मुख्य समाचार
६ घण्टा लोडसेडिङको तालिका
६ घण्टा लोडसेडिङको तालिका

— गर्मीमा माग बढेको भन्दै नेपाल विद्युत् प्राधिकरणको चितवन चनौली वितरण केन्द्रले आइतबारदेखि दिनमै ६ घण्टा विद्युत् आपूर्ति कटौती गर्ने भएको छ ।


बिहान तीन घण्टा र दिउँसोदेखि साँझसम्म तीन घण्टा गरी विद्युत् कटौती हुने चनौली वितरण केन्द्रका प्रमुख राजकुमार श्रेष्ठले बताए । पश्चिम चितवन र माडी क्षेत्रमा चनौलीबाट विद्युत् आपूर्ति हुँदै आएको छ ।

‘यसलाई लोडसेडिङ नै भएको भनेर भन्न मिल्दैन । किनकि अहिले सिंचाइका लागि विद्युत‍्को माग अत्याधिक भएका कारण फिडरअनुसार भार व्यवस्थापन गर्न यसो गरेको हो,' उनले भने, 'पानी नपर्नाका कारणले सिंचाइका लागि मोटरहरु चलाउँदा समस्या भएको हो । यो समस्या धेरै समय नजाला, मंगलबार बुधबारबाट सहज हुन्छ ।’

चनौली वितरण केन्द्रका आठवटा फिडरहरु छन् । फिडर अनुसारको तालिका प्रकाशित भएको छ । भरतपुरबाट चनौली आउने ३३ केभीको कन्डक्टर तारमा तीन सय एमपीएरभन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने र विद्युत‍्को माग ४५० एमपीएरसम्म पुगेका कारणले समस्या बढेको उनले बताए ।

गत वर्ष नै बसेनीको सवस्टेसनबाट अर्को लाइन ल्याउने काम निर्माणकै क्रममा रहेको र अत्यधिक गर्मी र रोपाइँमा मोटर चलाउँदा भार बढेको श्रेष्ठको भनाइ छ । पश्चिम चितवनमा डिप बोरिङहरु पनि रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रहरीले गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट नियमित सवारी चेकजाँचका क्रममा आइतबार बिहान ५:३० बजे लिसङ्खु पाखर गाउँपालिका -२ सिन्धुपाल्चोकका-१९ वर्षीय समीर लामा १९ केजी गाँजासहित पक्राउ परेका हुन् । उनलाई जेब्रा झोलामा लुकाइ छिपाइ ल्याएको १९ केजीख ८०० ग्राम तौल भएको ६ पोका गाँजासहित पक्राउ गरिएको इप्रका आँबुखैरेनीले ...
: संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले देशको समृद्धिका लागि पहिलो निर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको परिकल्पना नै मार्गदर्शक रहेको स्पष्ट पारेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार आयोजित ‘वीपी कोइराला राष्ट्रिय पुरस्कार वितरण समारोह’लाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन्। 'वीपी कोइराला त्यस्तो व्यक्ति हुन्,जसले जहाँनियाँ राणा शासनको विरुद्ध निर्भीकतापूर्वक उभिएर जनतालाई गोलबद्ध गर्दै क्रान्तिको ...
: बाराको जितपुरसिमरा उपमहानगरपालिका-४ औराहमा मोटरसाइकलको ठक्करबाट शनिबार राती एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा ८२ वर्षीय प्रेमनारायण भट्ट रहेका छन्। भट्ट जितपुरसिमरा वडा नं. ४ की वडासदस्य उर्मिला भट्टका ससुरा हुन्। भट्टलाई शनिबार राती घर नजिकै प्रदेश २-०३-०१५प १७२६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका भट्टलाई उपचारका लागि वीरगन्ज लगिएको थियो। ...
: श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। मकवानपुर घर भई गोदावरी नगरपालिका-१३ झरूवारासी डेरा गरी बस्ने २० वर्षीया डोल्मा वाइवाको हत्या गरेको अभियोगमा उनकै श्रीमान ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने ३० वर्षीय मदन बहादुर स्याङतान पक्राउ परेका हुन्। विवादका क्रममा मदनले चक्कु प्रहार गरी डोल्माको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ...
: बाढीका कारण चीनको केरुङमा अड्किएका ९५ जना नेपाली अझै नेपाल फर्कन सकेका छैनन्। गत असार २४ गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण उनीहरू चीनतर्फ अड्किएका हुन्। यसअघि चिनियाँ पक्षले २०५ जना नेपालीलाई तातोपानी नाका हुँदै नेपाल ल्याइदिएको थियो। नेकपा एमाले रसुवा कमिटीले परराष्ट्र सचिव अमृत कुमार राईलाई चीनबाट नेपाल फर्कने चाहाने नेपालीको सूची बुझाउँदै ...