मुख्य समाचार
मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, दुईजना घाइते
मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, दुईजना घाइते

— काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।


शनिबार बिहान १०ः१० बजेको समयमा पनौती नगरपालिका-३ बगुवास्थित कुशादेवीबाट आशापुरी मन्दिर जाँदै गरेको बा ६२ प ६६१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार ३२ वर्षीया सुजना खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए । शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको छ ।

दुर्घटनामा मृतकका श्रीमान् मोटरसाइकल चालक पनौती-५ बस्ने ३२ वर्षीय विजय थापा र ५ वर्षीय छोरा बिएन्स थापा घाइते भएका छन् । उनीहरुको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रहरीले गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट नियमित सवारी चेकजाँचका क्रममा आइतबार बिहान ५:३० बजे लिसङ्खु पाखर गाउँपालिका -२ सिन्धुपाल्चोकका-१९ वर्षीय समीर लामा १९ केजी गाँजासहित पक्राउ परेका हुन् । उनलाई जेब्रा झोलामा लुकाइ छिपाइ ल्याएको १९ केजीख ८०० ग्राम तौल भएको ६ पोका गाँजासहित पक्राउ गरिएको इप्रका आँबुखैरेनीले ...
: संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले देशको समृद्धिका लागि पहिलो निर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको परिकल्पना नै मार्गदर्शक रहेको स्पष्ट पारेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार आयोजित ‘वीपी कोइराला राष्ट्रिय पुरस्कार वितरण समारोह’लाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन्। 'वीपी कोइराला त्यस्तो व्यक्ति हुन्,जसले जहाँनियाँ राणा शासनको विरुद्ध निर्भीकतापूर्वक उभिएर जनतालाई गोलबद्ध गर्दै क्रान्तिको ...
: बाराको जितपुरसिमरा उपमहानगरपालिका-४ औराहमा मोटरसाइकलको ठक्करबाट शनिबार राती एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा ८२ वर्षीय प्रेमनारायण भट्ट रहेका छन्। भट्ट जितपुरसिमरा वडा नं. ४ की वडासदस्य उर्मिला भट्टका ससुरा हुन्। भट्टलाई शनिबार राती घर नजिकै प्रदेश २-०३-०१५प १७२६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका भट्टलाई उपचारका लागि वीरगन्ज लगिएको थियो। ...
: श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। मकवानपुर घर भई गोदावरी नगरपालिका-१३ झरूवारासी डेरा गरी बस्ने २० वर्षीया डोल्मा वाइवाको हत्या गरेको अभियोगमा उनकै श्रीमान ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने ३० वर्षीय मदन बहादुर स्याङतान पक्राउ परेका हुन्। विवादका क्रममा मदनले चक्कु प्रहार गरी डोल्माको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ...
: बाढीका कारण चीनको केरुङमा अड्किएका ९५ जना नेपाली अझै नेपाल फर्कन सकेका छैनन्। गत असार २४ गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण उनीहरू चीनतर्फ अड्किएका हुन्। यसअघि चिनियाँ पक्षले २०५ जना नेपालीलाई तातोपानी नाका हुँदै नेपाल ल्याइदिएको थियो। नेकपा एमाले रसुवा कमिटीले परराष्ट्र सचिव अमृत कुमार राईलाई चीनबाट नेपाल फर्कने चाहाने नेपालीको सूची बुझाउँदै ...