मुख्य समाचार
निजामती विधेयकमा जस्तै विद्यालय शिक्षा विधेयकमा पनि सरकारले षड्यन्त्र गरेको आरोप
निजामती विधेयकमा जस्तै विद्यालय शिक्षा विधेयकमा पनि सरकारले षड्यन्त्र गरेको आरोप

। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संघीय निजामती विधेयकमा जस्तै विद्यालय शिक्षा विधेयकमा पनि सरकारले षड्यन्त्र गरेको आरोप लगाएका छन् ।

काठमाडौंमा शनिबार आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको सरकार भनेकै जालझेल, ठगी, भ्रष्टाचार र बेइमानी सरकारको परिभाषा जस्तै बनेको बताए ।




‘तपाईंहरूले देख्नुभएको छ अहिले जालझेल, ठगी, भ्रष्टाचार, बेइमानी सरकारको परिभाषा जस्तो भएको छ। अहिलेको सरकार भनेकै त्यस्तै हो’ उनले भने ।

प्रचण्डले विद्यालय शिक्षा विधेयकलाई संसदमा पुर्‍याउन धेरै मेहनत गरेको बताए । ‘हाम्रै नेतृत्वको सरकार नभएको भए अघिल्लो शिक्षक आन्दोलनको बेला त्यसरी शिक्षकसँग त्यो रूपमा सम्झौता हुन सक्दैनथ्यो । हाम्रै नेतृत्वको सरकारको कारण शिक्षकसँग सहमति भयो,’ उनले भने ।


प्रचण्डले थपे, ‘सहमतिअनुसारको विधेयक ड्राफ्ट गर्ने कुरामा पनि हाम्रै नेतृत्व भएकै कारण त्यो ड्राफ्ट भयो । पछि सदनमा पुर्‍याउने पक्रियामा विधेयकमाथि चलखेल र छेडखानी भए । क्याबिनेटबाट पास गरेर मैले पठाएको विधेयकमाथि यस्तो भयो ।’

उनले निजामती कर्मचारी विधेयकमा जस्तै शिक्षा विधेयकमा पनि छेडखानी भएको स्मरण गरे ।

‘जसरी अहिले संघीय निजामती विधेयकमा भएका छेडखानी तपाईंहरू सबैले थाहा पाउनु भएको छ, बडो डरलाग्दो चलखेल भयो । त्यसको बारेमा अहिले संसदीय छानबिन चलिराखेको छ’ उनले भने, ‘त्यतिबेला सदनमा दर्ता नहुँदै मैले थाहा पाएँ कि बीच बाटोमा नै शिक्षकहरूको माग अनुसार कम्तीमा पनि हुनसक्ने जति व्यवस्था गरेर पठाइएको विधेयकमा छेडखानी भयो ।’

उनले विधेयकमा छेडखानी भएको थाहा पाएपछि त्यसलाई फिर्ता बोलाएर कर्मचारीहरूलाई राम्रैसँग कमजोरीका लागि आत्मालोचना गराएर फेरि त्यसलाई सुधार गरिएको जिकिर गरे ।

प्रचण्डले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक र शिक्षक आन्दोलनलाई अपमानित गरेको आरोप लगाए ।

‘तपाईंहरूको लामो आन्दोलनको क्रममा पनि त्यो आन्दोलनलाई अपमानित गर्ने, शिक्षकहरूलाई अपमानित गर्ने र स्वयं प्रधानमन्त्रीले नै बडो नग्न रूपमा हमला गर्नुभयो । आन्दोलनमाथि र आम शिक्षकहरूमाथि पनि,’ उनले भने ।

असार १५ भित्र विद्याल शिक्षा ऐन बनाइन्छ भनेर सरकारले गरेको प्रतिबद्धता विपरीत फेरि जालझेल र चलखेल भएको आरोप लगाए ।

‘हामीले धेरै ठूलो बहस र संघर्षबाट गरेको समझदारीका विपरित फेरि जालझेल, फेरि चलखेल भएको छ र त्यसलाई लट्काउने अनेक कसरतहरु भएका छन्। म तपाईहरुलाई भन्न चाहन्छु, तर सरकार यसमा सफल हुने छैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संघीय निजामती विधेयकमा कुलिङ पिरियडमा भएको छेडखानीमा अन्तिममा नेकपा एमालेले म्याउँ गरेको आरोप लगाएका छन् । काठमाडौंमा शनिबार आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कुलिङ पिरियडमा भएको छेडखानीमा एमाले र यसको नेतृत्व जिम्मेवार रहेको आरोप लगाएका हुन् । ‘कुलिङ अफ पिरियड २ वर्ष सर्वसम्मत ...
। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले लगायतका ठूला दलहरू निकै ठूलो वैचारिक राजनीतिक संकटमा रहेको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको एक कार्यक्रमलाई सम्बोधन गर्दै खासगरी एमालेमा ठूलो वैचारिक, राजनीतिक र नेतृत्वको संकट देखिएको तर्क गरे । ‘कांग्रेसमा तपाईहरुले हेर्नु भयो भने विश्वेश्वरप्रसाद कोइराला र पछिल्लोपटक गिरिजाप्रसाद कोइराला ...
। बाढीपहिरोका कारण देशभर मुख्य ४ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् । कर्णाली प्रदेशका मुख्य दुई मार्ग कर्णाली करिडोर र भेरी करिडोर पूर्ण रुपमा अवरुद्ध भएका छन् । हुम्लाको सिमकोट क्षेत्रमा पहिरो गएकोले कर्णाली करिडोर अवरुद्ध भएको हो । यस्तै, रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-६ स्थित रिजिगारमा बाढी आउँदा भेरी करिडोर अन्तर्गत जाजरकोट-डोल्पा सडक अवरुद्ध भएको छ । अविरल ...
। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपमहासचिव जनार्दन शर्मातर्फ संकेत गर्दै प्रतिक्रियावादी र दलालहरूको उक्साहटमा लागेको आरोप लगाएका छन् । काठमाडौंमा शनिबार आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको एक कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रभित्र राजनीतिक वैचारिक संकट नभए पनि एकाध व्यक्ति उक्साहटमा लागेको आरोप लगाएका हुन् । प्रचण्डले एमालेभित्रको विवादलाई ठूलो वैचारिक राजनीतिक संकटको संज्ञा ...
। झापाको दमक-४ चियाबगानस्थित आज बिहान बसको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको प्रदेश नं १–०१–००१ ख ४३६३ नम्बरको यात्रुबाहक बसले दमकबाट ताराबारीतर्फ जाँदै गरेका साइकलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा परी साइकलयात्री दमक–४ घरघरेका ६० वर्षीय सोमबहादुर विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । दुर्घटनामा ...