामग्रीको पहुँचलाई लिएर इजरायलको निर्णयमा संयुक्त राष्ट्रसंघको स्वागत

— गाजामा युद्धका कारण उत्पन्न मानवीय संकट झनै गम्भीर बन्दै गएको सन्दर्भमा, इजरायलले केही सुरक्षित स्थलमार्गहरूबाट मानवीय सहायता सामग्री पठाउन अनुमति दिएको निर्णयलाई संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ ।


संयुक्त राष्ट्रसंघका आपतकालीन सहायता समन्वयक टम फ्लेचरले यस निर्णयप्रति सकारात्मक प्रतिक्रिया दिँदै, यो अवसरमा सयौं हजार भोकमरी पीडित नागरिकहरूसम्म सहायता पुर्‍याउने प्रयास गरिने बताए । उनले सामाजिक सञ्जालमार्फत भने, 'गाजामा मानवीय सहायता पठाउने अनुमति दिइएको सूचना स्वागतयोग्य छ । हाम्रो टोली यथासम्भव धेरै मानिससम्म पुग्ने प्रयासमा जुटिरहेको छ ।'

संयुक्त राष्ट्रसंघको मानवीय मामिलासम्बन्धी समन्वय कार्यालय (ओचा) ले केही दिनअघि गाजाको अवस्था पहिले नै अत्यन्तै भयानक रहेको र तीव्रगतिमा झनै खराब बन्दै गएको चेतावनी दिएको थियो । ओचाका अनुसार भोकमरी, कुपोषण र सरसफाइको अभावका कारण त्यहाँका नागरिकहरूमा रोगको जोखिम उच्च बनेको छ, जसले छिट्टै ज्यानै जाने अवस्था निम्त्याउन सक्छ । हाल गाजामा सीमित मात्रामा पुगिरहेको राहत सामग्री आवश्यकताको तुलनामा अत्यन्त न्यून रहेको ओचाले जनाएको छ ।

ओचाले यदि इजरायलले सहायता सामग्री प्रवेशका लागि सीमा खुला गरिदियो भने इन्धन, उपकरण र कर्मचारीको सुरक्षित सञ्चालनको अनुमति प्रदान गर्यो भने, संयुक्त राष्ट्रसंघ तुरुन्तै खाना, स्वास्थ्य सेवा, पिउने पानी, फोहोर व्यवस्थापन, पोषण सामग्री तथा अस्थायी आश्रयका सामग्रीहरूको आपूर्ति तीव्र गतिमा पुर्‍याउने प्रष्ट पारेको छ । तथापि, पछिल्ला दिनहरूमा इजरायली सुरक्षाबलबाट लगाइएका विभिन्न रोकावटका कारण सहायता अभियानहरू प्रभावित भएका छन् । बिहीबार गरिएका १५ मध्ये केवल पाँच वटा मात्र सहायता अभियान सफलतापूर्वक सम्पन्न भएका थिए ।

ओचाले हालै यस्तो आपतकालीन अवस्थालाई ध्यानमा राख्दै युद्धविरामको अवस्थामा तुरुन्त कार्यान्वयन गर्न मिल्ने विस्तृत सहायता आपूर्ति योजना समेत सार्वजनिक गरिसकेको छ । गाजामा लाखौं निर्दोष नागरिक गम्भीर संकटमा रहेका सन्दर्भमा संयुक्त राष्ट्रसंघले सबै पक्षलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको सम्मान गर्न र सहायता पुर्‍याउने मार्ग खुला राख्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...
। करोना संक्रमण फैलिएको बेला बन्द गरिएको नाका अहिलेसम्म नखोलिएको भन्दै रौतहटका एक व्यक्ति आमरण अनशन बसेका छन् । रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय खुलाउन सिमाना संघर्ष समितिका अध्यक्ष तजमुल हक (पूर्व शिक्षक) आइतबार दिउँसो ३ बजेदेखि आमरण अनशन बसेका हुन् । कोरोना संक्रमण अघिसम्म खुल्ला रहेको रामपुर खाप सीमाबाट चारपांग्रे सवारी साधन ...
काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने
। चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीहरूको लागि अभूतपूर्व सहयोग पुर्‍याइरहेको छ । यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् । कुल सात हजार ८२४ खेलाडीहरू ३४ टिमबाट सहभागी भएका छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो ...
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...