मुख्य समाचार
कँडेलले कर्णाली प्रदेशका संरचनाहरूलाई पुनर्संरचना गर्न आवश्यक रहेको बताए
कँडेलले कर्णाली प्रदेशका संरचनाहरूलाई पुनर्संरचना गर्न आवश्यक रहेको बताए

— कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशका संरचनाहरूलाई पुनर्संरचना गर्न आवश्यक रहेको बताएका छन् । औचित्य र आवश्यकताका आधारमा प्रदेशका मन्त्रालय तथा निकायहरुको पुनर्संरचना आवश्यक रहेको उनको भनाइ छ ।


प्रदेश संरचनाबारे नागरिकस्तरमा समेत नकारात्मक टीकाटिप्पणी उठ्न थालेको बताउँदै उनले प्रदेश संरचनाको औचित्य साबित गर्न पनि प्रदेश अन्तर्गतका मन्त्रालय तथा निकायहरुको वैज्ञानिक पुनर्संरचना आवश्यक रहेको धारणा राखे ।

कर्णाली प्रदेश सरकारले गठन गरेको मन्त्रालय तथा कार्यालयको पुनर्संरचनाको प्रतिवेदनलाई लिएर प्रदेशमा कार्यरत आयुर्वेद स्वास्थ्य चिकित्सकले आफ्ना सरोकारका विषयहरु राखेका थिए । उनीहरूसँगको छलफलमा मुख्यमन्त्री कँडेलले भने,' समितिको सुझाव प्रतिवेदन हाल अध्ययन भइरहेको छ । यसका राम्रा पक्षलाई क्रमशः कार्यान्वयन गर्दै लैजानुपर्ने हुन्छ ।'

प्रशासनिक पुनर्संरचना हुँदा हाल कार्यरत कर्मचारीको वृत्ति विकासमा बाधा पर्न नदिइने विषयमा सरकार सचेत रहेको उनको भनाइ छ । प्रदेश सरकारलाई बुझाएको प्रतिवेदनलाई लिएर प्रदेशका कर्मचारीहरु भयभीत नहुन पनि मुख्यमन्त्री कँडेलले सुझाव दिए । समितिले सरकारलाई बुझाएको प्रतिवेदन हुबहु नभई त्यसका राम्रा र सकारात्मक पक्षलाई क्रमशः कार्यान्वयनमा लैजाने गरी सरकारले छलफल चलाउने जानकारी दिए । समयको माग र आवश्यकतालाई दृष्टिगत गरी ढिलो चाँडो संरचनाहरु पुनर्संरचना गर्नपर्ने भएकोले त्यसतर्फ सबैको सहयोगको चाहिने मुख्यमन्त्री कँडेलको भनाइ छ ।

अरूको नक्कलभन्दा आफ्नै प्रदेशको यथार्थता र आवश्यकताका आधारमा आफ्ना संरचनाको विकास र पुनर्संरचना गर्नुपर्नेमा जोड दिए । उनले भने, 'कुनै बेला व्यक्ति व्यवस्थापन गर्ने नाममा झ्याल-झ्यालमा मन्त्रालयको साइनबोर्ड झुन्ड्याएर विकृति भित्रिने काम गरियो, त्यसले समग्र प्रदेश संरचनाको औचित्यमाथि नै प्रश्न उठायो, अब त्यस्ता विषयलाई पुनरावृत्ति नहुने गरी हामीले सोच्नैपर्छ ।’

मुख्यमन्त्री कँडेलले प्रदेशका संरचनालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन पुनर्संरचना गर्दा सरोकारवालासँग व्यापक छलफल गरिने समेत जानकारी दिए ।

मुख्यमन्त्री कँडेलले गत वैशाखमा पूर्वसचिव लक्ष्मण अर्यालको संयोजकत्वमा ‘उच्चस्तरीय संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति’ गठन गरेका थिए । यसका लागि उच्चस्तरीय समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सचिवको नेतृत्वमा छुट्टै समिति पनि गठन गरेको छ ।




उच्चस्तरीय समितिले हालको मन्त्रालय संख्या घटाउने निष्कर्ष निकालेको छ । ८ वटा मन्त्रालय रहेको कर्णालीमा ६ वटा मात्र कायम गर्नुपर्ने सुझाव समितिले दिएको छ ।

यस्तै प्रदेश सरकारको कार्यबोझ, वित्तीय अवस्था र सेवा प्रवाहको प्रभावकारिताको विस्तृत विश्लेषण गर्दै अनावश्यक राजनीतिक र प्रशासनिक नियुक्तिलाई निरुत्साहित गर्न जोड दिएको छ । जिल्लास्थित प्रदेशका कार्यालय र प्रदेशका केही निर्देशनालय घटाउने सुझाव पनि समितिको छ ।

समितिले बुझाएको प्रतिवेदन सार्वजनिक भएसँगै कर्णालीका केही नेताहरूले आलोचना पनि गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रहरीले गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट नियमित सवारी चेकजाँचका क्रममा आइतबार बिहान ५:३० बजे लिसङ्खु पाखर गाउँपालिका -२ सिन्धुपाल्चोकका-१९ वर्षीय समीर लामा १९ केजी गाँजासहित पक्राउ परेका हुन् । उनलाई जेब्रा झोलामा लुकाइ छिपाइ ल्याएको १९ केजीख ८०० ग्राम तौल भएको ६ पोका गाँजासहित पक्राउ गरिएको इप्रका आँबुखैरेनीले ...
: संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले देशको समृद्धिका लागि पहिलो निर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको परिकल्पना नै मार्गदर्शक रहेको स्पष्ट पारेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार आयोजित ‘वीपी कोइराला राष्ट्रिय पुरस्कार वितरण समारोह’लाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन्। 'वीपी कोइराला त्यस्तो व्यक्ति हुन्,जसले जहाँनियाँ राणा शासनको विरुद्ध निर्भीकतापूर्वक उभिएर जनतालाई गोलबद्ध गर्दै क्रान्तिको ...
: बाराको जितपुरसिमरा उपमहानगरपालिका-४ औराहमा मोटरसाइकलको ठक्करबाट शनिबार राती एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा ८२ वर्षीय प्रेमनारायण भट्ट रहेका छन्। भट्ट जितपुरसिमरा वडा नं. ४ की वडासदस्य उर्मिला भट्टका ससुरा हुन्। भट्टलाई शनिबार राती घर नजिकै प्रदेश २-०३-०१५प १७२६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका भट्टलाई उपचारका लागि वीरगन्ज लगिएको थियो। ...
: श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। मकवानपुर घर भई गोदावरी नगरपालिका-१३ झरूवारासी डेरा गरी बस्ने २० वर्षीया डोल्मा वाइवाको हत्या गरेको अभियोगमा उनकै श्रीमान ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने ३० वर्षीय मदन बहादुर स्याङतान पक्राउ परेका हुन्। विवादका क्रममा मदनले चक्कु प्रहार गरी डोल्माको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ...
: बाढीका कारण चीनको केरुङमा अड्किएका ९५ जना नेपाली अझै नेपाल फर्कन सकेका छैनन्। गत असार २४ गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण उनीहरू चीनतर्फ अड्किएका हुन्। यसअघि चिनियाँ पक्षले २०५ जना नेपालीलाई तातोपानी नाका हुँदै नेपाल ल्याइदिएको थियो। नेकपा एमाले रसुवा कमिटीले परराष्ट्र सचिव अमृत कुमार राईलाई चीनबाट नेपाल फर्कने चाहाने नेपालीको सूची बुझाउँदै ...