मुख्य समाचार
संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले गाजामा करिब तीन जनामध्ये एक जना केही दिनदेखि खानाविहीन रहेको चेतावनी
संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले गाजामा करिब तीन जनामध्ये एक जना केही दिनदेखि खानाविहीन रहेको चेतावनी

: संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले गाजामा करिब तीन जनामध्ये एक जना केही दिनदेखि खानाविहीन रहेको चेतावनी दिएको छ।


विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले एक विज्ञप्ति जारी गर्दै भनेको छ,‘कुपोषण बढ्दै गएको छ र ९० हजार महिला तथा बालबालिकालाई तत्काल उपचारको आवश्यकता छ।’



गाजामा यस हप्ता अनिकाल अझ खराब हुँदै गएको एजेन्सीहरूले जनाएका छन्। गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार कुपोषणका कारण थप नौ जनाको मृत्यु भएको छ।


मन्त्रालयका अनुसार इजरायलसँगको युद्ध सुरु भएदेखि कुपोषणका कारण मृत्यु हुनेको कुल संख्या १२२ पुगेको छ। गाजा भित्र र बाहिर सबै आवागमन नियन्त्रण गर्ने इजरायलले यस क्षेत्रमा पुग्न कुनै पनि सहायतालाई नरोकिएको बताएको छ।

इजरायलले गाजामा कुपोषणका लागि हमासलाई पनि दोष दिएको छ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७, २०२३ देखि गाजामा ५९,००० भन्दा बढी मानिस मारिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...
। करोना संक्रमण फैलिएको बेला बन्द गरिएको नाका अहिलेसम्म नखोलिएको भन्दै रौतहटका एक व्यक्ति आमरण अनशन बसेका छन् । रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय खुलाउन सिमाना संघर्ष समितिका अध्यक्ष तजमुल हक (पूर्व शिक्षक) आइतबार दिउँसो ३ बजेदेखि आमरण अनशन बसेका हुन् । कोरोना संक्रमण अघिसम्म खुल्ला रहेको रामपुर खाप सीमाबाट चारपांग्रे सवारी साधन ...
काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने
। चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीहरूको लागि अभूतपूर्व सहयोग पुर्‍याइरहेको छ । यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् । कुल सात हजार ८२४ खेलाडीहरू ३४ टिमबाट सहभागी भएका छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो ...
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...