गाजामा भइरहेको नरसंहारप्रति सरकार मौन रहेको भन्दै अधिकारकर्मीले प्रधानमन्त्री ओलीलाई खुला पत्र
गाजामा भइरहेको नरसंहारप्रति सरकार मौन रहेको भन्दै अधिकारकर्मीले प्रधानमन्त्री ओलीलाई खुला पत्र

— गाजामा भइरहेको नरसंहारप्रति सरकार मौन रहेको भन्दै अधिकारकर्मीले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेखेका छन् ।


पत्रमा गाजामा ६० हजारभन्दा बढीको मृत्यु, भोकमरी, अस्पताल र विद्यालयमाथिको आक्रमणजस्ता गम्भीर मानवीय अपराधको विरोधमा नेपाल सरकारले स्पष्ट अडान लिनुपर्ने माग गरिएको छ ।

पत्रमा भनिएको छ, ‘बेन्जामिन नेतान्याहुको नेतृत्वमा रहेको इजरायली सरकारले झन्डै दुई वर्षदेखि गाजा अधीनस्त क्षेत्रमा विश्वले देख्ने गरी रचेको जातीय नरसंहारमा नेपाल सरकारको गम्भीर प्रतिक्रिया नआएकोमा हामी हस्ताक्षरकर्ता मर्माहित छौं ।’

गाजाका प्यालेस्टिनी जनतामाथि जारी दमनविरुद्ध नेपाल सरकारको बलियो र निडर अडान लिन पनि उनीहरूले प्रधानमन्त्रीसमक्ष माग गरेका छन् । ‘नेपालको खुला समाज र लोकतान्त्रिक संविधानले सरकारलाई अन्तर्राष्ट्रिय मञ्चमा मानवता तथा द्वन्द्वको शान्तिपूर्ण समाधानको पक्षमा बोल्न प्रेरित गर्नुपर्ने हो,’ पत्रमा भनिएको छ ।

दुई वर्षअघि १० जना नेपालीको हत्या र एक जना अपहरणमा परेको घटना स्मरण गराउँदै हमाससँग संवादका लागि पहल गर्न, इजरायलसँग नयाँ सम्झौतामा हस्ताक्षर नगर्न र युद्ध अपराध आरोपित व्यक्तिलाई नेपाल प्रवेशमा रोक लगाउनसमेत उनीहरूले आग्रह गरेका छन् । इजरायलले भोकमरी र अन्न अभावलाई आफ्नो युद्ध रणनीति बनाएको र अनाज तथा औषधि गाजा भित्रिन पूर्ण बन्देज लगाएको पत्रमा भनिएको छ ।

‘गत साता मात्र खाना र पानी खोज्ने ८ सयभन्दा बढी निर्दोषको इजरायली सेनाले हत्या गर्‍यो,’ पत्रमा भनिएको छ, ‘गाजामा जारी नरसंहारमा नेपाल सरकार चुप रहँदा हाम्रो राष्ट्रको विश्वसनीयता र नैतिक दायित्वमाथि नै प्रश्नचिह्न खडा हुन सक्छ । अन्तर्राष्ट्रिय मञ्चमा न्याय र शान्तिको पक्षमा बोल्ने हैसियतमा नेपाल कमजोर भएको देख्न हामी चाहँदैनौं ।’ ७ अक्टोबर २०२३ मा इजरायलमाथि हमासले गरेको आतंककारी हमलामा १० जना नेपाली विद्यार्थीको हत्या भएको र अपहरणमा परेका विपिन जोशीको आजसम्म पत्ता नलागेको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— साउन लागिसक्दा पनि मधेशमा खडेरी छ । खेतमा धाँजा फाटेका छन् । पानीको हाहाकार भइरहेका बेला वीरगन्ज महानगरपालिका–१७ अलौस्थित इदगाहमा शनिबार स्थानीय मुस्लिम समुदायले पानीको माग गर्दै ‘इस्तिस्का’ नमाज प्रार्थना गरेका छन् । शनिबार बिहान पानीका लागि विशेष धार्मिक प्रार्थना गरिएको नमाजमा सहभागी स्थानीय आशिक अन्सारीले बताए । साउन लागिसक्दा पनि मनसुनी वर्षा नभएर जनजीवन ...
— संघीय खानेपानीमन्त्री प्रदीप यादवले तानसेनमा खानेपानीको अभाव हुन नदिने बताएका छन् । उनले यस वर्ष १० करोड बजेट विनियोजन भएको र खानेपानी वितरणका लागि ५० लाख लिटरको ट्यांकी निर्माण कार्य सुरुवात गर्न आग्रह गरे । पाल्पाको तानसेन खानेपानी उपभोक्ता समितिको १० औं वार्षिक साधारणसभा शनिबार बोल्दै मन्त्री यादवले भने, ‘१० करोडबाट टेण्डर गरेर काम थाल्नुस् । ...
— गृहमन्त्री रमेश लेखकले विपद् संकटग्रस्त क्षेत्र घोषित मधेश प्रदेशसहित तराई-मधेशका स्थानीय तहका प्रमुख/अध्यक्षहरू र प्रमुख जिल्ला अधिकारीहरुसँग छलफल गरेका छन् । शनिबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा 'भर्चुअल' रुपमा आयोजित समन्वयात्मक बैठकमा मन्त्री लेखकले नागरिकको पीडामा सरकार गम्भीर रहेकोले गृह मन्त्रालयको प्रस्तावमा मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको जानकारी दिए । मन्त्री लेखकले ...
— काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । शनिबार बिहान १०ः१० बजेको समयमा पनौती नगरपालिका-३ बगुवास्थित कुशादेवीबाट आशापुरी मन्दिर जाँदै गरेको बा ६२ प ६६१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट खस्दा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार ३२ वर्षीया सुजना खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना ...
— रुपन्देहीमा दुई बालकको डुबेर मृत्यु भएको छ । शनिबार दिउँसो ३ बजेतिर जिल्लाको सिद्धार्थनगर–१ स्थित डण्डा खोलामा पौडी खेल्ने क्रममा उनीहरुको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । मृत्यु हुनेमा सिद्धार्थनगर–९, भट्टटोल बस्ने चण्डिप्रसाद अर्यालका छोरा १४ वर्षीय प्रज्वल र सिद्धार्थनगर–७ बस्ने लीलाधर न्यौपानेका छोरा १५ वर्षीया दिनेश रहेको डीएसपी गणेश सापकोटाले ...