मुख्य समाचार
प्रचण्डले जनार्दन शर्मातर्फ संकेत गर्दै प्रतिक्रियावादी र दलालहरूको उक्साहटमा लागेको आरोप
प्रचण्डले जनार्दन शर्मातर्फ संकेत गर्दै प्रतिक्रियावादी र दलालहरूको उक्साहटमा लागेको आरोप

। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपमहासचिव जनार्दन शर्मातर्फ संकेत गर्दै प्रतिक्रियावादी र दलालहरूको उक्साहटमा लागेको आरोप लगाएका छन् ।

काठमाडौंमा शनिबार आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको एक कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रभित्र राजनीतिक वैचारिक संकट नभए पनि एकाध व्यक्ति उक्साहटमा लागेको आरोप लगाएका हुन् ।




प्रचण्डले एमालेभित्रको विवादलाई ठूलो वैचारिक राजनीतिक संकटको संज्ञा दिए भने कांग्रेसभित्र पनि बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाको स्तर र भूमिकाको नेता नभएको बताए ।

‘एकाध मान्छेका असन्तुष्टि, कुण्ठा या प्रतिक्रियावादी र दलालहरुका प्रोभोकेसन (उक्साहट) मा गएर हाम्रो पार्टीमा कुनै संकट वैचारिक राजनीतिक पनि छैन। नेतृत्वको संकट पनि हाम्रो पार्टीमा छैन।’
प्रचण्डले अन्य पार्टीमा देखिएका यस्ता संकटहरू माओवादीको लागि अवसर बनेर आउँदै गरेको टिप्पणी गरे ।


वैचारिक संकट नभएको एक मात्र पार्टी माओवादी केन्द्र भएको जिकिर गर्दै प्रचण्डले भने, ‘हामीलाई आठौं महाधिवेशनले गरेको निर्णय समाजवादी क्रान्ति सम्बन्धि सर्वसम्मत निर्णय छ, त्यहाँ अहिलेसम्म कसैले विमति राखेको छैन ।’

उनले थपे, ‘केही महिना अगाडि केन्द्रीय समितिको बैठक पनि सर्वसम्मत निर्णयबाट भएको छ र हामी अभियानमा छौं।’

उनले अरू पार्टीमा देखिएको संकट ह्यान्डल गर्ने सके माओवादी एकपटक राम्रैसँग नेतृत्वमा आउने वातावरण बन्ने दाबी गरे ।

‘सरकार चारैतिर असफल, घृणाको पात्र जस्तो बनेको छ’ उनले भने । प्रचण्डले कांग्रेस-एमालेभित्र र अहिले भर्खरै सरकार छोडेर प्रतिपक्षमा मिसिन आइसकेका पार्टीहरूलाई मिलाउन काम गरिरहेको संकेत गरे ।

‘यो संविधान र गणतन्त्र विरोधी, भ्रष्टाचारी सरकारलाई छिटोभन्दा छिटो उनीहरू गठबन्धन भित्रकै पनि शक्तिहरू जसरी असन्तुष्ट देखिएका छन्, ती अगाडि आउन् भन्ने ठानेर भूमिका खेलिराखेको तपाईंहरूले हेरिराख्नु भएकै छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संघीय निजामती विधेयकमा जस्तै विद्यालय शिक्षा विधेयकमा पनि सरकारले षड्यन्त्र गरेको आरोप लगाएका छन् । काठमाडौंमा शनिबार आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको सरकार भनेकै जालझेल, ठगी, भ्रष्टाचार र बेइमानी सरकारको परिभाषा जस्तै बनेको बताए । ‘तपाईंहरूले देख्नुभएको छ अहिले जालझेल, ठगी, ...
। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संघीय निजामती विधेयकमा कुलिङ पिरियडमा भएको छेडखानीमा अन्तिममा नेकपा एमालेले म्याउँ गरेको आरोप लगाएका छन् । काठमाडौंमा शनिबार आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कुलिङ पिरियडमा भएको छेडखानीमा एमाले र यसको नेतृत्व जिम्मेवार रहेको आरोप लगाएका हुन् । ‘कुलिङ अफ पिरियड २ वर्ष सर्वसम्मत ...
। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले लगायतका ठूला दलहरू निकै ठूलो वैचारिक राजनीतिक संकटमा रहेको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको एक कार्यक्रमलाई सम्बोधन गर्दै खासगरी एमालेमा ठूलो वैचारिक, राजनीतिक र नेतृत्वको संकट देखिएको तर्क गरे । ‘कांग्रेसमा तपाईहरुले हेर्नु भयो भने विश्वेश्वरप्रसाद कोइराला र पछिल्लोपटक गिरिजाप्रसाद कोइराला ...
। बाढीपहिरोका कारण देशभर मुख्य ४ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् । कर्णाली प्रदेशका मुख्य दुई मार्ग कर्णाली करिडोर र भेरी करिडोर पूर्ण रुपमा अवरुद्ध भएका छन् । हुम्लाको सिमकोट क्षेत्रमा पहिरो गएकोले कर्णाली करिडोर अवरुद्ध भएको हो । यस्तै, रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-६ स्थित रिजिगारमा बाढी आउँदा भेरी करिडोर अन्तर्गत जाजरकोट-डोल्पा सडक अवरुद्ध भएको छ । अविरल ...
। झापाको दमक-४ चियाबगानस्थित आज बिहान बसको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको प्रदेश नं १–०१–००१ ख ४३६३ नम्बरको यात्रुबाहक बसले दमकबाट ताराबारीतर्फ जाँदै गरेका साइकलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा परी साइकलयात्री दमक–४ घरघरेका ६० वर्षीय सोमबहादुर विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । दुर्घटनामा ...