मुख्य समाचार
खानेपानीमन्त्रीले तानसेनमा खानेपानीको अभाव हुन नदिने बताए
खानेपानीमन्त्रीले तानसेनमा खानेपानीको अभाव हुन नदिने बताए

— संघीय खानेपानीमन्त्री प्रदीप यादवले तानसेनमा खानेपानीको अभाव हुन नदिने बताएका छन् ।


उनले यस वर्ष १० करोड बजेट विनियोजन भएको र खानेपानी वितरणका लागि ५० लाख लिटरको ट्यांकी निर्माण कार्य सुरुवात गर्न आग्रह गरे ।

पाल्पाको तानसेन खानेपानी उपभोक्ता समितिको १० औं वार्षिक साधारणसभा शनिबार बोल्दै मन्त्री यादवले भने, ‘१० करोडबाट टेण्डर गरेर काम थाल्नुस् । आवश्यक बजेटलाई अभाव हुन दिनेछैन । यसमा ३५ करोड खर्च भए पनि व्यवस्थापन गर्छु ।’

चालु आर्थिक वर्षमा विनियोजित बजेट समयमै खर्च गरेर तानसेन बजारका बासिन्दाका साथै यहाँ आउने पर्यटकलाई खानेपानीको अभाव हुन नदिन उनले आग्रह गरे । संघीय सरकारले २०६८ सालमा उपभोक्ता समितितलाई हस्तान्तरण गरी २०७२ सालदेखि पूर्ण रुपमा तानसेन खानेपानी उपभोक्ता समितिले खानेपानी वितरण तथा व्यवस्थापन गर्दै आएकाले यसलाई अझ दिगो बनाउन बजेट वितरण गरिएको उनको भनाइ थियो ।

९५ प्रतिशत लिफ्ट खानेपानीबाट पानीको व्यवस्थापन गरेको समितिले कालीगण्डकी नदी, सिस्ने, तीनधारा, होलाङ्दी, बााझा कुरुङ्खोला लगायतका स्थानबाट पानी ल्याएर बितरण गरेको तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताए । तानसेन बजार क्षेत्रमा ४ हजार ६ सय तीन धारा वितरण गरी खानेपानी व्यवस्थापन गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

कार्यक्रममा संघीय सांसद ठाकुर गैरेले तानसेनमा खानेपानीमा भएको सुधार र आगामी दिनमा गरिने काममा आफ्नो सहयोग रहने बताए ।

तानसेनमा ४ हजार ३३२ निजी र २६० संस्थागत धारा जडान भएका छन् । मिसन अस्पताल र तानसेन नर्सिङ क्याम्पसलाई नियमित पानीका अतिरिक्त थप पानी ओभरलोडबाट वितरणको व्यवस्था मिलाइएको छ ।




तीन वर्षअघिसम्म ९ दिनमा एक पटक आधा घण्टा धारामा पानी आउने तानसेनमा अहिले एक दिन बिराएर दैनिक एक घण्टा पानी वितरण हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रहरीले गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट नियमित सवारी चेकजाँचका क्रममा आइतबार बिहान ५:३० बजे लिसङ्खु पाखर गाउँपालिका -२ सिन्धुपाल्चोकका-१९ वर्षीय समीर लामा १९ केजी गाँजासहित पक्राउ परेका हुन् । उनलाई जेब्रा झोलामा लुकाइ छिपाइ ल्याएको १९ केजीख ८०० ग्राम तौल भएको ६ पोका गाँजासहित पक्राउ गरिएको इप्रका आँबुखैरेनीले ...
: संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले देशको समृद्धिका लागि पहिलो निर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको परिकल्पना नै मार्गदर्शक रहेको स्पष्ट पारेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार आयोजित ‘वीपी कोइराला राष्ट्रिय पुरस्कार वितरण समारोह’लाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन्। 'वीपी कोइराला त्यस्तो व्यक्ति हुन्,जसले जहाँनियाँ राणा शासनको विरुद्ध निर्भीकतापूर्वक उभिएर जनतालाई गोलबद्ध गर्दै क्रान्तिको ...
: बाराको जितपुरसिमरा उपमहानगरपालिका-४ औराहमा मोटरसाइकलको ठक्करबाट शनिबार राती एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा ८२ वर्षीय प्रेमनारायण भट्ट रहेका छन्। भट्ट जितपुरसिमरा वडा नं. ४ की वडासदस्य उर्मिला भट्टका ससुरा हुन्। भट्टलाई शनिबार राती घर नजिकै प्रदेश २-०३-०१५प १७२६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका भट्टलाई उपचारका लागि वीरगन्ज लगिएको थियो। ...
: श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। मकवानपुर घर भई गोदावरी नगरपालिका-१३ झरूवारासी डेरा गरी बस्ने २० वर्षीया डोल्मा वाइवाको हत्या गरेको अभियोगमा उनकै श्रीमान ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने ३० वर्षीय मदन बहादुर स्याङतान पक्राउ परेका हुन्। विवादका क्रममा मदनले चक्कु प्रहार गरी डोल्माको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ...
: बाढीका कारण चीनको केरुङमा अड्किएका ९५ जना नेपाली अझै नेपाल फर्कन सकेका छैनन्। गत असार २४ गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण उनीहरू चीनतर्फ अड्किएका हुन्। यसअघि चिनियाँ पक्षले २०५ जना नेपालीलाई तातोपानी नाका हुँदै नेपाल ल्याइदिएको थियो। नेकपा एमाले रसुवा कमिटीले परराष्ट्र सचिव अमृत कुमार राईलाई चीनबाट नेपाल फर्कने चाहाने नेपालीको सूची बुझाउँदै ...