मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु
करेन्ट लागेर एक जनाको मृत्यु

— सप्तरीको खडक नगरपालिका-११ मा करेन्ट लागेर स्थानीय ५८ वर्षीय मो युनुस मियाँको मृत्यु भएको छ ।


आज आफ्नै खेतमा पानी पठाउने क्रममा पानी तान्ने विद्युत्‌बाट चल्ने मोटरमा करेन्ट लागेर मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयकुमार राईले जानकारी दिए । उनका अनुसार करेन्ट लागेर घाइते भएका मियाँलाई उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरेका थिए ।

साथै जिल्लाको कञ्चनरुप नगरपालिका-१ बैरवामा १७ वर्षीया किशोरीको आफ्नै सुत्ने कोठामा झुन्डिएको अवस्थमा शव भेटिएको छ । स्थानीय अमोद पुर्वेकी छोरी ज्योतिकुमारी पुर्वेको शव कोठामा झुन्डिएको अवस्थमा फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यसैगरी बिहीबार साँझदेखि हराइरहेका सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ बस्ने २७ वर्षीय शिक्षक रामकिसुन राय मृत अवस्थामा फेला परेका छन् । घरबाट करिब ५०० मिटर टाढा रहेको कोशी नहरको छेउमा आज बिहान रायको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रहरीले गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट नियमित सवारी चेकजाँचका क्रममा आइतबार बिहान ५:३० बजे लिसङ्खु पाखर गाउँपालिका -२ सिन्धुपाल्चोकका-१९ वर्षीय समीर लामा १९ केजी गाँजासहित पक्राउ परेका हुन् । उनलाई जेब्रा झोलामा लुकाइ छिपाइ ल्याएको १९ केजीख ८०० ग्राम तौल भएको ६ पोका गाँजासहित पक्राउ गरिएको इप्रका आँबुखैरेनीले ...
: संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले देशको समृद्धिका लागि पहिलो निर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको परिकल्पना नै मार्गदर्शक रहेको स्पष्ट पारेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार आयोजित ‘वीपी कोइराला राष्ट्रिय पुरस्कार वितरण समारोह’लाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन्। 'वीपी कोइराला त्यस्तो व्यक्ति हुन्,जसले जहाँनियाँ राणा शासनको विरुद्ध निर्भीकतापूर्वक उभिएर जनतालाई गोलबद्ध गर्दै क्रान्तिको ...
: बाराको जितपुरसिमरा उपमहानगरपालिका-४ औराहमा मोटरसाइकलको ठक्करबाट शनिबार राती एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा ८२ वर्षीय प्रेमनारायण भट्ट रहेका छन्। भट्ट जितपुरसिमरा वडा नं. ४ की वडासदस्य उर्मिला भट्टका ससुरा हुन्। भट्टलाई शनिबार राती घर नजिकै प्रदेश २-०३-०१५प १७२६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका भट्टलाई उपचारका लागि वीरगन्ज लगिएको थियो। ...
: श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। मकवानपुर घर भई गोदावरी नगरपालिका-१३ झरूवारासी डेरा गरी बस्ने २० वर्षीया डोल्मा वाइवाको हत्या गरेको अभियोगमा उनकै श्रीमान ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने ३० वर्षीय मदन बहादुर स्याङतान पक्राउ परेका हुन्। विवादका क्रममा मदनले चक्कु प्रहार गरी डोल्माको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ...
: बाढीका कारण चीनको केरुङमा अड्किएका ९५ जना नेपाली अझै नेपाल फर्कन सकेका छैनन्। गत असार २४ गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण उनीहरू चीनतर्फ अड्किएका हुन्। यसअघि चिनियाँ पक्षले २०५ जना नेपालीलाई तातोपानी नाका हुँदै नेपाल ल्याइदिएको थियो। नेकपा एमाले रसुवा कमिटीले परराष्ट्र सचिव अमृत कुमार राईलाई चीनबाट नेपाल फर्कने चाहाने नेपालीको सूची बुझाउँदै ...