मुख्य समाचार
मोटरसाइकलको ठक्करबाट ८२ वर्षीय वृद्धको मृत्यु
मोटरसाइकलको ठक्करबाट ८२ वर्षीय वृद्धको मृत्यु

: बाराको जितपुरसिमरा उपमहानगरपालिका-४ औराहमा मोटरसाइकलको ठक्करबाट शनिबार राती एक वृद्धको मृत्यु भएको छ।


मृत्यु हुनेमा ८२ वर्षीय प्रेमनारायण भट्ट रहेका छन्। भट्ट जितपुरसिमरा वडा नं. ४ की वडासदस्य उर्मिला भट्टका ससुरा हुन्।



भट्टलाई शनिबार राती घर नजिकै प्रदेश २-०३-०१५प १७२६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका भट्टलाई उपचारका लागि वीरगन्ज लगिएको थियो। वीरगन्ज लैजाने क्रममा वृद्धको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।


वृद्धलाई ठक्कर दिएर फरार भएका मोटरसाइकल चालक रामप्रीत चौधरीलाई प्रहरीले खोजी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रहरीले गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट नियमित सवारी चेकजाँचका क्रममा आइतबार बिहान ५:३० बजे लिसङ्खु पाखर गाउँपालिका -२ सिन्धुपाल्चोकका-१९ वर्षीय समीर लामा १९ केजी गाँजासहित पक्राउ परेका हुन् । उनलाई जेब्रा झोलामा लुकाइ छिपाइ ल्याएको १९ केजीख ८०० ग्राम तौल भएको ६ पोका गाँजासहित पक्राउ गरिएको इप्रका आँबुखैरेनीले ...
: संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले देशको समृद्धिका लागि पहिलो निर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको परिकल्पना नै मार्गदर्शक रहेको स्पष्ट पारेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार आयोजित ‘वीपी कोइराला राष्ट्रिय पुरस्कार वितरण समारोह’लाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन्। 'वीपी कोइराला त्यस्तो व्यक्ति हुन्,जसले जहाँनियाँ राणा शासनको विरुद्ध निर्भीकतापूर्वक उभिएर जनतालाई गोलबद्ध गर्दै क्रान्तिको ...
: श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। मकवानपुर घर भई गोदावरी नगरपालिका-१३ झरूवारासी डेरा गरी बस्ने २० वर्षीया डोल्मा वाइवाको हत्या गरेको अभियोगमा उनकै श्रीमान ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने ३० वर्षीय मदन बहादुर स्याङतान पक्राउ परेका हुन्। विवादका क्रममा मदनले चक्कु प्रहार गरी डोल्माको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ...
: बाढीका कारण चीनको केरुङमा अड्किएका ९५ जना नेपाली अझै नेपाल फर्कन सकेका छैनन्। गत असार २४ गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण उनीहरू चीनतर्फ अड्किएका हुन्। यसअघि चिनियाँ पक्षले २०५ जना नेपालीलाई तातोपानी नाका हुँदै नेपाल ल्याइदिएको थियो। नेकपा एमाले रसुवा कमिटीले परराष्ट्र सचिव अमृत कुमार राईलाई चीनबाट नेपाल फर्कने चाहाने नेपालीको सूची बुझाउँदै ...
— साउन लागिसक्दा पनि मधेशमा खडेरी छ । खेतमा धाँजा फाटेका छन् । पानीको हाहाकार भइरहेका बेला वीरगन्ज महानगरपालिका–१७ अलौस्थित इदगाहमा शनिबार स्थानीय मुस्लिम समुदायले पानीको माग गर्दै ‘इस्तिस्का’ नमाज प्रार्थना गरेका छन् । शनिबार बिहान पानीका लागि विशेष धार्मिक प्रार्थना गरिएको नमाजमा सहभागी स्थानीय आशिक अन्सारीले बताए । साउन लागिसक्दा पनि मनसुनी वर्षा नभएर जनजीवन ...