— नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङले तरुण दलको ५ औं केन्द्रीय महाधिवेशन तोकिएको समयमै हुने बताएका छन् । उनले मंसिर २६ गते नै महाधिवेशन हुने उनले दाबी गरे ।
नेपाल तरुण दल जुम्लाको पाँचौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले झन्डै एक दशकपछि हुन गइरहेको अधिवेशनलाई केन्द्रीय कार्यसमितिले विशेष रुपमा लिइएको बताए । केन्द्रीय महाधिवेशनको तयारीका लागि देशभरका तरुणहरुले जिम्मेवारी अनुसारको काम गर्न पनि उनको निर्देशन थियो । 'लामो समयपछि जुम्लामा तरुणहरुको अधिवेशन भइरहेको छ,' अध्यक्ष गुरुङले भने, ‘आगामी महाधिवेशनमा तरुण दल केन्द्रीय समिति र म व्यक्तिगत रुपमा विशेष रुपमा जुम्लालाई हेर्ने संकल्प गरेका छौं ।’
अधिवेशनमा कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय(डीना), केन्द्रीय सदस्य कान्तिका सेजुवाल, जीवनबहादुर शाही, दलबहादुर शाहीलगायतले अधिवेशन सफलताको शुभकामना दिएका थिए ।