मुख्य समाचार
इलन मस्कले सन् २०२२ मा युक्रेनको खेरसन क्षेत्रमा स्टारलिंक स्याटलाइट सेवा बन्द गर्न निर्देशन दिएको खुलासा भएसँगै विवादमा
इलन मस्कले सन् २०२२ मा युक्रेनको खेरसन क्षेत्रमा स्टारलिंक स्याटलाइट सेवा बन्द गर्न निर्देशन दिएको खुलासा भएसँगै विवादमा

— स्पेस एक्सका प्रमुखसमेत रहेका अमेरिकी अर्बपति इलन मस्कले सन् २०२२ मा युक्रेनको खेरसन क्षेत्रमा स्टारलिंक स्याटलाइट सेवा बन्द गर्न निर्देशन दिएको खुलासा भएसँगै विवादमा तानिएका छन् । युक्रेन युद्धको निर्णायक मोडमा रहेका बेला उनले स्याटलाइटमा आधारित इन्टरनेट सेवा बन्द गर्न भनेको पाइएको छ ।


अहिले पनि बिहीबार साढे दुई घण्टा स्टारलिंक सेवा अवरुद्ध हुँदा युक्रेनी सेनाको सञ्चार प्रभावित भएको थियो । समाचार संस्था रोयटर्सका अनुसार सन् २०२२ को अन्त्यतिर युक्रेनले आफ्नो गुमेका भूभाग फिर्ता गर्ने अभियान बलियो बन्दै गरेको समयमा इलनले आफ्नो कम्पनीका वरिष्ठ इन्जिनियरलाई त्यहाँको सेवा बन्द गर्न भनेका थिए ।

युक्रेनी सेनाले रुसी सेनालाई घेर्न लागेको समयमा एकाएक सिग्नल बन्द भएपछि ड्रोन, तोप र सेनाबीचको सम्पर्क अवरुद्ध भएको थियो । एक युक्रेनी सैन्य अधिकृतलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ, ‘सञ्चार समन्वय हुन नसक्दा घेराबन्दी ठ्याप्पै रोकियो र हामी असफल हुन पुग्यौं ।’

दशककै प्रमुख युद्धका बीच यति ठूलो तहको हस्तक्षेप र त्यो पनि एक जना निजी खर्बपतिको रुचिको भरमा हुनुले प्रविधि कम्पनीहरूको शक्ति र स्वायत्ततामाथि गम्भीर प्रश्न उठेको छ । मस्कले यस्तो निर्णय लिनुको पछाडि रुसको सम्भावित आणविक हतियारसहितको प्रतिक्रिया हुन सक्ने अनुमान गरिएको छ । तर, स्पेस एक्सले यी समाचारलाई ‘मिथ्या’ भनेको छ । मस्कले भने यससम्बन्धी विस्तृत प्रतिक्रिया दिएका छैनन् ।

रुसले सन् २०२२ देखि युक्रेनी भूमिमा आक्रमण गरेयता युक्रेनी सेनाका लागि स्टारलिंकको सञ्चार सेवा एकदमै महत्त्वपूर्ण बन्दै आएको छ । यस क्रममा अहिले प्रयोग भएका करिब ५० हजार टर्मिनलमध्ये आधाजसो पोल्यान्डले खरिद गरेर उपलब्ध गराइदिएको हो । यही प्रविधिका भरमा युक्रेनी सेनाले ड्रोन उडाउने, सुरक्षित सञ्चार गर्ने र युद्धका मोर्चालगायतमा समन्वय कायम गर्दै आएको छ । मस्क आफैंले दाबी गर्दै आएका छन्, ‘मैले यो सेवा बन्द गरे उनीहरूको पूरै मोर्चा भत्कन्छ ।’

तर, यही सेवा बन्द हुँदा युद्ध मोर्चामा त्यसको असर कतिसम्म गम्भीर हुन सक्छ भन्ने उदाहरण रोयटर्सको खुलासा र यसै साताको सेवा अवरोधले पनि देखाएको छ । बिहीबार भएको विश्वव्यापी स्टारलिंक अवरोधले युक्रेनी सेनाको सम्पर्क झन्डै अढाई घण्टाभन्दा बढी अवरुद्ध हुन पुगेको थियो । युक्रेनी सेनाका ड्रोन कमान्डर रोबर्ट ब्रोब्डीले भनेका छन्, ‘लडाइँबिना भिडियो फिड नै अगाडि बढाउनुपर्‍यो र त्यसको सिधा असर युद्धका मोर्चामा पर्न गयो ।’ उनले वैकल्पिक प्रणाली तयार पार्नुपर्ने आवश्यकतासमेत औंल्याएका थिए ।

हालैका दिनमा युक्रेनले केही भूभाग फिर्ता लिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो दूरीका हतियारहरू उपलब्ध गराउने अमेरिकाको सहयोग पुनः सुचारु गर्ने घोषणापछि युक्रेनले खेरसनका केही भाग फिर्ता लिएको छ । रुसी नियन्त्रणमा रहेका क्षेत्रमा ड्रोन आक्रमण पनि तीव्र बनाएका छ । स्टडी अफ वार इन्स्टिच्युटका अनुसार युक्रेनले हालसम्म ७ प्रतिशत क्षेत्र फिर्ता लिइसकेको छ भने करिब १९ प्रतिशत भूभाग अझै रुसको नियन्त्रणमा छ ।




स्टारलिंकले युक्रेनी सरकारलाई दिँदै आएको सञ्चार सेवा मासिक लगभग एक करोड अमेरिकी डलर बराबरको भएको र वार्षिक १२ करोड डलरभन्दा बढीको सेवा मस्कको कम्पनीले उपलब्ध गराउँदै आएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । यसमा सञ्चार सेवासँगै त्यसको मर्मत र सञ्चालन खर्च पनि समावेश छन् । सबैभन्दा ठूलो योगदानकर्ता पोल्यान्डसँगै अमेरिका, तत्कालीन यूएसएड र अन्यले सो सञ्चार जारी राखेबापतको खर्च बेहोर्दै आएका थिए ।

गत वर्ष मस्कले स्टारलिंकसम्बन्धी विवादपछि पोल्यान्डका परराष्ट्रमन्त्रीसँग सामाजिक सञ्जालमै झगडा गरेका थिए । मन्त्रीले आलोचना गरेपछि मस्कले लेखेका थिए, ‘तिमीहरू चुप लागेर बस, तिमीहरूले गर्ने खर्च त खास लागतको एक अंश मात्रै हो । स्टारलिंकको विकल्प छैन ।’ पछि उनले फेरि सेवा बन्द नहुने आश्वासन दिएका थिए । रोयटर्सलाई फेब्रुअरीमै ‘फटाहा’ भन्दै ग्राफिक्स पोस्ट गरेका मस्कले पछिल्लो खुलासाबारे भने केही बोलेका छैनन् । – एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम