मुख्य समाचार
इजरायली सेनाले गाजाका धेरै आवादी भएका तीन क्षेत्रमा दैनिक १० घण्टा युद्धविराम सुरु
इजरायली सेनाले गाजाका धेरै आवादी भएका तीन क्षेत्रमा दैनिक १० घण्टा युद्धविराम सुरु

— इजरायली सेनाले आइतबारदेखि गाजाका धेरै आवादी भएका तीन क्षेत्रमा दैनिक १० घण्टा युद्धविराम सुरु गरेको छ । २१ महिनादेखि जारी युद्धका कारण गाजा क्षेत्रमा भोकमरीको चरम संकट देखिएको भन्दै अन्तर्राष्ट्रिय जगत्बाट चर्को आलोचना सुरु भएपछि इजरायलले यस्तो निर्णय लिएको हो ।


इजरायली सेनाले तत्कालका लागि गाजाका घना आवादी भएका प्रमुख तीन सहर देइर, अल–वलाह र मुवासीमा हरेक दिन १० घण्टाका लागि युद्धविराम गर्ने जनाएको छ । यो निर्णयले त्यसमा क्षेत्रमा मानवीय सहायता वितरण केही हदसम्म सहज हुने विश्वास गरिएको छ । युद्धविराम स्थानीय समयअनुसार बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म हुनेछ । र, अर्को सूचना नआएसम्म प्रत्येक दिन सोही अनुसार युद्धविराम जारी रहनेछ । इजरायलको पछिल्लो निर्णयले विश्लेषकहरूले ‘रणनीतिक विराम’ समेत भनेका छन् ।

गाजामा खाद्य संकटका कारण कुपोषणग्रस्त बालबालिकाको तस्बिरहरू सार्वजनिक भएपछि इजरायलले विश्वव्यापी रूपमै आलोचना खेपिरहेको छ । उसका मित्र मुलुकहरूले समेत आलोचना गर्दै गाजाको मानवीय संकट अन्त्य गर्न युद्ध रोक्नसमेत आह्वान गरेका छन् ।

इजरायलले गाजाका अन्य भागमा हमला जारी राख्ने जनाएको छ । गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार शनिबार र आइतबार भएका बेग्लाबेग्लै हमलामा कम्तीमा ३८ प्यालेस्टिनीको मृत्यु भएको छ । तीमध्ये २३ जना खाद्य सहयोग लिन भेला भएका थिए । इजरायली सेनाका अनुसार निश्चित समयका लागि युद्धविराम गरिएसँगै मानवीय सहायता वितरणका लागि सुरक्षित मार्गहरू निर्धारण गरिएको छ । त्यस्तै गाजाका विभिन्न भागमा पीठो, चिनी र खानालगायतका राहत सामग्री हवाई जहाजबाट खसालिएको पनि सेनाले बताएको छ ।

इजरायलको पछिल्लो निर्णयसँगै जोर्डन र यूएईले गाजामा राहत सामग्री पठाउने घोषणा गरेका छन् । त्यस्तै संयुक्त राष्ट्रसंघले पनि इजरायलको पछिल्लो निर्णयको स्वागत गरेको छ । गाजाका सबै नागरिकलाई आवश्यक सामग्री आपूर्ति गर्न बृहत् युद्धविरामको आवश्यक रहेको पनि संयुक्त राष्ट्रसंघले जनाएको छ ।

गाजाका स्वास्थ्य मन्त्रालयका महानिर्देशक डा. मुनीर अल–बोर्सले कुपोषणको सिकार भएका बालबालिकाको उपचारका लागि पर्याप्त मात्रामा स्वास्थ्य सामग्रीलगायत आपूर्ति हुनुपर्ने माग गरेका छन् ।

हमाससँगको युद्धविरामको प्रयास अवरुद्ध भएपछि इजरायलको पछिल्लो कदम चालेको हो । इजरायल र अमेरिकाले गत बिहीबार हमासको आलोचना गर्दै कतारमा जारी वार्ताबाट आफ्नो प्रतिनिधिमण्डल फिर्ता बोलाएका थिए । इजरायलले प्यालेस्टिनी लडाकु समूहले आत्मसमर्पण गरे, निशस्त्र भएर निर्वासन रोजे युद्ध रोक्ने जनाएको छ । तर, हमासले त्यसलाई अस्वीकार गरेको छ ।




राष्ट्रसंघको खाद्य कार्यक्रमले युद्धका कारण गाजाका हरेक तीनमध्ये एक जना कैयौं दिनदेखि भोकै रहेको बताएको छ । वर्ल्ड फुड प्रोग्राम (डब्लूएफपी) ले एक वक्तव्य जारी गर्दै भनेको छ, ‘कुपोषण बढिरहेको छ । ९० हजार महिला र बालबालिकालाई तत्काल उपचारको आवश्यकता छ ।’ गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार कुपोषणले थप ९ जनाको मृत्यु भएको छ ।

अक्टोबर २०२३ मा युद्ध सुरु भएयता गाजामा कम्तीमा ११५ प्यालेस्टिनीको भोकमरीका कारण मृत्यु भइसकेको छ । ५९ हजारभन्दा बढी मारिएका छन् । गाजामा आउने–जाने सबै वस्तुमा इजरायलले नियन्त्रण बनाएको हमासको आरोप छ । इजरायलले भने गाजामा जाने कुनै पनि सहायता नरोकेको दाबी गरेको छ । कुपोषणका लागि इजरायलले हमासलाई जिम्मेवार ठहर्‍याएको छ ।

–एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार जना महिला र दुई जना पुरुषको मृत्यु भएको हो । मृतक सबै उक्त कल्याण केन्द्रका कर्मचारी रहेका बीबीसीले जनाएको छ । घटना हुँदा ...
: इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका ...
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...