मुख्य समाचार
साउदी सरकारले एक हप्ताभित्र विभिन्न क्षेत्रमा आवद्ध २२ हजार ४०० जना आप्रवासीलाई पक्राउ
साउदी सरकारले एक हप्ताभित्र विभिन्न क्षेत्रमा आवद्ध २२ हजार ४०० जना आप्रवासीलाई पक्राउ

: साउदी सरकारले एक हप्ताभित्र विभिन्न क्षेत्रमा आवद्ध २२ हजार ४०० जना आप्रवासीलाई पक्राउ गरेको छ । सरकारको संयुक्त क्षेत्रीय अभियानको क्रममा साउदी अधिकारीहरूले राज्यभरि बसोबास गरी श्रम र सीमा सुरक्षा कानुन उल्लङ्घन गरेको आरोपमा पक्राउ गरेको हो ।


सरकारले आवास नियमहरू उल्लङ्घन गरेको आरोपमा १३ हजार ८००, सीमा सुरक्षा नियमहरू उल्लङ्घन गरेको आरोपमा ५ हजार २०० र श्रम कानुन उल्लङ्घन गरेको आरोपमा ३ हजार ४०० जनालाई हिरासतमा लिएको छ ।



सरकारको आन्तरिक मन्त्रालयको विज्ञप्ति अनुसार १ हजार ६८७ जनाहरू गैरकानुनीरूपमा साउदी अरबमा प्रवेश गर्ने प्रयास गर्दा पक्राउ परेका हुन्। जसमध्ये ३८५ यमनी , ६१५ इथियोपियाली र १५ अन्य देशका रहेका छन् ।


साथै ४० जनालाई अवैध रूपमा विभिन्न राज्यबाट बाहिर निस्कने प्रयास गरेको आरोपमा पक्राउ गरिनुको साथै १५ जनालाई अवैध काममा संलग्न भएको आरोपमा हिरासतमा राखिएको हो । साउदीमा हाल १८ हजार ३०० उल्लङ्घन गर्नेहरू प्रवर्तन प्रक्रियाबाट गुज्रिरहेका छन्, जसमा १५ हजार ७०० पुरुष र २५ सय महिला समावेश छन्।

साउदी गजडका अनुसार ११ हजार जना देश निकाला भएका छन् भने थप ११ हजारलाई यात्रा कागजात प्रशोधनका लागि कूटनीतिक नियोगहरूमा पठाइएको छ र ३२ सय जनालाई उडान व्यवस्थाको पर्खाइमा राखिएको जनाएको छ ।

अवैधानिक क्रियाकलापमा आबद्ध रहेर काम गर्ने अपराधहरूलाई प्रमुख अपराध मानिने भएकाले सरकारलाई हटलाइन नम्बरहरूमा रिपोर्ट गर्न आग्रह गर्दै आएको छ। रिपोर्टका लागि मक्का, रियाद र पूर्वी प्रान्तमा ९११, र बाँकी क्षेत्रहरूमा ९९९ र ९९६ नम्बर समेत उपलब्ध गराएको छ ।

ठूलो संख्यामा आप्रवासी पक्राउ परेपछि नेपाली राजदूत डा.नरेश विक्रम ढकालले साउदीमा कार्यरत नेपालीलाई साउदीको नियम कानुनमा रहेर कार्य गर्न आग्रह गरेका छन्। उनका अनुसार हालसम्म कानुनविपरीत गतिविधि गर्ने ५ सय ४४ नेपाली जेलमा छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...
। करोना संक्रमण फैलिएको बेला बन्द गरिएको नाका अहिलेसम्म नखोलिएको भन्दै रौतहटका एक व्यक्ति आमरण अनशन बसेका छन् । रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय खुलाउन सिमाना संघर्ष समितिका अध्यक्ष तजमुल हक (पूर्व शिक्षक) आइतबार दिउँसो ३ बजेदेखि आमरण अनशन बसेका हुन् । कोरोना संक्रमण अघिसम्म खुल्ला रहेको रामपुर खाप सीमाबाट चारपांग्रे सवारी साधन ...
काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने
। चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीहरूको लागि अभूतपूर्व सहयोग पुर्‍याइरहेको छ । यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् । कुल सात हजार ८२४ खेलाडीहरू ३४ टिमबाट सहभागी भएका छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो ...
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...