मुख्य समाचार
थाइल्यान्ड र कम्बोडियाको सीमा क्षेत्रमा तीन दिनअघि सुरु भएको तनाव अझै जारी
थाइल्यान्ड र कम्बोडियाको सीमा क्षेत्रमा तीन दिनअघि सुरु भएको तनाव अझै जारी

— थाइल्यान्ड र कम्बोडियाको सीमा क्षेत्रमा तीन दिनअघि सुरु भएको तनाव अझै जारी छ । यी दुई छिमेकीबीच शनिबार पनि सीमा क्षेत्रमा झडप भएको छ ।


हालसम्मको तनावमा कम्तीमा ३३ जनाको मृत्यु भएको छ भने १ लाख ६८ हजारभन्दा बढी विस्थापित भएका छन् । तनाव बढेसँगै दुवै पक्षमाथि युद्धविरामका लागि अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ ।

शनिबार पनि सीमावर्ती क्षेत्रमा गोलाबारी भएको छ । बिहीबार सीमा क्षेत्रमा भूमिगत सुरुङ विस्फोट हुँदा पाँच थाई सैनिक घाइते भएपछि तनाव थप चर्किएको हो । कम्बोडियन र थाई अधिकारीहरूले जवाफी कारबाही गरेको दाबी गरेका छन् । सीमामा तनाव बढेसँग दुवै देशले आफ्ना राजदूतहरूलाई फिर्ता बोलाएका छन् र थाइल्यान्डले कम्बोडियासँगको उत्तरपूर्वी सीमा नाका बन्द गरेको छ ।

कम्बोडियाका अधिकारीहरूका अनुसार शनिबार थप १२ जनाको मृत्यु भएको छ । यो सँगै कम्बोडियातर्फ मृत्यु हुनेको संख्या १३ पुगेको छ भने थाई अधिकारीहरूले भने हालसम्म २० जनाको मृत्यु भएको र त्यसमध्ये एक जना सैनिक रहेको बताएका छन् ।

थाइल्यान्ड र कम्बोडियाबीचको दशकौंदेखि सीमा विवाद छ । विगतमा स–साना झडप र विवाद हुने गरे पनि गत मे महिनामा एक कम्बोडियाली सैनिकको मृत्युबाट सुरु भएको यस पटकको तनावले दुई देशबीच कूटनीतिक दरार सिर्जना गरेको छ । र, साथै थाइल्यान्डको घरेलु राजनीतिमा उथलपुथल ल्याएको छ ।

ह्युमन राइट्स वाचले संयुक्तराष्ट्र सुरक्षा परिषद् र सम्बन्धित सरकारहरूलाई थाई र कम्बोडियाली सरकारहरूलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्न र नागरिकलाई जोगाउन दुवै पक्षलाई दबाब दिन आग्रह गरेको छ । ‘बालबालिकाहरूलाई हानि पुर्‍याइएको छ र थाई अधिकारीहरूले सुरक्षा कारणले गर्दा कम्तीमा ८ सय ५२ विद्यालय र ७ अस्पतालहरू बन्द गरेका छन्,’ वाचद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ ।




थाइल्यान्ड र कम्बोडियाबीचको तनाव बढ्दै जाँदा यसले पूरै एसियान क्षेत्रमा अशान्त पार्न सक्ने जोखिम बढेको छ । यसलाई ध्यानमा राख्दै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को शुक्रबार बसेको आपत्कालीन बैठकले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) लाई तनाव कम गर्न र शान्तिपूर्ण समाधानका लागि मध्यस्थता गर्न आग्रहसमेत गरेको छ ।

आसियानको अध्यक्ष मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले थाइल्यान्ड र कम्बोडिया युद्धविरामको प्रस्तावमा सैद्धान्तिक रूपमा सहमत रहेको बताएका छन् । मलेसियाली सञ्चारमाध्यमहरूका अनुसार अनवरले शान्तिवार्ताको मध्यस्थता गर्ने जिम्मेवारी विदेशमन्त्रीलाई दिएका छन् ।

द्वन्द्वका कारण हालसम्म हजारौं विस्थापित भएका छन् । कम्बोडियाका सूचनामन्त्री नेथ फेकत्राका अनुसार शनिबारसम्ममा सीमावर्ती प्रान्तका ३७ हजार ६ सय ३५ मानिस विस्थापित भएका छन् । त्यस्तै थाई अधिकारीहरूल १ लाख ३१ हजारभन्दा बढी मानिस सीमावर्ती गाउँबाट अन्यत्र लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...
। करोना संक्रमण फैलिएको बेला बन्द गरिएको नाका अहिलेसम्म नखोलिएको भन्दै रौतहटका एक व्यक्ति आमरण अनशन बसेका छन् । रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय खुलाउन सिमाना संघर्ष समितिका अध्यक्ष तजमुल हक (पूर्व शिक्षक) आइतबार दिउँसो ३ बजेदेखि आमरण अनशन बसेका हुन् । कोरोना संक्रमण अघिसम्म खुल्ला रहेको रामपुर खाप सीमाबाट चारपांग्रे सवारी साधन ...
काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने
। चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीहरूको लागि अभूतपूर्व सहयोग पुर्‍याइरहेको छ । यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् । कुल सात हजार ८२४ खेलाडीहरू ३४ टिमबाट सहभागी भएका छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो ...
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...