मुख्य समाचार
इजरायली सेनाले गाजाका धेरै आवादी भएका तीन क्षेत्रमा दैनिक १० घण्टा युद्धविराम सुरु
इजरायली सेनाले गाजाका धेरै आवादी भएका तीन क्षेत्रमा दैनिक १० घण्टा युद्धविराम सुरु

— इजरायली सेनाले आइतबारदेखि गाजाका धेरै आवादी भएका तीन क्षेत्रमा दैनिक १० घण्टा युद्धविराम सुरु गरेको छ । २१ महिनादेखि जारी युद्धका कारण गाजा क्षेत्रमा भोकमरीको चरम संकट देखिएको भन्दै अन्तर्राष्ट्रिय जगत्बाट चर्को आलोचना सुरु भएपछि इजरायलले यस्तो निर्णय लिएको हो ।


इजरायली सेनाले तत्कालका लागि गाजाका घना आवादी भएका प्रमुख तीन सहर देइर, अल–वलाह र मुवासीमा हरेक दिन १० घण्टाका लागि युद्धविराम गर्ने जनाएको छ । यो निर्णयले त्यसमा क्षेत्रमा मानवीय सहायता वितरण केही हदसम्म सहज हुने विश्वास गरिएको छ । युद्धविराम स्थानीय समयअनुसार बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म हुनेछ । र, अर्को सूचना नआएसम्म प्रत्येक दिन सोही अनुसार युद्धविराम जारी रहनेछ । इजरायलको पछिल्लो निर्णयले विश्लेषकहरूले ‘रणनीतिक विराम’ समेत भनेका छन् ।

गाजामा खाद्य संकटका कारण कुपोषणग्रस्त बालबालिकाको तस्बिरहरू सार्वजनिक भएपछि इजरायलले विश्वव्यापी रूपमै आलोचना खेपिरहेको छ । उसका मित्र मुलुकहरूले समेत आलोचना गर्दै गाजाको मानवीय संकट अन्त्य गर्न युद्ध रोक्नसमेत आह्वान गरेका छन् ।

इजरायलले गाजाका अन्य भागमा हमला जारी राख्ने जनाएको छ । गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार शनिबार र आइतबार भएका बेग्लाबेग्लै हमलामा कम्तीमा ३८ प्यालेस्टिनीको मृत्यु भएको छ । तीमध्ये २३ जना खाद्य सहयोग लिन भेला भएका थिए । इजरायली सेनाका अनुसार निश्चित समयका लागि युद्धविराम गरिएसँगै मानवीय सहायता वितरणका लागि सुरक्षित मार्गहरू निर्धारण गरिएको छ । त्यस्तै गाजाका विभिन्न भागमा पीठो, चिनी र खानालगायतका राहत सामग्री हवाई जहाजबाट खसालिएको पनि सेनाले बताएको छ ।

इजरायलको पछिल्लो निर्णयसँगै जोर्डन र यूएईले गाजामा राहत सामग्री पठाउने घोषणा गरेका छन् । त्यस्तै संयुक्त राष्ट्रसंघले पनि इजरायलको पछिल्लो निर्णयको स्वागत गरेको छ । गाजाका सबै नागरिकलाई आवश्यक सामग्री आपूर्ति गर्न बृहत् युद्धविरामको आवश्यक रहेको पनि संयुक्त राष्ट्रसंघले जनाएको छ ।

गाजाका स्वास्थ्य मन्त्रालयका महानिर्देशक डा. मुनीर अल–बोर्सले कुपोषणको सिकार भएका बालबालिकाको उपचारका लागि पर्याप्त मात्रामा स्वास्थ्य सामग्रीलगायत आपूर्ति हुनुपर्ने माग गरेका छन् ।

हमाससँगको युद्धविरामको प्रयास अवरुद्ध भएपछि इजरायलको पछिल्लो कदम चालेको हो । इजरायल र अमेरिकाले गत बिहीबार हमासको आलोचना गर्दै कतारमा जारी वार्ताबाट आफ्नो प्रतिनिधिमण्डल फिर्ता बोलाएका थिए । इजरायलले प्यालेस्टिनी लडाकु समूहले आत्मसमर्पण गरे, निशस्त्र भएर निर्वासन रोजे युद्ध रोक्ने जनाएको छ । तर, हमासले त्यसलाई अस्वीकार गरेको छ ।




राष्ट्रसंघको खाद्य कार्यक्रमले युद्धका कारण गाजाका हरेक तीनमध्ये एक जना कैयौं दिनदेखि भोकै रहेको बताएको छ । वर्ल्ड फुड प्रोग्राम (डब्लूएफपी) ले एक वक्तव्य जारी गर्दै भनेको छ, ‘कुपोषण बढिरहेको छ । ९० हजार महिला र बालबालिकालाई तत्काल उपचारको आवश्यकता छ ।’ गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार कुपोषणले थप ९ जनाको मृत्यु भएको छ ।

अक्टोबर २०२३ मा युद्ध सुरु भएयता गाजामा कम्तीमा ११५ प्यालेस्टिनीको भोकमरीका कारण मृत्यु भइसकेको छ । ५९ हजारभन्दा बढी मारिएका छन् । गाजामा आउने–जाने सबै वस्तुमा इजरायलले नियन्त्रण बनाएको हमासको आरोप छ । इजरायलले भने गाजामा जाने कुनै पनि सहायता नरोकेको दाबी गरेको छ । कुपोषणका लागि इजरायलले हमासलाई जिम्मेवार ठहर्‍याएको छ ।

–एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...
। करोना संक्रमण फैलिएको बेला बन्द गरिएको नाका अहिलेसम्म नखोलिएको भन्दै रौतहटका एक व्यक्ति आमरण अनशन बसेका छन् । रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय खुलाउन सिमाना संघर्ष समितिका अध्यक्ष तजमुल हक (पूर्व शिक्षक) आइतबार दिउँसो ३ बजेदेखि आमरण अनशन बसेका हुन् । कोरोना संक्रमण अघिसम्म खुल्ला रहेको रामपुर खाप सीमाबाट चारपांग्रे सवारी साधन ...
काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने
। चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीहरूको लागि अभूतपूर्व सहयोग पुर्‍याइरहेको छ । यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् । कुल सात हजार ८२४ खेलाडीहरू ३४ टिमबाट सहभागी भएका छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो ...
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...