मुख्य समाचार
थाइल्यान्ड र कम्बोडियाको सीमा क्षेत्रमा तीन दिनअघि सुरु भएको तनाव अझै जारी
थाइल्यान्ड र कम्बोडियाको सीमा क्षेत्रमा तीन दिनअघि सुरु भएको तनाव अझै जारी

— थाइल्यान्ड र कम्बोडियाको सीमा क्षेत्रमा तीन दिनअघि सुरु भएको तनाव अझै जारी छ । यी दुई छिमेकीबीच शनिबार पनि सीमा क्षेत्रमा झडप भएको छ ।


हालसम्मको तनावमा कम्तीमा ३३ जनाको मृत्यु भएको छ भने १ लाख ६८ हजारभन्दा बढी विस्थापित भएका छन् । तनाव बढेसँगै दुवै पक्षमाथि युद्धविरामका लागि अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ ।

शनिबार पनि सीमावर्ती क्षेत्रमा गोलाबारी भएको छ । बिहीबार सीमा क्षेत्रमा भूमिगत सुरुङ विस्फोट हुँदा पाँच थाई सैनिक घाइते भएपछि तनाव थप चर्किएको हो । कम्बोडियन र थाई अधिकारीहरूले जवाफी कारबाही गरेको दाबी गरेका छन् । सीमामा तनाव बढेसँग दुवै देशले आफ्ना राजदूतहरूलाई फिर्ता बोलाएका छन् र थाइल्यान्डले कम्बोडियासँगको उत्तरपूर्वी सीमा नाका बन्द गरेको छ ।

कम्बोडियाका अधिकारीहरूका अनुसार शनिबार थप १२ जनाको मृत्यु भएको छ । यो सँगै कम्बोडियातर्फ मृत्यु हुनेको संख्या १३ पुगेको छ भने थाई अधिकारीहरूले भने हालसम्म २० जनाको मृत्यु भएको र त्यसमध्ये एक जना सैनिक रहेको बताएका छन् ।

थाइल्यान्ड र कम्बोडियाबीचको दशकौंदेखि सीमा विवाद छ । विगतमा स–साना झडप र विवाद हुने गरे पनि गत मे महिनामा एक कम्बोडियाली सैनिकको मृत्युबाट सुरु भएको यस पटकको तनावले दुई देशबीच कूटनीतिक दरार सिर्जना गरेको छ । र, साथै थाइल्यान्डको घरेलु राजनीतिमा उथलपुथल ल्याएको छ ।

ह्युमन राइट्स वाचले संयुक्तराष्ट्र सुरक्षा परिषद् र सम्बन्धित सरकारहरूलाई थाई र कम्बोडियाली सरकारहरूलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्न र नागरिकलाई जोगाउन दुवै पक्षलाई दबाब दिन आग्रह गरेको छ । ‘बालबालिकाहरूलाई हानि पुर्‍याइएको छ र थाई अधिकारीहरूले सुरक्षा कारणले गर्दा कम्तीमा ८ सय ५२ विद्यालय र ७ अस्पतालहरू बन्द गरेका छन्,’ वाचद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ ।




थाइल्यान्ड र कम्बोडियाबीचको तनाव बढ्दै जाँदा यसले पूरै एसियान क्षेत्रमा अशान्त पार्न सक्ने जोखिम बढेको छ । यसलाई ध्यानमा राख्दै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को शुक्रबार बसेको आपत्कालीन बैठकले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) लाई तनाव कम गर्न र शान्तिपूर्ण समाधानका लागि मध्यस्थता गर्न आग्रहसमेत गरेको छ ।

आसियानको अध्यक्ष मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले थाइल्यान्ड र कम्बोडिया युद्धविरामको प्रस्तावमा सैद्धान्तिक रूपमा सहमत रहेको बताएका छन् । मलेसियाली सञ्चारमाध्यमहरूका अनुसार अनवरले शान्तिवार्ताको मध्यस्थता गर्ने जिम्मेवारी विदेशमन्त्रीलाई दिएका छन् ।

द्वन्द्वका कारण हालसम्म हजारौं विस्थापित भएका छन् । कम्बोडियाका सूचनामन्त्री नेथ फेकत्राका अनुसार शनिबारसम्ममा सीमावर्ती प्रान्तका ३७ हजार ६ सय ३५ मानिस विस्थापित भएका छन् । त्यस्तै थाई अधिकारीहरूल १ लाख ३१ हजारभन्दा बढी मानिस सीमावर्ती गाउँबाट अन्यत्र लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम